२१ आश्विन २०८१ सोमबार
image/svg+xml

भारतीय प्रधानमन्त्री माेदी जनकपुरमा अवतरण

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिने राजकीय भ्रमणमा नेपाल आइपुगेका छन् । उनी नयाँ दिल्लीबाट बिहार हुँदै जनकपुरमा अवतरण गरेका छन् ।

प्रधानमन्त्री अाेली जनकपुरमा

प्रधानमन्त्री केपी शर्मा ओली जनकपुर आइपुगेका छन् । उनी विमानस्थलबाट सिधै जानकी मन्दिर पुगेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगै ओलीले रामायण सर्किटको शुभारम्भ गर्ने तयारी कार्यक्रम छ ।

प्रधानमन्त्री कप क्रिकेट अर्को महिना

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अर्को महिना प्रधानमन्त्री कप अन्तरप्रदेश एकदिवसीय क्रिकेट प्रतियोगिता गर्ने भएको छ।

प्रधानमन्त्रीले प्रदेशसभामा सम्बोधन गर्ने

प्रधानमन्त्री केपी शर्मा ओली प्रदेश ३ को प्रदेशसभा अधिवेशनलाई सम्बोधन गर्ने भएका छन्। जेठ १ गतेबाट हुने प्रदेशसभाको दोस्रो अधिवेशनलाई सम्बोधन गर्न प्रधानमन्त्री ओली हेटौंडा आउने प्रदेश ३ का सभामुख सानुकुमार श्रेष्ठले बताए। प्रधानमन्त्रीले प्रदेशको बजेट पहिले नै सम्बोधन गर्ने कार्यक्रम रहेको उनले बताए।

भारतीय प्रधानमन्त्री मोदी आज आउँदै

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको दुईदिने राजकीय भ्रमणको सिलसिलामा शुक्रबार जनकपुर हुँदै काठमाडौं आउँदैछन् । मोदी नयाँदिल्लीबाट विहारको राजधानी पटना हुँदै भारतीय वायुसेनाको विशेष हेलिकप्टरमा शुक्रबार बिहान सबा १० बजे जनकपुर आइपुग्ने कार्यक्रम छ । सन् २०१४ मा भारतको प्रधानमन्त्री भएपछि मोदीको यो तेस्रो नेपाल भ्रमण हो । यसअघि उनले सन् २०१४ को अगस्ट र नोभेम्बरमा प्रधानमन्त्रीका रूपमा दुईपटक नेपाल भ्रमण गरेका थिए।

मलेसियामा महाथिरको सानदार जित, विश्वकै वृद्ध प्रधानमन्त्री बन्दै

मलेसियाको संसदीय निर्वाचनमा पूर्व प्रधानमन्त्री महाथिर मोहमदको विपक्षी गठबन्धनले सानदार जित हात पारेका छन्।

षोडसोपचार विधिबाट पूजा गर्ने मोदी पहिलो भारतीय प्रधानमन्त्री

भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदर मोदीको आसन्न जनकपुरधामको जानकी मन्दिरमा षोडसोपचार विधिबाट गरिने विशेष पूजाअर्चना आम चासोको विषय बनेको छ।

रूसी संसदद्वारा मेदभेदेवलाई पुनः प्रधानमन्त्रीमा निर्वाचित

रूसको संसदले पूर्व प्रधानमन्त्री दिमित्री मेदभेदेभलाई नयाँ कार्यकालका लागि भारी मत दिएर मङ्गलबार पुनः निर्वाचित गरेको छ।

प्रधानमन्त्री ओलीले ३ नम्बर प्रदेशसभामा सम्बोधन गर्ने

प्रधानमन्त्री केपी शर्मा ओली प्रदेश नम्बर ३ को प्रदेशसभा अधिवेशनलाई सम्बोधन गर्ने भएका छन्। जेठ १ गतेबाट हुने प्रदेश सभाको दोश्रो अधिवेशनलाई सम्वोधन गर्न प्रधानमन्त्री ओली हेटौंडा आउने प्रदेश नम्बर ३ का सभामुख सानुकुमार श्रेष्ठले बताए। प्रधानमन्त्रीले प्रदेशको बजेट पहिले नै सम्वोधन गर्ने कार्यक्रम रहेको उनले बताए।

प्रधानमन्त्री ओलीद्वारा पूर्व प्रधानमन्त्रीहरूसँग छलफल

प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व प्रधानमन्त्रीहरूसँग सरकारको नीति तथा कार्यक्रमका विषयमा मंगलबार छलफल गरेका छन्।

प्रधानमन्त्रीलाई थप १२ अधिकार

प्रधानमन्त्री कार्यालयलाई थप शक्तिशाली बनाउन सरकारले १२ वटा अधिकार थपेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले तयार गरको संगठन तथा व्यवस्थापन (ओएनएम) सर्भेक्षण रिर्पोटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई १२ वटा थप अधिकार दिइएको छ। सो रिर्पोटलाई मन्त्रिपरिषद्को बैठकले बैठकले पास गरेको छ।

पुटिनले लिए चौंथो कार्यकालको सपथ, प्रधानमन्त्रीमा मेदभेदेभलाई नै प्रस्ताव

पुटिनले चौँथो कार्यकालको नेतृत्वका लागि सोमबार सपथ ग्रहण गरेका छन्। सपथपछि राष्ट्रपति पुटिनले रूसको संविधानमाथि हात राखी भने, “रूसका लागि सम्भव हुनै सबैकुरा गर्नु मैले मेरो कर्तव्य र जीवनको लक्ष्यका रूपमा लिएको छु।” नयाँ कार्यकाललाई वातावरण र रूसी जनताको जीवनस्तर सुधारमा प्रयोग गर्ने उनले बताए।

कार्यसूचीमा प्रधानमन्त्री असन्तुष्ट

प्रधानमन्त्री ओलीले सुरुमा सभामा आउँछु भनेर समय दिए पनि कार्यसूचीमा चित्त नबुझेपछि सभामा नगएका हुन् । प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले उपकुलपतिद्वारा प्रस्तावित कार्यसूची विवादित र अस्पष्ट भएपछि प्रधानमन्त्री बैठकमा नगएको जानकारी दिए।

‘उपकुलपतिले ढाँटे, प्रधानमन्त्री स्वस्थ्य हुनुहुन्छ’

त्रिभूवन विश्वविद्यालयका उपकुलपति प्रा.डा.तीर्थ खनियाँले प्रधानमन्त्री अस्वस्थ भएको भन्दै त्रिवि सभा स्थगित गरेको विषयमा प्रधानमन्त्रीका सहयोगीले आपत्ति जनाएका छन् ।

साना विषयले एकीकरणमा अलमल हुँदैन : प्रधानमन्त्री

धानमन्त्री केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र) सँगको एकीकरण समयको आवश्यकता भएकाले प्राविधिक र साना विषयमा अल्झन नहुने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्