२६ आश्विन २०८१ शनिबार
image/svg+xml
कला

अरूको गोठालो

लघुकथा

छोरीलाई जथाभावी हिँड्न नदिनु । तपाईकी छोरी कति उत्ताउली छन् । याद गर्नु दिदी पछि पछुतो होला, चेतनाथले दिदीलाई भने।

राधालाई चेतनाथको कुराले मन कटक्क खायो तर जवाफ दिइनन् ।

चुप लागेर माइतबाट घर आइन् । श्रीमानको मृत्युपछि राधाले दुई जना छोरीलाई छोराजस्तै हुर्काइन् । छोरीहरू मेहनती छन् । आफूभन्दा ठूलालाई सम्मान गर्छन्।

घर आएपछि राधाले दुई जना छोरीलाई मामाले भनेको कुरा सुनाइन् । छोरीले जवाफ दिएनन् । त्यसपछि राधा माइत गइनन्।

एक महिनापछि थाहा पाइन्,चेतनाथकी छोरी घरछेउको टेलर्स मास्टरसँग भागिछे।

त्यो थाहा पाएपछि राधालाई कान्छी छोरीले भनिन्–मामालाई हाम्रो गोठालो जादाँजाँदै आफ्नै बारीमा स्याल पसेको थाहा भएन् ।

प्रकाशित: २३ चैत्र २०७७ ०६:४८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App