२६ आश्विन २०८१ शनिबार
image/svg+xml
कला

नसोचेको पराईले साथ दिन्छ कहिलेकाहीँ

मुक्तक

१) ईश्वरको नाम अनेक धाम अनेक,

पानीसंगै लुकामारी घाम अनेक।

शुद्धता हावामा पनि नपाइने भो अचेल, 

छलछाममा रमाउनेकै नाम अनेक।

 

२) आफ्नो मान्छे पराईझैं बन्छ कहिलेकाहीँ,

अर्का पनि भगवानझै हुन्छ कहिलेकाहीँ।

रगतको नाता मात्र आफ्नो भन्ने नसम्झनू,

नसोचेको पराईले साथ दिन्छ कहिलेकाहीँ।

 

३) कमजोर लाग्छन् तिम्रा धुर्त तालहरू,

बुझेर बुझ पचाए हरेक जालहरू।

रमाउनु जिन्दगी लामो छ नरुनु अब,

मुस्कानले जित्छ सधैं मुर्खका चालहरू।

 

४)  मेरो माया धेरै भएर मात नलागोस्,

उपहार हो यौवन घात नलागोस्।

उत्साहित होस जिन्दगानी सधैं–सधैं,

सम्हाल्नु आफूलाई बात नलागोस्।

 

५) तिमीले बोलायौ पर्खेनौ र फर्कियौ,

म बोलिरहे तिमी बेतुकमा झर्कियौ।

विश्वासमा सम्झौता हुँदैन बुझ्नु, 

पहिले के देख्यौ अहिले तर्कियौ।

प्रकाशित: १० चैत्र २०७७ ०६:०३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App