३० कार्तिक २०८१ शुक्रबार
image/svg+xml

तेल निर्यात कटौतीले विश्वव्यापी असर पर्छ : इरानी मन्त्री

इरानबाट खरिद गर्ने तेलको कटौती गरी शून्यमा झार्ने अमेरिकी योजनाले विश्व तेल बजारमा नकारात्मक प्रभाव पार्ने इरानका पेट्रोलियम मामिलामन्त्रीले बताएका यहाँको तास्निम न्यूज एजेन्सीले सोमबार जनाएको छ।

इरानी विदेशमन्त्रीको राजीनामा अस्वीकृत

इरानी विदेशमन्त्री मोहम्मद जभाद जारिफले आफ्नो पदबाट दिएको राजीनामा इरानी राष्ट्रपति हसन रौहानीले अस्वीकृत गरेकोसरकारी समाचार समिति इर्नाले बुधबार जानकारी दिएको छ।

इरानसँगको आणविक सन्धिबाट फिर्ता हुन अमेरिकी उपराष्ट्रपतिको आग्रह

अमेरिकी उपराष्ट्रपति माइक पेन्सले लामो समयदेखि अमेरिकाको सहयोगीका रूपमा रहँदै आएका यूरोपेली संघ आवद्ध मुलुकहरूलाई इरानसँग सन् २०१५ मा भएको आणविक सम्झौताबाट फिर्ता हुन बिहीबार आग्रह गरेका छन्।

सावित्राकाे उत्कृष्ट प्रदर्शनमा नेपालद्वारा इरान पराजित

भारतमा जारी हिरो महिला गोल्डकप फुटबल प्रतियोगितामा नेपालले इरानमाथि प्रभावशाली जित दर्ता गरेको छ। फिफा बरियतामा आफु भन्दा ४८ औं स्थान माथि रहेको इरानलाई नेपालले ३-० ले पराजित गरेको हो।

हिरो गोल्डकपमा नेपाल इरानसँग भिड्दै

भारतको भुवनेश्वकरमा जारी हिरो गोल्डकपअन्तर्गत बुधबार लिग चरणको अन्तिम खेलमा नेपालले इरानको सामना गर्दैछ। खेल उडिसास्थित कालिङ्गा रङ्गशालामा दिउँसो ४ बजे शुरु हुनेछ।

अमेरिकी शिविरबाट इरानलाई हेर्ने ट्रम्प योजनाले इराक क्रुद्ध

इरानलाई हेर्नका लागि इराकमा अमेरिकी सैन्य उपस्थिति कायम गर्न आफूले चाहेको भन्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अभिव्यक्तिलाई इराकले असन्तुष्टि जनाएको छ। ट्रम्पले आइतबार सिबिएससँग दिएको अन्तर्वार्तामाथि प्रतिक्रिया जनाउँदै इराकका राष्ट्रपति बारहाम सालेहले इराकमा अमेरिकी सैन्य शिविर राख्ने उनको चाहनाको विरोध गरेको बिबिसीले जनाएको छ।

जापान एसिया कपको फाइनलमा, इरानका प्रशिक्षकले दिए राजिनामा

एसियाली पावर हाउस जापान एसिया कप फुटबलको फाइनलमा प्रवेश गरेको छ। युएईमा सोमबार राति सम्पन्न पहिलो सेमिफाइनल खेलमा इरानलाई ३–० ले पराजित गर्दै जापान फाइनलमा पुगेको हो।

इरानमा कार्गो विमान दुर्घटना, १५ जनाको मृत्यु

इरानको राजधानी तेहरान नजिकै भएको कार्गो विमान दुर्घटनामा विमानमा सवार १५ जनाकाे मृत्यु भएकाे छ भने एककाे जिवितै उद्धार गरिएकाे छ।

इराक र इरान नकआउट चरणमा

समूहचरणका दुई खेलमा लगातार जित निकाल्दै इराक र इरानले शनिबार एसिया कपमा एक खेलअगावै नकआउट चरणमा स्थान बनाएका छन् । समूह ‘डी’अन्तर्गत शनिबार भएको खेलमा २०१५ मा सेमिफाइनलसम्मको यात्रा तय गर्न सफल इराकले यमनमाथि ३–० को सहज जित निकालेको हो  । तीन पटकको एसिया कप विजेता इरानले  भियतनाममाथि  २–० को जित दर्ता गराएको हो ।

अमेरिकी प्रतिबन्धहरू ‘आर्थिक आतङ्कवाद’ हो : राष्ट्रपति राैहानी

अमेरिकाले इरानविरुद्ध लगाएको प्रतिवन्धहरू ‘आर्थिक आतङ्कवाद’ भएको इरानका राष्ट्रपति हसन रौहानीले बताएका छन्।

इरान सहआयोजक बन्ने अपेक्षा

कतार विश्वकप २०२२ को आयोजक कमिटीले प्रतियोगितामा फिफाबाट सहभागी टोलीको संख्या बढ्ने संकेत पाएसँगै इरानबाट सहआयोजक बन्ने प्रस्तावको अपेक्षा गरिएको तर हालसम्म कुनै निर्णय भने नदिएको बताएको छ।

एएफसीद्वारा इरानलाई प्रतिबन्ध लगाउने चेतावनी

एसियाली फुटबल महासंघ (एएफसी) ले सरकारी हस्तक्षेप जारी रहे आगामी जनवरीबाट संयुक्त अरब इमिरेट्स (युएई) मा सुरु हुने एसिया कप फुटबलअघि इरान फुटबल संघमाथि प्रतिबन्ध लगाउने चेतावनी दिएको छ।

इरान : 'सिक्काका सुल्तान' लाई फाँसी

इरानमा दुई टन सुनका सिक्का सहित पक्राउ परेका वहीद मजलुमीनलाई फाँसी दिइएको छ। उनलाई बुधबार बिहान फाँसी दिइएको हो।

इरान : 'सिक्काका सुल्तान' लाई फाँसी

इरानमा दुई टन सुनका सिक्का सहित पक्राउ परेका वहीद मजलुमीनलाई फाँसी दिइएको छ। उनलाई बुधबार बिहान फाँसी दिइएको हो।

इरानमाथिको नाकाबन्दीले तेल बजारमा हलचल

संयुक्तराज्य अमेरिकाले इरानी तेल आयातकर्तामाथि तेल खरिद नगर्न दिएको कडा चेतावनीपछि विश्वमै कच्चा तेलको बजारमा नयाँ तरङ्ग उत्पन्न भएको छ। विज्ञहरुले कच्चा तेलको मूल्यवृद्धि हुने अनुमान गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्