३० कार्तिक २०८१ शुक्रबार
image/svg+xml

ट्रम्पका कारण अमेरिकाले इज्जत गुमायो : इरान

अमेरिकाले राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाको प्रतिष्ठालाई कमजोर बनाएको बताउँदै इरानविरुद्ध प्रतिबन्ध लगाउने बिषयमा अमेरिका अन्तिममा इरानसँग पराजित हुने इरानका सर्वोच्च नेता आयातोल्लाह अलि खामेनीले शनिबार बताएका छन्।

‘अमेरिका इरानमा शासन परिवर्तन गर्न चाहन्छ’

संयुक्त राज्य अमेरिकाले इरानमा शासन परिवर्तन गर्न खोजिरहेको इरानका राष्ट्रपति हसन रौहानीले आइतबार आरोप लगाएका छन्।

‘सस्तो इन्धन चाहिए हस्तक्षेप बन्द गर’

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सस्तोमा तेल चाहिए मध्यपूर्वमा हस्तक्षेप बन्द गर्नुपर्ने इरानका तेल इन्धनमन्त्री बिजान जाङगानेले बुधबार बताएका छन्।

इरानकाे सैन्य परेडमा लडाकु समूहको आक्रमण, २४ जनाकाे मृत्यु

इरानमा सैन्य कवाज (परेड)मा शनिबार एक लडाकू समूहले गरेको आक्रमणमा परी मृत्यु हुनेको सङ्ख्या २४ पुगेकोे छ। सैन्य परेड भइरहेको स्थलमा एक्कासी आतङ्कवादीहरूले गोली चलाउँदा कवाज हेरिरहेका महिला, बालबालिका समेतको मृत्यु भएको र शनिबार अपरान्ह्सम्म उक्त घटनामा मृत्यु हुनेको सङ्ख्या २४ पुगेको यहाँको राज्य सञ्चालित आइआरएनए समाचार संस्थाले जनाएको छ।

अमेरिकी दबाबमा जापानले तेल आयात रोक्ने

जापानका प्रमुख तेल आयातकर्ताले अक्टोबरमा इरानबाट कच्चा तेलको आयात स्थगन गर्ने तयारी गरेको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन्।

अमेरिकालाई चुनौती दिँदै इरानले सार्वजनिक गर्‍यो लडाकु विमान

इरानले पहिलो पटक लडाकु विमान सार्वजनिक गरेको छ। इरानको प्रतिरक्षा प्रदर्शनीमा यो घरेलु लडाकु विमान सार्वजनिक गरिएको हो।

अमेरिकासँग सम्वाद सम्भव छैन : खामेनी

अमेरिकासँग युद्ध पनि नगर्ने वार्ता पनि नगर्ने इरानका सर्वोच्च नेता आयतोल्ला अलि खामेनीले सोमबार बताएका छन्। इरानमा हाल देखिएको समस्याहरू अमेरिकाद्वारा पुनः लगाएको आर्थिक प्रतिवन्धका कारणभन्दा पनि सरकारको गलत व्यवस्थापनका कारण निम्तिएका खामेनीको दावी छ।

इरानविरुद्धको नयाँ प्रतिबन्ध कार्यान्वयनमा

गठबन्धन राष्ट्रको पटकपटकको आग्रहलाई वेवास्ता गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले इरानविरुद्धको नयाँ प्रतिबन्ध कार्यान्वयनमा ल्याएको छ।

इरानमाथि अमेरिकाको एकपक्षीय प्रतिबन्ध, व्यापार नगर्न साझेदारलाई ट्रम्पको चेतावनी

अमेरिकी राष्ट्रपति डोलान्ड ट्रम्पले इरानसँग व्यापार गर्ने जो केहीसँग पनि अमेरिकाले व्यापार नगर्ने चेतावनी दिएका छन्। इरानमाथि प्रतिबन्ध घोषणा गरिएको भन्दै ट्रम्पले नोभेम्बरसम्ममा तेल व्यापारमा प्रतिबन्ध लगाउने बताएका छन्।

ट्रम्प इरानी राष्ट्रपतिसँग बिना सर्त वार्ता गर्न तयार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका राष्ट्रपति हसन रुहानीसँग पूर्व सर्त बिनै जुनसुकै समयमा भेट्न तयार रहेको बताएका छन्।

तेल निकासीमा अमेरिकी अवरोधभए कडा परिणाम : इरान

पेट्रोलियम निर्यातमा अमेरिकाले अवरोधको प्रयास गरे सोहीअनुरुपकै जवाफ दिने इरानले चेतावनी दिएको छ। अ‍मेरिकी अधिकारीहरूले इरानबाट तेल खरिद नगर्न आयातकर्ता मुलुकहरूमाथि दबाब बढाउन थालेपछि इरानको यस्तो प्रतिकृया आएको हो।

‘इरानविरुद्धको आर्थिक नाकाबन्दीबाट अमेरिका एक्लिँदै’

इरानसँग सन् २०१५ मा गरिएको अन्तर्राष्ट्रिय आणविकसम्झौताबाट फिर्ता हुने र इरानबिरुद्ध पुनः नाकाबन्दी लगाउने कदमबाट बिस्तारै संयुक्त राज्य अमेरिका एक्लिन थालेको इरानी राष्ट्रपति हसन रौहानीले शनिबार बताएका छन्।

रूस र चीन लगायतका केही शक्तिशाली मुलुक इरानकाे पक्षमा

इरानसँगको आणविक सम्झौताका हस्ताक्षरकर्ता अमेरिका बाहेकका अन्य मुलुकहरूले इरानले तेल बेच्न पाउने पक्षमा शुक्रबार प्रतिवद्धता जनाएका छन्।

युरोप, चीन, रुस र इरानबीचको बैठक आज

विश्वका छ शक्तिशाली राष्ट्र र इरानबीच सन् २०१५ मा भएको आणविक सम्झौताबाट अमेरिकी राष्ट्रपति ट्रम्पले मे महिनामा हात झिक्ने निर्णय गरेपछि उक्त सम्झौतालाई कसरी जीवित राख्ने भन्नेबारे चीन, फ्रान्स, जर्मनी, बेलायत र रुसका विदेशमन्त्रीहरुले इरानी अधिकारीहरुसँग अस्ट्रियाको राजधानी भियनामा शुक्रबार भेट गर्दै छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्