खेलाडीलाई एन्टी डोपिङबारे प्रशिक्षण
टोकियो ओलम्पिक २०२० मा सहभागी हुने नेपाली खेलाडी र प्रशिक्षकलाई एन्टी डोपिङ र कोभिड–१९ को बारेमा सचेतनामूलक सन्देश प्रदानगरिएको छ।
टोकियो ओलम्पिक २०२० मा सहभागी हुने नेपाली खेलाडी र प्रशिक्षकलाई एन्टी डोपिङ र कोभिड–१९ को बारेमा सचेतनामूलक सन्देश प्रदानगरिएको छ।
सुरुआती दुई खेलमा जितयात्रालाई निरन्तरता दिएको इटाली यसअघि नै अन्तिम १६ मा प्रवेश गरिसकेको छ। स्विट्जरल्यान्डविरुद्धको जित इटालीको लगतार दशाैं जित थियो। त्यसैले रोबेर्टो मान्चिनीको टोली शतप्रतिशत नतिजाका साथ समूह ‘ए’ को विजेता बन्ने लक्ष्यमा छ। ६ अंक जोडेको इटाली शीर्ष स्थानमा छ।
सिन क्योकुसिन कराते संघले गुरुपूर्णिमाका अवसरमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पदक विजेता आफ्ना खेलाडीलाई सम्मान गरेको छ।
अखिल नेपाल फुटबल संघ एन्फाले दक्षिण एसियाली फुटबल प्रतियोगिता (साफ) जित्ने खेलाडीलाई जनही ५ लाख रुपैयाँ दिने घोषणा गरेको छ।
खेलभावना विपरीत गोलको खुसी मनाएको भन्दै फिफाले स्विट्जरल्यान्डका तीन खेलाडीलाई जरिवाना गरेको छ।
म्याच फिक्सिङको आरोप लागेका राष्ट्रिय फुटबल टोलीका लत्कालीन कप्तान सागर थापासहित ५ जनालाई बिहीबार विशेष अदालतले सफाइ दिएको छ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप), दीर्घायु गुरु हस्पिटल एन्ड रिसर्च सेन्टर, र दृष्टि आईकेयर सिस्टबीच सम्पूर्ण खेलाडी र खेलाडीका परिवार, राखेप कर्मचारी र परिवार, खेल पत्रकार र पत्रकार परिवार, खेल पदाधिकारी र परिवारलाई सहुलियत दरमा स्वास्थ्य सेवा उपलब्ध गराउने सम्बन्धमा शनिबार सम्झौता भएको छ।
इङ्लिस प्रिमियर लिगको शीर्ष क्लब म्यानचेस्टर सिटीसँग बिहीबार घरेलु मैदानमा ३–० ले पराजित भएपछि दबाबमा रहेका अर्सनलका प्रशिक्षक आर्सेन वेंगरले खेलाडीलाई क्लबको स्तरअनुरुप प्रदर्शन गर्न सुझाएका छन्।
नामिबियामा सम्पन्न विश्व क्रिकेट लिग डिभिजन–२ मा उपविजेता बन्दै विश्वकप छनोट प्रतियोगितामा स्थान बनाएको नेपाली क्रिकेट टोलीका सदस्यलाई नेपाल सरकारले जनही ३ लाख रुयौयाँ नगदसहित सम्मान गर्ने भएको छ । सोमबार नेपाली क्रिकेट टोलीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै निवासमा निम्त्याएर सम्मानको घोषणा गरेका थिए।
मदन भण्डारी स्पोटर्स एकेडेमीअन्तर्गत रहेको क्रिकेट विभागले मंगलबार खेलाडीलाई छात्रवृत्ति तथा खेलसामग्री प्रदान गरेको छ ।
नेपाली प्रवासी सितोरियो कराते संघ मलेसियामा प्रवासी खेलाडीहरुलाई प्रोत्साहन गर्न अवार्ड कार्यक्रम आयोजना गरेको छ। मलेसियाको होटेल ग्रेण्ड कन्टिनेन्टल क्वालालम्पुरमा आयोजित कार्यक्रममा १४ विद्यामा मनोनीत खेलाडीहरुलाई अवार्ड वितरण गरिएको थियो।
अन्तराष्ट्रिय क्षेत्रमा नेपालकाे नाम उच्च राखेको भन्दै धनकुटाका तीन तेक्वान्दो खेलाडीलाई अभिनन्दन गरिएको छ । तेक्वान्दो डोजाङ्ग हिलेको आयोजनामा सम्पन्न भएको अभिनन्दनमा धनकुटा १ हिलेका बिनिता घिमिरे, सुनिता तामाङ्ग र धनकुटा राजारानीका शुक्र बिकलाई हिले बजार परिक्रमा गराई अभिनन्दन गरिएको हो ।
अस्ट्रेलियाले मंगलबार उत्तर कोरियाको युवा फुटबल टोलीलाई आफ्नो देशमा प्रवेश गर्न नदिने घोषणा गरेको छ ।
ह्याम्स हस्पिटलले शिरीष फाउन्डेसनको छात्रावृत्तिमा रहेका खेलाडीलाई निशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने भएको छ।
अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जितेका आइटिएफ खेलाडीलाई भक्तपुर जिल्ला खेलकुद विकास समिति र विद्या विकास सेकेन्डरी बोर्डिङ स्कुलले संयुक्त रूपमा सम्मान गरेका छन्।