२३ आश्विन २०८१ बुधबार
image/svg+xml

मनभित्रको विश्वासले नै दिव्य ज्योति बल्छ

मनभित्रको विश्वासले नै दिव्य ज्योति बल्छ आफैभित्र, श्रद्धाभक्ति र आत्मज्ञानले सुमधुर जीवन चल्छ आँफैभित्र। परोपकार र सेवाभावमा विश्वास गर्दै जान सकूँ, अहंकार र आडम्बरले खोक्र्याउँदा मान्छे जल्छ आँफैभित्र।

उपन्यासकार कटुवालको ‘फेरि अर्को बिहानी’ विमोचित

उपन्यासकार हरि कटुवालको तेस्रो उपन्यास ‘फेरि अर्को बिहानी’ आख्यानकार कृष्ण धरावासी, निबन्धकार युवराज नयाँघरेले संयुक्त रूपमा विमोचन गरेका छन्।

सस्ती देवी

यत्रो प्राकृतिक एवं दैवी प्रकोप बढेर सबैतिर सत्यानाश पारेको छ। खेतीपाती, व्यापार– व्यवसाय तथा आयआर्जनको काम ठप्प भएको छ। त्यसैको बारेमा छलफल गर्ने हो।

वातावरण

‘केही समय दिनुस्। म आफैं आफ्नो छोरा निष्कासन गर्न अनुरोध गर्दछु।’ सुमनले प्रधानाध्यापकसँग अन्तिम अनुरोध चढाए।

बोकेर पिरती मुटुभरि

केटी – दैवले जुरायो यति टाढा भएर पनि, सधैं नजिक हुने गरी,मित्रता बढ्यो हाम्रो यहाँ, भुलेर भुल्न नसकिने गरी।केटा – हाँसेर नै खुसीसाथ बाँचेका छौं, बोकेर पिरती मुटुभरि,बल्ल भेट भयो हाम्रो प्रेम भयो, कहिले नहोस् कमजोरी।

ननिदाउने सम्झना

अबदेखि मेरो झ्यालका मसिना प्वालहरूबाट अमिलो अन्धकार बोकेर जूनको उज्यालोसँग नछिर्नू दिनहुँ म झस्कने रातहरूमा,स्वागत हुनेछैन।

योग्यता

दिदीले भन्नुभयो, ‘भयो बहिनी, अब मैले बुढेसकालमा पढेर के गर्नु? फेरि मैले शैक्षिक योग्यता भए पनि हुने नभए पनि हुने काम गर्न लागेको छु नि !’

द्वारिकानाथको ‘जिल्ला प्रशासन’

काठमाडौंमा काम गर्ने कर्मचारीले काम गर्दा १ नम्बर पाउथ्यो भने दार्चुला जस्ता दुर्गम जिल्लामा काम गर्दा ५ नम्बर पाउथ्यो। डा. द्वारिकानाथले दार्चुला जिल्ला छान्नुको पृष्ठभूमिमा त्यो पनि एउटा कारण रहेछ।

इतिहासको अध्ययन गर्नेलाई कोसेली ‘रुकुमको पत्रकारिता’

भौगोलिक विकटता त रुकुमको भूबनोटसँग जोडिएकै कुरा भइहाल्यो। पहाडी बस्ती भएकाले एक गाउँबाट अर्को गाउँमा जाँदाको कठिन सबैले भोग्नैपर्छ।

पुर्ख्याैली संस्कृति खोज्दै म्हपूजा गर्न नेपाल आउने युवाको कथा

आज जसरी नेपालीहरू विश्वमा फैलिने क्रम जारी छ, त्यसरी नै भोलि ‘रोमुलस’हरू आफ्नो पुर्ख्यौली पहिचान खोज्दै नेपाल आउने क्रम पनि बढ्नेछ।

उपत्यकाका तान्त्रिक अष्टमातृका

पहिले पहिलेका राजाहरू धेरै नै धार्मिक एवं तन्त्रमा विश्वास गरेर देवताहरूका स्थापना गरेको देखिन्छ। कतिपय राजा त आफैंले तान्त्रिक सिद्धि प्राप्त गरेका पनि छन। हाम्रो वंशावली अनुसार महालक्ष्मीका साधक राजा गुणकामदेवलाई महालक्ष्मीले सपनामा आएर खड्ग आकारको देश बनाई अष्टमातृका अजिमाहरूको प्रतिष्ठा गरी स्थापना गर्नु भन्ने आदेश दिए ।

पाल्पाको पीर

मचाहिँ तानसेनस्थित रानीभवनको स्थिति बुझ्नतिर लागें। रानीभवनस्थित कार्यालयहरूको हबिगत हेर्न लायकको थियो। रानीभवनको भवन स्वयं क्षतविक्षत अवस्थामा थियो।

कसरी जाऊँ आमा ?

भन्छन्–‘पितृहरू सपनामा देखिए पनि धेरै बोल्दैनन्’ तर आमा हरेक रात सपनामा आउनुहुन्छ, बोल्नुहुन्छ, अरूबेला झैं सुख दुःखका कुरा गर्नुहुन्छ। यिनै सपनाले पनि आमाको महाप्रस्थानको सत्य स्विकार्न दिएको छैन। यदि कुनै रात सपनामा आमालाई देखिन भने दिनभर शून्यता र न्यास्रो लागिरहन्छ।

पदम विश्वकर्माको ‘क्वारेनटाइन’ लोकार्पण

आफ्नै कृतिमाथि बोल्दै साहित्यकार विश्वकर्माले कोरोना भाइरसको कारण अमेरिकामा नेपालीले भोग्नुपरेको कारुणिक पीडा उपन्यासमा समेटेको बताए। कोरोनाको कारण मृत्यु भएपछि आफन्तले छुन र हेर्न नपाएका पीडाहरू र प्रदेशबाट शव आफ्नो देशमा ल्याउन नपाउँदाको पीडा समेत समेटेको बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्