३० कार्तिक २०८१ शुक्रबार
image/svg+xml

पाइप जडान र ढुवानीको काम अर्को ठेकेदारलाई

राष्ट्रिय गौरवको माथिल्लो तामाकोसी जलविद्युत् आयोजना सम्पन्न गर्न बाधक बनिरहेको भारतीय ठेकेदारलाई दिइएको पाइपलाइन ढुवानी तथा जडान कार्य अस्ट्रियन ठेकेदार कम्पनीलाई दिइएको छ। आयोजनाको हाइड्रो मेकानिकलतर्फको ठेक्का लिएको भारतीय कम्पनी टेक्सम्याको रेल एन्ड इन्जिनियरिङ लिमिटेडले पेनस्टक पाइप ढुवानी तथा जडानको काम ढिलाइ गरेका कारण अस्ट्रियन ठेकेदार कम्पनीलाई दिन लागिएको हो।

तामाकोसी अायाेजनाबाट भारतीय ठेकेदार हटाउने तयारी

राष्ट्रिय गौरवको माथिल्लो तामाकोसी जलविद्युत् आयोजना निर्माणमा ढिलाइ गरिरहेको भारतीय ठेकेदार कम्पनीलाई सरकारले हटाउने तयारी थालेको छ।

भारतीय कम्पनी टेक्सम्यासँगको सम्झौता तोडिँदै

स्वदेशी लगानीको सबैभन्दा ठूलो माथिल्लो तामाकोसी जलद्यिुत् आयोजना निर्माणमा ढिलाइ हुनुको मुख्य कारण हाइड्रोमेकानिकलतर्फको जिम्मा पाएको भारतीय कम्पनी टेक्सम्या रहेको ठहर गर्दै ऊसँगको सम्झौता तोड्ने तयारी भएको छ।

तामाकोसीको लागत दोब्बर

स्वदेशी लगानीमा निर्माणाधीन अहिलेसम्मकै सबैभन्दा ठूलो माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको लागत दोब्बर पुग्ने भएको छ।

स्थानीयलाई आगामी साता तामाकोसीको सेयर

दोलखामा निर्माणाधीन स्वदेशी लगानीको सबैभन्दा ठूलो माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले प्रभावित जिल्लावासीका लागि आगामी साताबाट सेयर खुलाउने भएको छ ।

तामाकोसी नदीमा अझै बलजफ्ती

दोलखाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सागरमणि पाठक शनिबार जिल्लाको वैत्येश्वर गाउँपालिकामा आयोजित एउटा कार्यक्रममा सहभागी भएर सदरमुकाम फर्कदै थिए।

‘माथिल्लो तामाकोसीको सेयर खुलाएको समय अनुपयुक्त’

सर्वसाधारण रोपाइँको चटारोमा रहेका बेला माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले प्रभावित क्षेत्रका बासिन्दाका लागि सेयर निष्कासन गरेको छ।

प्रहरीकै आडमा फेरि तामाकोसी उत्खनन सुरु

जिल्लास्थित तामाकोसी नदीबाट फेरि बालुवा तस्करी सुरु भएको छ । स्थानीय प्रशासनले रोक लगाएको एक महिना नहुँदै प्रहरीकै संरक्षणमा फेरि बालुवा तस्करी सुरु भएको स्थानीयको आरोप छ ।पुनर्निमाणका बेला बालुवा, गिटी अभावको फाइदा उठाउँदै यसअघि प्रशासनकै मिलेमतोमा जथाभाबी तामाकोसी नदी दोहन हुने गरेको थियो । त्यसको सर्वत्र आलोचना भएपछि संघ तथा प्रदेश सरकारको निर्देशनमा स्थानीय प्रशासनले नदी दोहनमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो।

प्रहरीकै आडमा तामाकोसीमा बालुवा तस्करी

महिना दिन अगाडि स्थानीय प्रशासनले तामाकोसी नदीबाट बन्द गराएको बालुवा तस्कारी फेरि प्रशासनकै आडमा रातको समयमा शुरु भएको छ ।

माथिल्लो तामाकोसीमा मासिक सवा अर्ब घाटा

लामाबगर (दोलखा) – स्वदेशी लगानीको सबैभन्दा ठूलो माथिल्लो तामाकोसी जलविद्युत् आयोजना निर्माणमा ढिलाइ हुँदा आयोजनाले मासिक एक अर्ब २० करोड रुपैयाँ घाटा व्यहोरिरहेको छ।

माथिल्लो तामाकोसीको दुई अर्ब ६३ करोडको साधारण सेयर आउँदै

माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले आयोजना प्रभावित र सर्वसाधारणका लागि दुई अर्ब ६३ करोड ८५ लाख रुपैयाँ बराबरको साधारण सेयर (आइपिओ) जारी गर्ने भएको छ । सरकारले राष्ट्रिय गौरवको आयोजनाका रूपमा राखेको यो आयोजनाले पहिलो चरणमा आयोजना प्रभावित दोलखा जिल्लावासी र सर्वसाधारणका लागि साधारण सेयर बिक्री गर्न लागेको हो ।

माथिल्लो तामाकोसीमा भारतीय ठेकेदारको लापबारही

निर्माण सम्पन्न हुने चरणमा रहेको भनिएको बहुचर्चित माथिल्लो तामाकोसी जलविद्युत् आयोजनामा काम गरिरहेको एक भारतीय ठेकेदार कम्पनीले निर्माण कार्यमा अवरोध पु¥याउने मनशायले गम्भीर लापबारही गरेको छ ।

दोलखावासीलाई तामाकोसीको घटीमा ३० देखि बढीमा ३०० कित्ता सेयर

अर्को वर्ष निर्माण सम्पन्न हुने बहुप्रतीक्षित चार सय ५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत आयोजना निर्माण गरिरहेको अपर तामाकोसी हाइड्रोपावर कम्पनी लिमिटेडले दोलखाबासीलाई ३० देखि ३०० कित्तासम्म सेयर दिने भएको छ । कम्पनीले आयोजनाबाट अति प्रभावित, प्रभावित र कम प्रभावित गरी तीनवटा वर्गीकरण गरिएको छ । अति प्रभावितलाई बढी र कम प्रभावितलाई थोरै सेयर दिने कम्पनीको योजना छ ।

माथिल्लो तामाकोसीको मुख्य सुरुङ ‘ब्रेक थ्रु’

स्वदेशी लगानीको सबैभन्दा ठूलो माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको हेडरेस टनेल अर्थात मुख्य सुरुङ मार्गको ‘ब्रेक थ्रु’ भएको छ ।

तामाकोसी तेस्रो दिने निर्णय यथास्थितिमा राख : सर्वोच्च

सर्वोच्च अदालतले ‘तामाकोसी तेसो’ जलविद्युत् आयोजना निर्माण गर्न बिनाप्रतिस्पर्धा टिबिआई होल्डिङलाई दिने ऊर्जा मन्त्रालयको निर्णय यथास्थितिमा राखी छलफलका लागि उपस्थित हुन आदेश दिएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्