१४ आश्विन २०८१ सोमबार
image/svg+xml

निर्वाचनको मुखमा एमाले परित्याग गर्दै पुराना नेता

नेकपा एसमा एमाले परित्याग गरेर उपाध्यक्ष गिरिसहित कपुर राज पुरी, मिरा पुरी, बिष्णु अधिकारी, मोजाहिर अंसारी, कबिता देवी चौधरी, कृष्णप्रसाद गुप्ता लगायत छन्। यस्तै १९ गते नै परवानीपुर गाउँपालिका वडा नम्बर ४ चैनपुर विर्ताका नेकपा एमालेका नेता कन्हाई राउत कुर्मी लोसपामा प्रवेश गरेका छन्।

नेकपा एमालेले एक्लैले सरकार बनाउने हैसियत राख्छः विष्णु पौडेल

यो निर्वाचनमा एमालेले एक्लै बहुमत ल्याउँछ। एक्लैले सरकार बनाउने हैसियत राख्दछ। तर, यो निर्वाचनमा हामी राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेपालसँग पनि सहकार्य गरेका छौ । त्यसकारणले गर्दा यो सहकार्य निर्वाचनमा बेलामा पनि जारी रहन्छ।

द्वन्द्वपीडितका काम गठबन्धनले अघि बढाउँछः नेता श्रेष्ठ

'संविधान र लोकतन्त्रमाथि खतरा बढेपछि बनेको यो गठबन्धनले देशका लागि धेरै काम गर्नुछ।' उनले भने, 'द्वन्द्वपीडितका लागि आयोगले गर्नुपर्ने काम अझै बाँकी रहेको छ। त्यसका लागि गठबन्धनले काम अघि बढाउने छ।'

विकासका काममा भ्रम नछर्न पौडेलको आग्रह

एमाले उपाध्यक्ष पौडेलले तिनाउ नदी कटान रोकथाम तथा सुरक्षित बसोबासका लागि करिडोर निर्माणको काम अघि बढाइएकाले यहाँको बस्तीलाई व्यवस्थित गरी करिडोर क्षेत्रमा पर्ने घरपरिवारलाई व्यवस्थित ठाउँमा उनीहरुकै चाहनाअनुसार व्यवस्थापन गरेर मात्रै करिडोर निर्माण हुनेमा ढुक्क हुन आग्रह गरे।

गठबन्धनलाई नेतृत्व दिन जनता चाहँदैनन्ः विष्णु पौडेल

सत्तारुढ गठबन्धनको कामकारबाहीलाई हेरेर आम मतदाताले उनीहरुलाई अब सरकारको नेतृत्व दिन सकिँदैन भन्ने अनुभुति भएको पनि उपाध्यक्ष पौडेलले पटकपटक दोहार्‍याए। अन्य सहयात्री दलहरुको पनि सहयोगमा एमालेले सुविधाजनक बहुमतसहितको सरकार बनाउने र आगामी पाँच वर्ष मुलुक हाँक्ने उनको भनाइ थियो।

'राप्रपालाई विजयी हुनबाट कसैले रोक्न सक्दैन'

उनले कुनै नातेदारलाई त्यसरी नराखेको र राखेको भए सबैको प्रोफाइल पल्टाएर हेर्न पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराए।

देशको व्यवस्था गलत दिशातिर जानुमा ओली नेतृत्वको सरकार दोषीः कृष्णबहादुर महरा

उनले भने, ‘श्रोत साधनबाट हामी गरिब छैनौँ। नेपालमा विदेशी लगानी कमजोर भएको छ। किन कमजोर हुन्छ? विदेशी लगानी भित्र्याउनुपर्छ। हाम्रो श्रोत, साधन प्रयोग गर्दै विदेशी लगानी कमजोर हुन दिनुहुँदैन। देशलाई समृद्धिको दिशामा लैजान आवश्यक छ। हामीले देशको श्रोत, साधनलाई प्रयोग गर्नसके देशको समृद्धि निश्चित छ।’

एकिकृत समाजवादी म्याग्दीका उपाध्यक्ष शर्मा दुई दिनदेखि सम्पर्कविहीन

एकिकृत समाजवादी म्याग्दीका उपाध्यक्ष हेमराज शर्मा विगत दुई दिनदेखि सम्पर्कविहीन भएका छन्।

‘मुलुकको समृद्धि र विकास निर्वाचनको मुद्दा हो’

नेता पोखरेलले मुलुक निर्वाचनमा होमिएकाले सञ्चारमाध्यमले सही विषयलाई सही र गलत विषयलाई गलत नैरूपमा विश्लेषण गर्नुपर्ने बताए।

राजसंस्थाकै एजेण्डा लिएर मतदाताकहाँ भोट माग्न जान्छुः रवीन्द्र मिश्र

काठमाडौँको क्षेत्र नम्बर १ बाट आज उम्मेदवारी घोषणाको क्रममा उपाध्यक्ष मिश्रले नेपालमा राजसंस्था पुनः स्थापना गर्नैपर्ने आवश्यकता भएको बताए। आफूले राजाको माया लागेर वा आफूले केही पाउँछु भनेर राजसंस्थाको कुरा नगरेको उनको भनाइ छ।

देशमा राजसंस्था हुनैपर्ने अवस्था आयाेः रवीन्द्र मिश्र

‘हामी कमजोर र भ्रष्ट सरकार र समाज लिएर बसेका छौं। जहाँ राष्ट्रपति संस्था, जुन राजनीतिक भन्दा माथि उठनुपर्ने हो। त्यो संस्थाले इमान्दारितापूर्वक काम गर्दैन। जहाँ प्रधानमन्त्रीको संस्थाले इमान्दारितापूर्वक काम गर्दैन। जहाँ प्रशासन र प्रहरीले इमान्दारितापूर्वक काम गर्दैन। जहाँ सबै स्वार्थ केन्द्रित छन्। जुन देश भूराजनीतिक रुपले संवेदनशील छ। कुनै पनि संस्थाले राम्रो काम गर्न नसक्ने ठाउँमा यदि कुनै पनि किसिमको द्वन्द्व भयो भने त्यसलाई कसले सम्हाल्ने?'

राम्रा काम जसले गरे पनि एमालेले समर्थन गर्छ: ईश्वर पोखरेल

काठमाडौँ वडा नम्बर ३ स्थित रानीदेवी समूहले आज लाजिम्पाटमा आयोजना गरेको बडादशैंको शुभकामना आदानप्रदान कार्यक्रममा वरिष्ठ उपाध्यक्ष पोखरेलले राम्रा काम गर्नेको पक्षमा नेकपा (एमाले) उभिने बताएका हुन्।

केपी ओलीले गरेका काम कुनै तन्नेरीले गरेका भन्दा राम्रा छन्ः ईश्वर पोखरेल

‘केपी ओलीले अघि सारेका विचार कुनै पनि तन्नेरीका भन्दा कम छैन। केपी ओलीले गरेका काम कुनै तन्नेरीले गरेका भन्दा राम्रा छन्। केपी ओलीले अगाडि सारेका विचार कुनै पनि तन्नेरीका भन्दा अग्रगामी छन्।’

थिङ्क ट्याङ्कहरुलाई सरकारको सहयोगमा विकास गर्न जरुरी छः स्वर्णिम वाग्ले

आइतबार नीति अनुसन्धान प्रतिष्ठानको चौथो स्थापना दिवसलाई सम्बोधन गर्दै उनले मुलुकमा कुनैपनि परियोजनाको सम्झौता रद्ध हुँदा मुलुकलाई नै हानीनोक्शानी विषयमा पनि थिङ्क ट्याङ्कहरुले पूर्ण जानकारी राख्नुपर्ने बताए।

प्रतिनिधिसभाको पाँच वर्षे कार्यकाल प्रभावकारी भएनः ईश्वर पोखरेल

'सरकारले संसदलाई बिजनेश दिने हो। सरकार कस्तो रह्यो? त्यसले के बिजनेश दियो? र, प्राप्त भएको ती बिजनेशहरुलाई सभालाई नेतृत्व गर्ने व्यक्तिले कसरी अगाडि बढाउनु हुन्छ? त्यसमा निर्भर हुन्छ। अहिलेको सभामुखज्यूले वास्तवमा एउटा प्रतिनिधिसभाको नेतृत्वको गर्ने व्यक्तिको भन्दा पनि गठबन्धनको एउटा बफादार कार्यकर्ताको रुपमा भूमिका खेल्नुभयो कतिपय अवसरमा।'

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्