१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

निम्तो कार्ड

फोनको घन्टी बज्यो। अन गर्नासाथ उताबाट आवाज आयो– भीषण, मैले निम्तो कार्ड पठाएकी थिएँ । अझै आइपुग्नु भएन त । मैले तपाईँलाई पराई ठानेकी छैन क्यार ! लोग्नेस्वास्नी पो बनिरहन सकिएन त, साथी बन्न त सन्तानले छेक्दैन नि ।छिटो आउनु यहाँ कार्यक्रम सुरु हुन लाग्यो।

आकाशको रङ

जतिबेलाको चमक र कलाले मानिसहरूको हृदय प्रफुल्लित हुन्छ त्यतिबेलाको बालक हतारहतार पोखिएको मसी सम्झेर कागज टेबल ह्वाइट बोर्डहरू रङ्ग्याउन थाल्छन् त्यो एकदिन पोखिएर पोतिएको आकाशको रङ आजसम्म कसैले मेट्न सकेको छैन म हो त्यस्तै महान अमर बनेर पोखिन चाहान्छु र मेरो अक्षरहरुले दुनियाँको सेवामा रमिरहने छ ।

सक्कली मलामी

मैले आँगनमा उभिएका मान्छेहरूलार्ई आँखा डुलाएर हेरेँ । आँगनको एकाछेउमा ती माग्नेहरू मलाम जान पर्खिरहेका थिए । साँच्चै स्तब्ध भएर रोइरहेका थिए र उनीहरूलार्ई कुनै हतार थिएन । किनकि उनीहरू सक्कली मलामी थिए । यत्तिकैमा प्रविण सरले मलाई खुसुक्क भन्नुभो– म मलाम जान नभ्याउने भएँ । ट्युसन छ ।’

ठूलो मान्छे

कार्यक्रम प्रारम्भ हुनै थाल्दा प्रमुख अतिथि हात जोड्दै सबैसँग बिदा माग्न थाले, भने – ठूलो मान्छे हुनु पनि गाह्रो छ। हु्न्न भनुँ साथीहरू रिसाउने, जाउँ भ्याईनभ्याई हुने । अझै दुईवटा कार्यक्रममा प्रमुख अतिथि हुन जानु छ। यहाँका लागि निर्धारित समय सकियो। त्यसैले बिदा पाऊँ ।’

वचन

आइहाल्छु नि तँलाई बिहे गर्न। अनि थाहा छ, कथाको राजकुमारले जस्तै तलाई पनि म वायुपङ्खी घोडामा उडाएर समुद्र तार्छु नि।

सुनौलो जीवन

गुलाफको फूल जस्तो हो मानिसको यो जिन्दगी, सही कामका लागि मोती बराबर हुन्छ जिन्दगी। सही काम गरे अति उत्तम अमृत हो जिन्दगी,नराम्रो व्यवहार गरे गनाउने हिलो हो जिन्दगी।

अरूको गोठालो

चुप लागेर माइतबाट घर आइन् । श्रीमानको मृत्युपछि राधाले दुई जना छोरीलाई छोराजस्तै हुर्काइन् । छोरीहरू मेहनती छन् । आफूभन्दा ठूलालाई सम्मान गर्छन्।

सिस्टर

हस्पिटलको वेटिङ कक्षमा पालो कुरेर बसेको थिएँ । सर्वसाधारण लाग्ने ती महिला हस्पिटलको बारेमा निकै अनजान र आतेसमा देखिन्थिन् । म नियालिरहेको थिएँ । मैले भनेपछि उनी त्यहाँ हिंडिरहेकी नर्सको छेउमा गएर सोही प्रश्न सोधिन् । नर्सले सभ्य तरीकाले नरम स्वरमा उनलाई कोठा देखाइदिइन् । तुरुन्त उनी देखाइएको दिशातर्फ लागिन् ।

स्वार्थहीन जुनकिरीहरू

जुनकिरी हुनुको अर्थ जनाउँदै मान्छेलाई जगाइरहेको हुन्छ अविच्छिन्न अनवरत बाटो देखाइरहेको हुन्छ ज्ञानविज्ञानले पोख्त अर्धचेतन तिनै मान्छेहरूलाई आफ्नो झिनो प्रकाशले झक्झकाइरहेको हुन्छ हर मनमझेरीहरूमा एउटा सानो किरा जुनकिरी बन्न सक्छ मान्छे किन मनकिरी हुन सक्तैन?

छोरा जन्मिनुको खुशीको खबर

भीमाको मुखबाट सबैको खबर सुनिसकेपछि मैले उस्लाई अर्को प्रश्न थपें– अरूको छोरा जन्मिएको खबर सुनाउँदा तिम्रो मुहारमा खुशी छाएको थियो अनि आफ्नै छोराको नाम लिंदा किन दिक्दारी नि? आखिर छोरा नै होइन तिम्रो पनि निर्मलाको जस्तै ? बल्ल छोरा भो निर्मलाको यसपटक मात्र, भनेर उस्लाई त बिचरी नै बनाउँदैथ्यौ त?

लज्जाबोध

मलाई होस आउँदा रातले छोपिसकेको थियो। पैसाको पोको त थिएन । तर, काखी भने अहिलेसम्म पनि च्यापिरहेकै थिएँ। वरिपरि छामछामछुमछुम गर्छु, पैसा त छोडेन, लट्ठी पनि छोडेन छन्। सकेसम्म पर पुग्ने गरी आफ्ना हात फैलाउँछु। तर, कहीँ केही भेट्दिन। सायद मलाई लुट्नेहरूलाई मेरो लट्ठीको जरुरत छ। म बगिरहेको आसुँ पुस्छु। सग्ला हातगोडा भएका ती अपाङ्ग सम्झेर लज्जाबोध गर्छु।

पाप र धर्म

बुढीले सन्दुसबाट सबै पैसा गनिदिइन् जितेलाई । १२ हजार तिरेर ल्याएको भैंसी बढी पैसा पाउँदा ऊ ज्यादै खुसी भयो र घरतिर हिँड्यो तर भैंसी भने सोचेजस्तो नभएकाले बुढीले जितेलाई सम्बन्धन बिग्रोस् भनी पैसा नतिर्ने सर्तमा लैजान भनिन् ।

बाह्र वर्षमा खोला फर्कन्छ

योजना बनाउनेहरूको चैँ महल ठडेछ । मिनरल वाटरले नुहाउने–धुवाउने सबै गर्नसक्ने खुबी बढेछ । अनि आयातित इनभर्टरले लोडसेडिङ हटेछ । यसैलाई ‘बाह्र वर्षमा खोला फर्कन्छ’ भनेको यही हो भनेर मान्छेहरूले भन्न थालेछन्।

मान्छे

ब्रम्हाजीका पुस्तैनी मलबाट सिर्जित डार्विनका बाँदरको घर्षणबाट निर्मित हामी एक हुल मान्छेहरू,तिनकै सृष्टि र वृष्टि केलाउँदै मसानघाटमा अग्निबिनाको एक्लो मुर्दा बाँचेको मगजशून्य , बौलाहा, स्वार्थी पथभ्रष्ट , अज्ञानी ,अविवेकी, हामी मान्छे, के कहिल्यै बन्न सकौंला बुद्धका अंशहरू, वशिष्ठ , विश्वामित्र , भारद्वाज––का वंशहरू।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्