२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

रामप्रसाद राईको डायरी

उपन्यासमा विछोड छ, पीडा छ, दुख छ, संघर्ष छ, क्रान्ति छ, संगठन छ, जातीय विभेदको कुरा छ, तर खुसी छैन, रमाइलो छैन, शान्ति छैन, हाँसो छैन। सायद रामप्रसादको जीवन नै त्यस्तो भएको हो कि ? हामी कल्पना मात्र गर्न सक्छौ।

कृष्ण बाउसेका दुई बालकविता

ज्ञानी भई पढ्नेको झोलाभित्र पस्दछु अनपढलाई चिन्दिन बरु निदाई बस्दछु। थरीथरी अक्षर पानाभरि कुँद्दछु धेरै पाना मिलेर चाङ भई सुत्दछु।

मित्थ्यावाद

शिष्यहरूले गीता खुब घोके। अक्षर अक्षर अर्थ्याए। पद एवं पदावलीहरूको टिकाहरू लेखे। वाक्यको कथांशहरू कण्ठ गरे। अन्त्यमा सबैले आफ्नो – आफ्नो समझ अनुसारको गीता ज्ञानको उत्तर दयानन्दलाई बुझाए। तब दयानन्द खुब हाँसेर उनले सबैलाई एकै उत्तर दिए।–“ मित्थ्यावाद !”

सर्वहारा भन्दै यहाँ दुनो सोझ्याउने

सर्वहारा भन्दै यहाँ दुनो सोझ्याउने, सत्तामा पुगेपछि महल ठड्याउने। बाचा–कसम सबै भुलेपछि यहाँ, विचारशून्य जमातको नेता बने त्यँहा।

उठ्नै नसक्ने गरी जमिनमा पछारेर गयौ

उठ्नै नसक्ने गरी जमिनमा पछारेर गयौं, कलेजीछेउमा सिस्नो,कांडा सारेर गयौं। मन –मुटुमै घरघडेरी र सम्पत्ति दिँदा पनि, मलाई एक्लै बिलखबन्दमा पारेर गयौं!

जस्तो दुःख – कष्ट परोस्, भरोसा छ आमा हुँदा

जस्तो दुःख – कष्ट परोस्, भरोसा छ आमा हुँदा, मेरो यो आशाको डोरी, बिर्सेर पनि नचुटाइदिए पुग्छ। मैले श्वास फेरुञ्जेल, सधैंभरि आमा देख्न पाऊँ, मेरो यो एउटै मात्र, इच्छा तिम्ले नलुटाइदिए पुग्छ।

खेत बाढीले लग्यो घर भुईचालोले ढाल्यो

खेत बाढीले लग्यो घर भुईचालोले ढाल्यो, कहाँ जाने कहाँ बस्ने बा फर्केरै आएनन्। गरिब भन्छन् नानाथरी लाञ्छना लगाउँछ्न्, धेरै हेप्छन् समाजले बा फर्केरै आएनन्। ऋण लाग्यो अनिकाल भोकमारी लाग्यो,मर्नै पर्छ सरकार लागे बा फर्केरै आएनन्।

नोबेल पुरस्कार विजेताबाट अर्थशास्त्र पढेँ तर फोटोग्राफीमा आएँ

एक धेरै ठूला प्राध्यापक थिए, जेम्स ब्योर्कमान, उनी अमेरिकन थिए, आफ्नो अध्यापनका क्रममा आफ्नो आधाभन्दा बढी जिन्दगी यही नेदरल्यान्ड्स अनि विश्वका विभिन्न विश्वविद्यालयमा भिजिटिङ लेक्चर्स दिएर अनि सेमिनारमा बिताए। उनी घुम्न, रमाइलो गर्न वर्षैपिच्छे नेपाल जान्थे। सन् १९९६ मा मैले पहिलोपटक भेट्दा उनले मलाई भनेका थिए, ‘म २६ पटक नेपाल गइसकेको छु, हरेक वर्ष जान्छु।’ यस हिसाबले उनी अहिलेसम्म ५१ पटक नेपाल गए होलान्।

सभ्य र शिष्ट भाषाका प्रयोगकर्ता भानु

सुगौली सन्धिले नेपाली कविताको वीरधारालाई तिलाञ्जली दियो। नेपाली कविहरू भक्तिधारामा प्रवेश गरे। भक्तिधाराको अजस्र प्रवाहमा भानुुभक्त आएका हुुन्। उनको रामायणको भाषा तत्कालीन साक्षर व्यक्तिका लागि पनि बोधगम्य थियो। उक्त बोधगम्यका कारण उनको रामायणले नेपालीका घरघरमा ठाउँ पायो। त्यो भानुभक्तको रामायणको लोकप्रियता हो। भाषामा सहजता र सरलतालाई भानुुले जसरी काव्यमा समाहित गरे, त्यो नै लोकप्रियताको आधारबीज हो। यही आधारको प्रतिविम्ब भानुको रामायणलाई लिन सकिन्छ।

बजाउँदै काखी हिंड्छ यो दुनियाँ सारा

रमाउनुपर्छ सँगै छिटो आऊ है प्यारा, सम्झिएर कति बगाऊँ यी आसुका धारा।कारणवश बिग्रियो भने तिम्रो मेरो घरजम, बजाउँदै काखी हिंड्छ यो दुनियाँ सारा।

सोचाइ

‘जिन्दगी एउटा पाठशाला हो। मानिस हरक्षण केही न केही सिकिरहेको हुन्छ। पुरस्कार, सम्मान र कृतिका कुरा आफ्नो ठाउँमा छन् । हरक्षण केही गर्नुपर्छ भन्ने मेरो धारणा छ’ र सक्रिय रहेको जानकारी गराउन पनि समयले ल्याएको प्रविधिसँग जोडिनुपर्छ भन्ने मेरो मान्यता छ। म यसैमा रमाउँछु’ ‘सोचाइ आआफ्नो हो, माफ गर्नुहोला। यहाँको विचारसँग सहमत हुन सकिन

आफूलाई चिन: किन र कसरी ?

सात महर्षि, जसलाई ‘सप्तर्षि’ भनिन्छ, उनीहरूले समाजको अवधारणाको स्थापना गरे। उनीहरूले ‘पुरुष’को अस्तित्वको कुरा गरे, जो (ऋग्वेद, १८–९०) नौ ग्रहसहित ब्रह्माण्डका स्रोत थिए, यी प्रत्येकमा सबै प्रकारको जीवन चिह्न र आन्तरिक पदार्थ थिए। उनीहरूले स्वीकार गर– प्रत्येक वस्तुभित्र सूक्ष्म रचनात्मक स्रोत सूक्ष्म रूपमा विद्यमान हुन्छ, जसलाई ‘आत्मा’ भनिन्छ। उनीहरूले यो पनि स्वीकार गरे– ‘जीव’ दुइटा अंशमा रहन्छन्, एक भौतिक र एक अभौतिक। एकको बिना अर्काको अस्तित्व रहन सक्तैन। यस धारणाप्रति आफ्नो सोचलाई बल दिनका लागि हामी मस्तिष्क र बुद्धिलाई लिन सक्छौँ। मस्तिष्क भौतिक पदार्थ हो, तर बुद्धि होइन। यी दुवैलाई साथ नराखे दुवैको अस्तित्व समाप्त हुन्छ र दुवै अर्थहीन भइहाल्छन्।

अन्तिमाको हांसो

कास्की मर्दी हिमाल ट्रेकिङ रुटमा काम गर्ने उत्तर आले आउँदाजाँदा अन्तिमालाई नभेटी एउटा न एउटा उपहार नदिई हिंडदैन थियो ।

गुरूपूर्णिमा: ज्ञानको महत्व झल्काउने चाड गुरूपूर्णिमा

गुरु शब्दको बनावटले पनि माथिकै कुरालाई पुष्टि गर्छ। ‘गु’को अर्थ अन्धकार र ‘रु’को अर्थ प्रकाश भन्ने लाग्छ। यसको अर्थ हुन जान्छ, अँध्यारोलाई हटाएर जसले उज्यालो दिन्छ, त्यो नै गुरु हो। वेदमा भनिएको ‘तमसो मा ज्योतिर्गमय’ अर्थात् अन्धकारबाट मलाई प्रकाशतर्फ लैजाऊ भन्ने वाक्यले पनि गुरुले गर्ने कार्यलाई स्पष्ट संकेत गरेको छ।

तारुण्य भाव

तबल्चीझै झिकी ताल धुन भावनाको, सुन्दर सप्ना सजाएर अनेक चाहनाको। मनको सगर नाप्ने त्यस्तो धुन कुन होला ,मेरो जिन्दगीको शीतल जून कुन होला !

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्