४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

ट्रम्प इरानी राष्ट्रपतिसँग बिना सर्त वार्ता गर्न तयार

तस्बिर : एजेन्सी

 वासिङटन - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका राष्ट्रपति हसन रुहानीसँग पूर्व सर्त बिनै जुनसुकै समयमा भेट्न तयार रहेको बताएका छन्।

ह्वाइट हाउसमा पत्रकारहरुसँग कुरा गर्दै ट्रम्पले आफू छलफलमा विश्वास गर्ने भएकाले जोसँग पनि भेट्न तयार रहेको बताए ।

ट्रम्प र रुहानीबीचको वाकयुद्धले तनाब बढाइरहेका बेला ट्रम्पको यस्तो प्रस्ताव सार्वजनिक भएको हो ।दुई नेताबीच भेट भएमा त्यो सन् १९७९ को इरानी क्रान्तिपछि दुई मुलुकका नेताबीचको पहिलो भेटवार्ता हुनेछ।

गत जुनमा अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली शासक किम जोङ उनबीचको भेटवार्ता पनि धेरैका लागि अविश्सनिय रहेको थियो ।इरानको रिभोलुसनरी गार्डका शीर्ष कमाण्डरले ट्रम्पको भनाई बृहद् अमेरिकी रणनीतिको हिस्सा भएको प्रतिक्रिया दिएका छन् ।

केही दिन अगाडि मात्रै ट्रम्पले अमेरिकालाई धम्की दिए इरानले इतिहासमा मै सामना नगरेको दुश्परिणाम भोग्नुपर्ने चेतावनी दिएका थिए ।रूहानीले पनि इरानसँगको युद्ध सबैभन्दा ठूलो युद्ध हुने धम्की दिएका थिए । गत मे मा आणविक कार्यक्रम नियन्त्रण गर्ने इरान र शक्ति राष्ट्रबीचको सम्झौता अमेरिकाले भङ्ग गरेपछि दुई मुलुकको सम्बन्ध थप तनावपूर्ण बनेको हाे।

 

प्रकाशित: १५ श्रावण २०७५ ०५:२२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App