२६ आश्विन २०८१ शनिबार
image/svg+xml
कला

आऊ मनको बात मिलाऊँ आत्मीयताको

गजल

  

गजल  

 

आऊ मिठो हात मिलाऊँ आत्मीयताको ,

आऊ मनको बात मिलाऊँ आत्मीयताको।

 

उचनीच छैन हेर करेसामा फूलबारी,  

आऊ एउटै जात मिलाऊँ आत्मीयताको।

 

मनको मैलो पखालेर बग्नु सागरजस्तै,

आऊ रङ सात मिलाऊँ आत्मीयताको।

 

हारजित उस्तै हो मित्र यो जिन्दगीको ,

आउ गला – गाथ मिलाऊँ आत्मीयताको ।

प्रकाशित: १० चैत्र २०७७ ०५:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App