८ वैशाख २०८१ शनिबार

नेपाल चिया विकास निगमलाई अन्तर्राष्ट्रिय पुरस्कार

नेपाल चिया तथा कफी विकास बोर्डले नेपालमा उत्पादित चियाको बृहत् प्रदर्शनी तथा टी टेस्टिङ कार्यक्रम गरेको छ।

उदयपुरमा ‘दोस्रो प्रदेशस्तरीय महोत्सव त्रियुगा’ सुरु

‘भाषा, कला र संस्कृतिको उत्थान बढाऊ, उद्योग, व्यापार, कृषि र पर्यटन’ भन्ने नाराका साथ उदयपुरमा ‘दोस्रो प्रदेश महोत्सव त्रियुगा– ०८०’ मंगलबारदेखि सदरमुकाम गाईघाटमा सुरु भएको छ।

लिन होइन, दिन पदमा जाऔं: प्रदीपकुमार श्रेष्ठ

नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष प्रदीपकुमार श्रेष्ठले कुनै पनि पदमा केही पाउछु भनेर नभइकन केही दिन्छु भनेर आउनुपर्नेमा जोड दिएका छन्।

कृषि उपजले बजार पाएन, मर्कामा परे किसान

इलामका किसानले दूध, अर्थोडक्स चियालगायत उत्पादित उपजको खस्किँदो बजार, पशु तथा बालीनालीमा लाग्ने रोगका कारण समस्यामा पर्दै गएको बताएका छन्।

‘१० मिनेटमा नेपाल फनक्कै’

गण्डकी प्रदेश स्तरीय पर्यटन कृषि तथा औद्योगिक व्यापार मेला एवं बागलुङ महोत्सव २०८० को सन्दर्भमा धौलागिरि बहुमुखी क्याम्पसमा आयोजना गरिएको तस्बिर प्रदर्शनीले त्यहाँ पुग्नेहरूलाई लोभ्याउने गरेको छ।

सातौं बागलुङ महोत्सव आजबाट

बागलुङ महोत्सवको मुख्य आयोजक संस्था बागलुङ उद्योग वाणिज्य संघले आजदेखि हुने बागलुङ महोत्सवको तयारी पूरा गरेको छ।

‘घरबहाल कर घरधनीबाट लिनुपर्छ’

सामान्यतया घरबहाल कर घरधनीले तिर्नुपर्ने व्यवस्था छ। तर भरतपुरका घरधनीले भने घर भाडामा बस्नेलाई घरबहाल कर तिराउने गरेका छन्।

तौलिहवा उद्योग वाणिज्य संघमा कुर्मी तेस्रो कार्यकालका लागि निर्वाचित

तौलिहवा उद्योग वाणिज्य संघको अध्यक्षमा लगातार ३ तेस्रो कार्यकालका लागि निर्वाचित हुँदै गयादीन कुर्मी दीपले अध्यक्षमा ह्याक्ट्रिक गरेका छन।

लेखनाथ उद्योग वाणिज्य संघको अध्यक्षमा श्रेष्ठ

लेखनाथ उद्योग वाणिज्य संघको १४ औं अधिवेशनबाट विनोद श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको छ। सोमबार विहान सकिएको मत परिणाम अनुसार उनले प्रतिस्पर्धी भरतकुमार अधिकारीलाई पन्छाउँदै दुईवर्षे कार्यकालको लागि निर्वाचित भएका हुन्।

नापतौल डोरमा ११५ व्यवसायीले लिए सेवा

भक्तपुर उद्योग वाणिज्य संघको पहलमा जिल्लामा सञ्चालन गरिएको नापतौल डोर कार्यक्रम अन्तर्गत दोस्रो दिन शुक्रवार ११५ जना सेवाग्राही लाभान्वित भएका छन् । गुणस्तर तथा नापतौल कार्यालय, बालाजुबाट खटिएको कर्मचारीहरूको टोलीले भक्तपुर नगरपालिकाको टौमढीस्थित बुल्चापाटीमा कार्यालय राखेर बिहीबारदेखि डोर कार्यक्रम सुरु गरेको थियो।

लेखनाथ उद्योग वाणिज्य संघको अध्यक्षका प्रत्यासीको साझा एजेन्डा ताल संरक्षण

आगामी शनिबार लेखनाथ उद्योग वाणिज्य संघले दुईवर्ष कार्यकालको लागि नयाँ नेतृत्व चयन गर्दैछ। नयाँ नेतृत्वका लागि व्यवसायीहरु चुनावी अभियानमा छन्। आफनो पल्लाभारी बनाउन उम्मेदवारी दिएका उम्मेदवार घरदैलो अभियानमा व्यस्त छन्। आफनै एजेण्डा लिएर आफना सदस्यको घरदैलोमा पुगेर विश्वासको मत माग्दै छन्।

सुनसरी उद्योग वाणिज्य संघमा पनि निःशुल्क डेंगु उपचार शुरु

अस्पताल तथा निजी क्लिनिकहरूमा डेंगुका बिरामीहरूको चाप थेग्न गाह्रो भएपछि सुनसरी उद्योग वाणिज्य संघ धरानले पनि निःशुल्क डेंगु उपचार सेवा शुरु गरेको छ।

मंसिर तेस्रो साता राष्ट्रिय औद्योगिक व्यापार मेला

पोखरा उद्योग वाणिज्य संघले गतवर्ष आयोजना गरेको ‘समृद्धि स्टिल्स राष्ट्रिय औद्योगिक व्यापार मेला २०७९’ को आय–व्यय सार्वजनिक गर्दै आगामी मंसिर २१ गतेदेखि पौष १ गतेसम्म राष्ट्रिय आद्योगिक व्यापार मेला गर्ने घोषणा गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्