२९ कार्तिक २०८१ बिहीबार
image/svg+xml

सस्तो तामाकोसी ५ लाई लगानी जुटेन

तामाकोसी ५ जलविद्युत् आयोजनाको विस्तृत परियोजना प्रतिवेदन र वातावरणीय प्रभाव मूल्यांकन भएको दुई महिना बिते पनि सरकारले लगानी जुटाउन नसक्दा निर्माणमा अन्योल देखिएको छ। सरकारले तुलनात्मक रुपमा निकै सस्तो पर्ने यो ९९.८ मेगावाटको आयोजनालाई जनताको जलविद्युत् कार्यक्रममा राखे पनि लगानी जुटाउन नसक्दा कामले गति लिन सकेको छैन।

तामाकोसीमा राजस्व घोटाला छानबिन गर्न समिति

नदीजन्य पदार्थको निकासीबापत् उठाइने राजस्वमा करिब २१ लाख रुपैयाँ अपचलन भएको बारेमा अनुसन्धान गर्न दोलखाको तामाकोसी गाउँपालिकाले छानबिन समिति गठन गरेको छ।

बहाना भत्किएको सडक र पेनस्टक पाइप जडान

ऊर्जा अभावमा महŒवपूर्ण भूमिका निभाउने भनिएको माथिल्लो तामाकोसी जलविद्युत् आयोजना गत पुसमा सम्पन्न गर्ने सरकारको लक्ष्य थियो। चार सय ५६ मेगावाटको यो आयोजना पछिल्लो लक्ष्यभन्दा सात महिना ढिलो भइसकेको छ। तर, सरोकारवाला मन्त्रालय भने लक्ष्य एक वर्ष पर सारेर पन्छिएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले हालै तयार पारेको प्रतिवेदनमा आयोजनासम्म जाने सडकको दुरवस्था र भर्टिकल साफ्टमा पेनस्टक पाइप जडान कार्यमा ढिलासुस्ती भएकाले लक्ष्य फेला नपारेको उल्लेख छ।

लाइसेन्स जोगाउन तामाकोसी तेस्रोको क्षमता घटाइयो

‘जोखिमका कारण पहिलो चरणमा यसो गरेका हौं, क्रमिक रुपमा पूर्ण क्षमतामै आयोजना सम्पन्न गर्छौं’

ठाडो सुरुङमा २७.५ मिटर पेनस्टक पाइप जडान

स्वदेशी लगानीमा निर्धाणाधीन चार सय ५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको ठाडो सुरुङमा २७.५ मिटर पेनस्टक पाइप जडान गरिएको छ।

तामाकोसीमा माछा घटे !

सिंगटी, बन्चरे, नयाँपुल, किर्नेलगायत नदी किनाराका बजार क्षेत्र माछा पाइने ‘हब’ का रुपमा चिनिए पनि अहिले पहिले जस्तो माछा पाइन छाडे

तामाकोसीमा माछा घटे, कारण खोज्दै विज्ञटोली

नदी किनारका बस्ती र बजार क्षेत्रमा पहिलेको तुलनामा माछा अभाव हुन थालेपछि तामाकोसीमा माछा घट्नुको कारण खोजी गर्न थालिएको छ। केही वर्षअघिसम्म बाह्रैमास यो नदीमा माछा पाइन्थे। केही वर्षयता नदीमा डोजर प्रयोग, पहिरो साथै जलविद्युत् आयोजनाका कारण माछा घटेको आशंका छ।

असजिलो तल्लो ठाडो सुरुङमा पेनस्टक पाइप जडान

स्वदेशी लगानीमा निर्धाणाधीन चार सय ५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको तल्लो ठाडो सुरुङमा पेनस्टक पाइप जडान भएको छ।

आयोजना लम्बिँदा लागत दोब्बर बढी

२०७३ असारमा सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजना पूरा हुन अझै कम्तीमा आठ महिना लाग्ने अनुमान छ। आयोजना बेलैमा निर्माण नहुँदा अनुमानित लागत खर्च ३५ अर्बबाट बढेर ७३ अर्ब पुग्ने भएको छ।

माथिल्लो तामाकोसीको लागत ७३ अर्ब पुग्दै

गोरखा भूकम्प, भारतको अघोषित नाकाबन्दी तथा प्राकृतिक प्रकोपका कारण बेलैमा सम्पन्न गर्न नसक्दा माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको लागत दोब्बरभन्दा माथि पुग्ने भएको छ। सुरु गर्दा ३५ अर्बले बन्ने अनुमान गरिएको आयोजना सम्पन्न हुँदा ७३ अर्ब ६८ करोड रुपैयाँ खर्च हुने भएको छ।निर्माण अवधिको ब्याज मात्रै २१ अर्ब ७४ करोड पुग्ने भएको छ।सरकारले आयोजनालाई राष्ट्रिय गौरवमा सूचीकृत गरेको छ।स्वदेशी लगानीमा दोलखामा निर्माणाधीन ४५६ मेगावाट क्षमताको सो आयोजनाको ब्याजमा उल्लेख्य वृद्धि भएपछि कुल लागत बढेको हो।

माथिल्लो तामाकोसीलाई रकम अभाव

स्वदेशी लगानीमा निर्माणाधीन राष्ट्रिय गौरवको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनालाई नगद प्रवाहको समस्या देखिएको छ।

तामाकोसीमा फेरि नदीभित्रै डोजर

दोलखास्थित तामाकोसी नदीमा गिट्टी बालुवा उत्खनन गर्नेहरुले फेरि नदीभित्रै डोजर हालेका छन्। नदीभित्रै डोजर लगाएर जथाभावी खनिएका कारण बिच भागमा ठूल्ठूला खाल्डा देखिएर नदी नै बिरुप पारिएको छ भने कतिपय स्थानमा नदीले धार नै बदलिएको छ। जिल्लाको सिंगटीदेखि नागदहका साथै तामाकोसीदेखि ढोलीखोलासम्मका विभिन्न स्थानमा सञ्चालित क्रसर तथा बालुवा उद्योगले नदीभित्रै डोजर लगाएर गिट्टी बालुवा निकालेका कारण नदीले धार परिवर्तन गर्दै लगेको स्थानीयले बताएका छन्। धार बदल्दा दायाँ बायाँ कमजोर भूभाग भएको कतिपय स्थानमा जमिन नदीले तान्ने जोखिम बढेको छ।

पाइप जडान र ढुवानीको कामले ‘रफ्तार’ लिदै

राष्ट्रिय गौरवको तामाकोसी आयोजनामा पेनस्टक पाइप ढुवानी तथा जडानको काममा ठेकेदारले रफ्तार बढाएको छ।

तामाकोसीको म्याद २ महिना थप

स्वदेशी लगानीमा निर्माणाधीन अहिलेसम्मकै सबैभन्दा ठूलो माथिल्लो तामाकोसी जलविद्युत् आयोजना निर्माणको अवधि पछाडि धकेलिँदै गएको छ। पछिल्लोपटक आयोजना निर्माणको अवधि थपेर २०७६ को कात्तिकमा पुर्याइएको छ।

तामाकोसीमा पुल निर्माण ९ वर्षदेखि अलपत्र

कन्सल्टेन्टको गलत डिजाइनका कारणले यहाँको भोर्लेस्थित तामाकोसी नदीमा पुल निर्माण नौ वर्षदेखि अलपत्र परेको छ। नेपाल कन्सल्ट प्रालिले साविक लादुक गाविस र सुरी गाविस जोड्ने गरी भोर्लेस्थित तामाकोसी नदीको स्टिल ट्रस पुलमा गरिएको डिजाइनमा ४० टन तौल अपुग भएपछि पुल निर्माण अलपत्र परेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्