९ मंसिर २०८१ आइतबार
image/svg+xml

भारतले पाकिस्तानी खेलाडीलाई भिसा दिएन

भारत सरकारले एसियाली च्याम्पियनसिपअन्तर्गत स्क्वास तथा कुस्ती खेलमा भाग लिन आउने पाकिस्तानी खेलाडीलाई भिसा दिन अस्वीकार गरेको छ।

खेलाडीलाई शिरीषको छात्रवृत्ति

ओलम्पियन पौडीबाज शिरीष गुरुङको नाममा स्थापित शिरीष फाउन्डेसनले यसै वर्षबाट प्रतिभावान् युवा खेलाडीलाई खेलकुद छात्रवृत्ति प्रदान गर्ने भएको छ।

विश्वकप छनौटमा खराब प्रदर्शन गर्ने खेलाडीलाई पत्नीको रातो कार्ड

एक चिनियाँ खेलाडीकी पत्नीले अवे खेल खेलेका कारण आफ्ना पतिलाई रातो कार्ड देखाएकी छिन्। विश्वकप छनोटअन्तर्गत महत्वपूर्ण खेलमा लज्जाजनक गल्ती गरेको भोलिपल्ट बुधबार ती खेलाडीले आफ्नै पत्नीबाट रातो कार्ड सामना गरेका थिए।

युवा खेलाडीलाई अवसर

विश्वविजेता जर्मनीले बुधबार डर्टमन्डमा इङ्ल्यान्डलाई मैत्रीपूर्ण खेलका लागि आतिथ्यता प्रदान गर्दा दुवै टोलीका प्रशिक्षकले युवा खेलाडीलाई अवसर दिने बताएका छन्।

खेलाडीलाई रविशंकरको ध्यान टिप्स

आइसिसी विश्व क्रिकेट लिगअन्तर्गत केन्याविरुद्धको खेलका लागि तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आइतबार ‘आर्ट अफ लिभिङ’ का संस्थापक रवि शंकरलाई भेटेको छ।

खेलाडीलाई अध्ययनको व्यवस्था

राष्ट्रिय खेलकुद परिषद् र राष्ट्रिय ताइवान खेलकुद विश्वविद्यालयबीच खेलकुदसम्बन्धी विभिन्न विषयमा सम्झौता भएको छ।

फुटबल खेलाडीलाई सरकारको पारितोषिक

तीन महिनाअघि एएफसी सोलिडारिटी कपको उपाधि जितेको नेपाली राष्ट्रिय फुटबल टोली सोमबार सरकारबाट पुरस्कृत भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहालले विजेता २३ खेलाडीका साथै मुख्य प्रशिक्षक ग्योटुको कोजी, सहायक प्रशिक्षक राजुकाजी शाक्य, गोलकिपिङ प्रशिक्षक उज्ज्वल मानन्धर र फिजियो सुरज भुसाललाई चेक हस्तान्तरण गरेका थिए।

खेलाडीलाई राखेपको विभेद

विराटनगरमा हुने सातौं राष्ट्रिय खेलकुदमा पश्चिमाञ्चलबाट भाग लिने अधिकांश खेलाडी प्रशिक्षण विना प्रतिस्पर्धामा उत्रिने भएका छन्। राष्ट्रिय खेलकुद परिषद (राखेप)ले सिमित खेलका खेलाडीलाई मात्र बन्द प्रशिक्षणका लागि रकम उपलब्ध गराएपछि सहभागि सबै खेलाडीले प्रशिक्षणको मौका पाएनन्।

फुटबल खेलाडीलाई कान्तिपुर होलिडेजले दुबई टुर लैजाने

मलेसियामा भएको एएफसी सोलिडारिटी कपको फाइनलमा विजयी नेपाली फुटबल टोलीका खेलाडीलाई कान्तिपुर होलिडेजले पाँच दिने दुबई टुर गराउने भएको छ। नेपाली फुटबल खेलका इतिहासमा नयाँ आरम्भको सुरुवात गर्न सफल फुटबल खेलाडीलाई प्रोत्साहन स्वरुप कान्तिपुर होलिडेजले दुबई टुरको आयोजना गर्ने जानकारी दिएको हो ।

विजयी खेलाडीलाई प्रतिव्यक्ति ३ लाख नगद दिने घोषणा

एएफसि सोलिडारिटी कप विजेता नेपाली टोलीलाई प्रतिव्यक्ति तीन लाख नगद दिने सरकारले घोषणा गरेको छ। युवा तथा खेलकुद मन्त्री दलजीत श्रीपालीले विजयी खेलाडीलाई पुरस्कार स्वरुप तीन लाख नगदले सम्मान गर्ने घोषणा गरेका हुन्।

विदेशमा रहेका नेपाली खेलाडीलाई विभागीय टोलीको हैसियत दिनुपर्छ : सदस्यसचिव विष्ट

राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टले विदेशमा रहेका नेपाली खेलाडीहरूको समूह गठन गरी विभागीय टोलीको हैसियतमा राष्ट्रिय प्रतियोगितामा सहभागी गराउनुपर्ने बताएका छन् ।

यस्ता फ्यान जसले मृत्यु शैयामा म्यानचेस्टर युनाइटेडका खेलाडीलाई भेटे

म्यानचेस्टर–मृत्यु शैयामा म्यानचेस्ट युनाइटेडका खेलाडीहरुलाई भेटेको ४५ मिनेटमा एक समर्थकको मृत्यु भएको छ।

अस्ट्रेलियामा नेपाली खेलाडीलाई स्वर्ण

अस्ट्रेलियामा बस्दै आएका नेपाली खेलाडी मोहन बमले सिड्नी इन्टरनेसनल खुला जुडो च्याम्पियनसीपको कातातर्फ स्वर्णपदक जितेका छन्।

खेलाडीलाई ४ करोड वितरण

१२ औं दक्षिण एसियाली खेलकुदका पदक विजेता खेलाडीलाई सरकारले बिहीबार नगद पुरस्कारबाट सम्मानित गरेको छ। बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले विजेता खेलाडी, प्रशिक्षक र सम्बन्धित राष्ट्रिय संघलाई गरी झन्डै ४ करोड रुपैयाँ र प्रशंसापत्र वितरण गरे। साग सकिएको करिब ६ महिनापछि सरकारले पदकधारीलाई पुरस्कृत गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्