२० आश्विन २०८१ आइतबार
image/svg+xml

शताब्दी पुरुष सत्यमोहनका तीन पुस्तक सार्वजनिक

शताब्दी पुरुष सत्यमोहन जोशीद्धारा लिखित तीन पुस्तकहरू सार्वजनिक भएका छन्। संस्कृतिविद् सत्यमोहन जोशीद्धारा लिखित ३० वटा कृतिहरू तयार भएका ‘सत्यमोहन जोशी विशेषाङ्क’, ‘कृति विम्बमा सत्यमोहन जोशी’ र ‘अवलोकेश्वर करुणामय रातो मत्स्येन्द्रनाथ’ नामक पुस्तकहरू सार्वजनिक गरिएका थिए। शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कर्मयोगी बद्रीविक्रम थापा स्मृति सेवा गुठीको वार्षिक उत्सवको कार्यक्रममा पूर्व प्रधानन्यायधीश सुशीला कार्कीले शताब्दी पुरुष सत्यमोहन जोशीद्धारा लिखित तीन कृतिहरू विमोचन गरेकी थिइन्।

प्रेरक जीवनकथा

एस.पी. श्रेष्ठको ‘केही ज्ञानी पुरुष’ भन्ने जीवनी सङ्ग्रह प्रकाशित छ। यसमा ६ जना साधुसन्तको संघर्षपूर्ण जीवनकथा समेटिएको छ। सन्त कबिरदास (१३९८–१५१८)को जीवनी छ सुरुमा। उनका जीवनीबाट मान्छेको कुनै जात हुँदैन। धर्मसंस्कृतिको अनावश्यक विवादले कसैको भलो गर्दैन। सबैलाई आआफ्नो धर्म मान्ने अधिकार छ। एक आपसमा मिलेर काम गर्दा मानवीय भावना बढ्छ र सबैलाई राम्रो हुन्छ भन्ने ज्ञान दिलाएको छ।

चेपुवामा पाठक

सरकारले बजेट वक्तव्यमार्फत् विदेशबाट आयात गरिने पुस्तकमा १० प्रतिशत भन्सार शुल्क लगाउने प्रस्ताव गरेपछि त्यसको विरोध गर्दै नेपाल राष्ट्रिय पुस्तक विक्रेता तथा प्रकाशक संघले जेठ १७ गतेदेखि भारतीय सीमामा पुस्तक रोकेको छ।

पुस्तकमा नेपालकाे उदारवाद प्रयोग र परिणाम

पूर्वसचिव तथा महालेख परीक्षक भानुप्रसाद आचार्यद्वारा लिखित पुस्तक नेपालमा उदारवाद : प्रयोग र परिणामको लोकार्पण गरिएको छ। सोमबार पूर्वराष्ट्रपति रामवरण यादवले उक्त पुस्तकको विमोचन गरेका हुन्।

मदन पुरस्कारको लागि सात पुस्तकको सूची सार्वजनिक

मदन पुरस्कार -२०७५ को लागि श्रेष्ठ सूची सार्वजनिक भएको छ। मदन पुरस्कार गुठीले श्रेष्ठ सूची तयार गर्न गठित विज्ञ समितिबाट सिफारिस भएका सातवटा पुस्तकहरूको नाम सार्वजनिक गरेको हो। गुठीलाई प्राप्त भएका कूल २५७ कृतिहरूबाट छानिएका यी सात पुस्तकहरू मध्ये एकलाई २०७५ सालको मदन पुरस्कार अर्पण गरिनेछ।

चोटिला कविता

दिनचर्यालाई सार्थक विन्दुमा पु-याउन होस् वा सन्तानलाई खुसी राख्न, आमाले पटुकाको दरिलो साथ लिएको कुरालाई कविले ‘आमाको पटुका’ शीर्षक कवितामार्फत् उजागर गरेका छन्।

किनेरै पढौं पुस्तक

‘पुरानो कोट लगाऊ नयाँ पुस्तक पढ’, दार्शनिक हेनरी डेविट थोरोको यो भनाइलार्ई प्लसटु पढ्दा अंग्रेजी विषयका शिक्षक विनोद प्रजापतिले कक्षाकोठामा ज्यादै प्रयोग गर्नुहुन्थ्यो। सायद विद्यार्थीले किताब पढून् भनेर त्यसलाई बरोबर उच्चारण गर्नु भएको होला !

मन छुने कथा

अति आधुनिकता पनि समाजलाई पाच्य हुँदैन। कुनै ठाउँमा नारी अति आधुनिक बन्दा हुने दुःखको कथा पनि पस्केकी छिन् उमा सुवेदीले।

पोखरामा ‘गणतन्त्रको यात्रा’को चर्चा

नेपाली लेखक संघ कास्कीले काँग्रेस नेता नरहरि आचार्यद्वारा लिखित ‘गणतन्त्रको यात्रा’ पुस्तकमाथि परिचर्चा चलाएको छ। उसले शनिबार पोखरामा आयोजना गरेको कार्यक्रममा पुस्तक लेखक एवम् राजनीतिक चिन्तक आचार्यले गणतन्त्रको स्थापनाक्रममा भोगेका राजनीतिक, पारिवारिक, साहित्यिक एवम् विविध सन्दर्भ पुस्तकमा समेटेको जानकारी गराए।

वार्षिकीमा ‘हीरा–रत्न’ पुस्तक

राजधानीको कालोपुलस्थित हीरा–रत्न हलका सञ्चालक रत्नबहादुर तण्डुकारको पाँचौं वार्षिकीमा उनकी श्रीमति हीरादेवी तण्डुकारले ‘हीरा–रत्न’ नामक पुस्तक पाठकमाझ ल्याएकी छन्। राजधानीमा बुधबार एक कार्यक्रमकाबीच लेखिका तण्डुकार, पूर्वमन्त्री तथा गीतकार एसपी कोइराला, घोस्ट राइटिङका अध्यक्ष कमल ढकाल र पत्रकार डब्बु क्षेत्रीले संयुक्त रूपमा पुस्तकको लोकार्पण गरे।

डबली द स्पेस : कफीको स्वादसँगै पुस्तक पठन

समाजशास्त्र विषय प्राध्यापन गर्ने शारदा क्षेत्री प्राध्यापन पेशा छाड्नै परे पनि बौद्धिक जमातसँग साक्षात्कार भईरहने काम गर्न चाहन्थिइन्। त्यसैले उनले पारिवारिक व्यवसायको रूपमा डबली द स्पेस खोलिन्। काठमाडौंलाई कर्मथलो बनाएकी उनलाई नेवारी समुदायले प्रयोग गर्ने डबली शब्दले मन छोयो। नेवार समुदायका मानिस छलफल, बैठक गर्नका लागि डबलीमा जम्मा हुने परम्परागत प्रचलन थाहा पाएकी शारदाले व्यवसायलाई नाम दिन यही डबलीलाई नै रोजिन्।

पुस्तकमा किराँत संस्कृति

खोटाङमा ‘किराँत इतिहास र संस्कृति’ नामक शोध र खोजमूलक पुस्तक विमोचन गरिएको छ। किराँत संस्कार र संस्कृतिको खोज तथा अनुसन्धानमा संलग्न दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडाका ८० वर्षे पर्खनबहादुर राईले लेखेको पुस्तक हालै विमोचन गरिएको हो।

धादिङमा पुस्तकालय बनाउन बेलायतमा उठ्यो १० लाख

धादिङको निलकण्ठ नगरपालिका १४ स्थित धुवाँकोटमा रहेको तमैरातमाटे माध्यमिक विद्यालयमा पुस्तकालय स्थापनाका लागि सहयोगार्थ च्यारिटी कार्यक्रम सम्पन्न भएको छ। नेपाली सेफ एसोसिएयन युकेको आयोजनामा सोमबार मिडल्याण्डमा आयोजित कार्यक्रमबाट १० लाख रुपैयाँ संकलन भएको संस्थाका निवर्तमान अध्यक्ष कृष्ण तिमल्सिनाले जानकारी दिए।

तिख्खर व्यङ्ग्य

विमल भौकाजीको व्यंग्य संग्रह आऊ हल्ला गरौँ” प्रकाशित भएको छ । उनका रसिला–तिख्खर व्यङ्ग्य–लेखहरूले प्रत्येक संवेदनशील पाठकका हृदयमा गहन प्रभाव पार्न सक्छन् ।

थुलुङ भाषाको पाठ्यपुस्तक तयार

थुलुङ राई भाषाको कक्षा २ को पाठ्यपुस्तक तयार पारी सार्वजनिक गरिएको छ । थुलुङ राई संस्कृति प्रतिष्ठानको आयोजनामा थुलुङ दूधकोसी गाउँपालिका–९ लोखिममा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष असिम राईद्वारा सो पाठ्यपुस्तक सार्वजनिक गरिएको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्