निर्मला कुँवर
हे भगवान् म बाँचुञ्जेल, आमाको साथ नछुटाइदिए पुग्छ,
मेरी आमा बसेको यो,कोमल मुटु नफुटाइदिए पुग्छ।
यो संसारमा आमा भएर त, खुशीले म बाँचिरहेछु,
मेरो जिन्दगीबाट तिम्ले, अपार खुशी नउठाइदिए पुग्छ।
जस्तो दुःख – कष्ट परोस्, भरोसा छ आमा हुँदा,
मेरो यो आशाको डोरी, बिर्सेर पनि नचुटाइदिए पुग्छ।
मैले श्वास फेरुञ्जेल, सधैंभरि आमा देख्न पाऊँ,
मेरो यो एउटै मात्र, इच्छा तिम्ले नलुटाइदिए पुग्छ।
– धनकुटा।
प्रकाशित: १० श्रावण २०७८ ०१:२६ आइतबार