२३ आश्विन २०८१ बुधबार
image/svg+xml
खेल

एएफसीद्वारा इरानलाई प्रतिबन्ध लगाउने चेतावनी

क्वालालम्पुर – एसियाली फुटबल महासंघ (एएफसी) ले सरकारी हस्तक्षेप जारी रहे आगामी जनवरीबाट संयुक्त अरब इमिरेट्स (युएई) मा सुरु हुने एसिया कप फुटबलअघि इरान  फुटबल संघमाथि प्रतिबन्ध लगाउने चेतावनी दिएको छ।

हालै इरानको संसद्ले सरकारी सेवाबाट अवकाश लिएका कर्मचारीले सरकारी लगानी रहेको संघसंस्थाामा काम गर्न नपाउने कानुन पारित गरेको थियो।

इरानका स्थानीय सञ्चारमाध्यमले यो कानुन पारित भएसँगै यसले इरान फुटबल संघ(एफएफआइआरआई)का प्रमुख महादी ताजका साथ अन्य धेरै पदाधिरकारी प्रभावित हुने उल्लेख गरेका छन्।

‘हामी इरानमा जारी घटनाक्रमलाई नजिकबाट नियाल्दै छौं,’ एएफसीले मंगलबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हाम्रा सबै सदस्य राष्ट्रका फुटबल संघले निर्वाध रूपमा सञ्चालन हुनुपर्छ । संरकारी पक्षबाट हस्तक्षेप भएमा त्यस्ता संस्थामाथि प्रतिबन्ध लगाउन सकिनेछ । एसिया कप फुटबल सुरु हुन मात्र २ महिनाको समय बाँकी छ।

यस अवधिमा एफएफआइआरआईले आफ्नो संस्थामा सरकारी हस्तक्षेप नभएको र कामकारबाही निर्वाध रूपमा सञ्चालन भएरहेको प्रमाणित गर्न आवश्यक छ।’

फिफाले २००६ नोभेम्बरमा सरकारी हस्तक्षेप भएको भन्दै एफएफआइआरआईमाथि प्रतिबन्ध लगाए पनि त्यसको एक महिनापछि नै प्रतिबन्ध हटाएको थियो।

प्रकाशित: २९ कार्तिक २०७५ ०४:१८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App