२६ आश्विन २०८१ शनिबार
image/svg+xml
कला

आधुनिक पुस्तकालय

साइनो

     १)

ज्ञानको ज्योति बाँड्न

पुस्तकालय साधन

गौरव हाम्रो समाजको।

 

     २)

कानुनत मान्यता

१८६९ भदौ १५

पुस्तकालय जन्मदिन।

     ३)

पुस्तकालय सुरु

भिमसेन् थापा जननी

लालमोहर गीर्वाणको।

    ४)

इतिहास बोकेको

२०८ वर्ष पुरानो

पुस्तकालय गौरव है।

५)

चुनौति नै चुनौति

राणा शासन कालमा

पुस्तकालय कालो दिन।

 

६। वौद्धिकता तिखार्न

पुस्तक हाम्रो सारथी

पुस्तकालय संरक्षक

      ७) 

जनजन सक्रिय

पुस्तकालय खोल्दैछन्

ज्ञान र सूचना बाँड्दै छन्।

 ८) 

सेवामुखी भावना

चेतनाको संवाहक

आधुनिक पुस्तकालय।

     ९)

प्रविधिको विकास

पुस्तकालय झन् छिटो

स्वरूप र सेवा बद्लिँदो।

      १०)

समुदायभरि नै

पुस्तकालय विकल्प

बिनाभेद्‍भाव ज्ञान छर्ने ।

प्रकाशित: २२ चैत्र २०७७ ०४:५२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App