१५ कार्तिक २०८१ बिहीबार
image/svg+xml

एसएमएस सन्देश

सरोज सुरो भए पनि अलि होसियार थियो । कुरा मिलेमा आजै रमाइलो गर्नुपर्छ भनेर उसले एक प्याकेट प्यान्थर खल्तीमा राखेको थियो । उसले एउटा रुखको छेको लागेर मोबाइलबाट फोन गरयो । नजिकै उभिएकी त्यही अपाङ्ग केटीको हातमा फोन बज्यो ।

ताली

जो जीवनभर, बर्सौं पुराना र मक्किएका थामजस्तै आफ्नै पैतालाहरू चिरा पार्दै , भरोसा थप्दै हुस्सु र कुहिरोको मजेत्रो ओढी लेक –बेंसी चाहर्दै अरूकै जीवन र पहिचानका लागि जिउँदै छन्, त्यसका लागि बजाऊ ताली।

त्यसपछि उनीहरू आएनन्

कहिले जाल थापेर अल्झाउँछन्; कहिले बन्दुकको निशाना लगाउँछन् । कस्तो जमाना आयो कुन्नि !” आमाले चिन्ता व्यक्त गर्नुभयो— “मानिसहरू सारा संसार हाम्रो मात्रै हो, हामीले जे गरे पनि हुन्छ भन्ने ठान्छन् । यसै गरी यो पृथ्वीको अस्तित्व नै मेट्न आँटिसके ।”

जन्मभूमि

– अहो मित्र, तपाईले कस्तो कुरा गरेको ? नेपालमा काम गर्नु हुँदैन । यहाँ त नेपालीहरूलाई तलब नै दिँदैनन्। विदेशीहरूलाई पो काम गराउँछन् , छिरिङले भन्यो।

नवकन्या

उनी त एकाएक मसँग पो जङ्गिए – बुझ्न भो, म फौजी हुँ । मान्छे मलाई धौले हवल्दार भन्छन् । लप्पनछप्पन जान्दिनँ । चाइने केरे देखेको कुरा प्याट्ट बोल्छु । त्यो गाउँ त असत्तीहरूको गाउँ हो । हाम्रा गाउँमा आएर नवकन्या खोज्छन् । पापीहरू । अधमहरू । लाज पचेकाहरू । मलाई त रिस पो उठ्छ ढोँगी मान्छेसगँ ।

अझै बेला टरेको छैन

हिमाल, पहाड, तराई , सिन्चित छ तिम्रो पसिनाले, कसैले पनि तिम्रो , मेहनतको कदर गरेको छैन। कर्म गर फलको आशा, नराख भन्छ गीताले पनि, देशको सेवा गर नौजवान हो , अझै बेला टरेको छैन।

क्षणभंगुर जीवनको एउटा दृष्टि

अब छैन ऊसित त्यसैले त खाएर जान पाउंछन् । बुझ, त्यो बाध्यता हो । ल्याउंछन् किनेर लाउनै नहुने, लगाइदिन्छन् तर देख्नै नपाउने, बुझ, यो नियति हो। बाह्र वर्षसम्म ढुंग्रामा राखेको भन्छन्। सोझो भएन रे ।

नसोचेको पराईले साथ दिन्छ कहिलेकाहीँ

आफ्नो मान्छे पराईझैं बन्छ कहिलेकाहीँ, अर्का पनि भगवानझै हुन्छ कहिलेकाहीँ । रगतको नाता मात्र आफ्नो भन्ने नसम्झनू, नसोचेको पराईले साथ दिन्छ कहिलेकाहीँ ।

आऊ मनको बात मिलाऊँ आत्मीयताको

आऊ मिठो हात मिलाऊँ आत्मीयताको , आऊ मनको बात मिलाऊँ आत्मीयताको। उचनीच छैन हेर करेसामा फूलबारी, आऊ एउटै जात मिलाऊँ आत्मीयताको।

प्रिय छोरी

प्रिय छोरी तिमी विश्व मानचित्र पल्टाएर आफू अनुकूलको देश खोजिरहिछ्यौ म आफ्नै घरबाट हराएको मेरो नाम खोजिरहेकी छु तिमी महासागरको कुरा गर्छ्यौ आइफल टावर फन्को मार्छु भन्छ्यौ म यतिबेला मेरै चोकसित बिरानो छु ।

प्रिय कमरेड

त्यतिबेला न तिमीले कुर्सीको कुरा गर्थ्यौ न उसले खाडीको तातो घामको कुरा गर्थ्यो कुरा हुन्थ्यो त खालि परिवर्तनको , किनकि उसको तिम्रो र मेरो सपना एउटै थियो तर आज त्यो ठाउँमा पुगेपछि बिर्सियौ गुन्दुक र ढिँडो बिसिैयौ मकै – भटमास अनि साथीसँगी बोकेका झोला अनि देखेका सपनाहरू ।

परदेशी वर

“हैन प्रिय, काम भन्नेबित्तिकै किन डराएकी त्यसरी? काम नगरी त यो अमेरिकामा कोही पनि बस्दैनन । काम नगर्ने मान्छेलाई त यहाँ मान्छेले राम्रो पनि मान्दैनन् । चिन्ता नगर । यहाँ काम गर्नुका धेरै फाइदा पनि छन् । त्यो कुरा तिमीलाई काम गर्न थालेपछि आफै अनुभव हुन्छ ।”

सत्ता कब्जा गर्ने उपाय

ब्वाँसोले जवाफ फर्कायो –“के गर्नु स्यालज्यू, लडाइँ गरेर सिंहले सत्ता कब्जा गर्ने जमाना गइहाल्यो । आजभोलि सडक कब्जा गरेर सत्ता हत्याउँदा रहेछन् । त्यही भएर सत्ता टिकाउन भएको बाटो पनि सबै बिगार्न थालेँ । के गर्नु सत्ताभन्दा ठूलो सडक होइन रहेछ त !”

सपना

बाजेले जंगिदै भन्नुभयो– तिमीहरू हामीजस्ता पौरखी छैनौ र अरूकै मुख ताक्छौ । सेवासुविधाको नाममा पराई देशमा बसाइँ सर्छौ । आफ्नै माटोमा केही गरौं, नभुलौ भन्ने छैन । कसरी हुन्छ त ? यसका लागि शहीद र वीरहरूको सपना साकार पार्ने संकल्प खै ?

हाकिम

मलाई रिस उठ्यो । चम्पा पनि आइन् । मैले चम्पालाई हप्काउँदै सोधे – के भएको छ ? काम गर्नुपर्दा बहाना बनाउने । चूपचाप काम गर ।चम्पा डराई । बिस्तारै भनी– दिदी आजै गर्भपतन गराएर आएकी । मलाई धेरै गारो भएको छ। मैले छक्क परेर हाकिमको अनुहारमा हेरे । चम्पा अविवाहित केटी थिइन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्