५ मंसिर २०८१ बुधबार
image/svg+xml

मुलुकको आर्थिक विकासका लागि ठूलै धक्का दिनुपर्छः दाहाल

'हामीले अब १०/१५ वर्षमा जे अनुभव गरियो। विकासमा भएजस्तो पनि भएको छ, छैन जस्तो पनि भएको छ। त्यो स्थितिको अन्त्य अब सामान्य रुपले हुँदैन। क्रमभंग गरेरै गर्नुपर्दछ। ठूलै धक्का दिएर गर्नुपर्छ भनेर भनिएको छ।’

पुलिसले लगातार दोस्रो जित निकाल्दा गण्डकीको सुखद् शुरुवात

यस्तै सन्दीप क्षेत्रीले १९ रन बनाउँदा कप्तान विपिन खत्रीले र कमल परियाले समान १३ रनको योगदान गरे। गण्डकीको ८ विकेट लिने क्रममा कैलाश ऐर, नारायण जोशी, शेर मल्लले समान २/२ विकेट लिए। यस्तै नरेन साउदले एक विकेट लिए।

निर्वाचनले देशमा परिर्वतन चाहने शक्तिको जीत हुन्छ: अध्यक्ष ओली

'देशलाई स्थिर र विकास गर्ने सक्षम सरकार चाहिएको छ, निर्वाचनमार्फत त्यो पूरा हुनेछ', झापा क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका अध्यक्ष ओलीले आज बिहान आफ्नो निर्वाचन क्षेत्रमा पर्ने कमल गाउँपालिका– ३ क्याम्पामा आयोजित चुनावी भेलालाई संवोधन गर्दै सो धारणा व्यक्त गरे।

गुजरातकाे पुल दुर्घटनाप्रति रूसी राष्ट्रपति, प्रधानमन्त्री देउवालगायत विश्वका नेताहरूद्वारा दुःख व्यक्त

साथै उनीहरूले मोर्बी पुल दुर्घटनामा परी बहुमूल्य जीवन क्षति भएकामा हार्दिक समवेदना व्यक्त गरेका छन्। राष्ट्रपति पुटिनले आफ्ना भारतीय समकक्षी द्रौपदी मुर्म र प्रधानमन्त्री नरेन्द्र मोदीप्रति हार्दिक समवेदना व्यक्त गर्दै पीडितहरूका परिवारजनमा सहानुभूति प्रकट गरेका छन्।

प्रधानमन्त्री कप क्रिकेटः एपिएफ र पुलिसको विजयी शुरुवात

कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा सम्पन्न खेलमा एपिएफले अर्को विभागीय टोली त्रिभुवन आर्मीमाथि ५६ रनको जित निकाल्दा अर्को खेलमा पुलिसले वागमती प्रदेशमाथि १ सय ९२ रनको फराकिलो जित निकालेका हो।

छठ पर्वले सांस्कृतिक एकताको भावना वृद्धि गर्न मद्दत पुगेको छ: प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले तराई-मधेसलगायत मुलुकका विभिन्न भागमा मनाइने छठ पर्वको अवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति, सु–स्वास्थ्य, दीर्घायुको कामनासहित शुभकामना व्यक्त गरेका छन्।

काठमाडौँको विभिन्न स्थानमा छठ पर्वको तयारी अन्तिम चरणमा

छठ पर्वको मुख्य दिन भोली (आइतबार) छठी माईको पूजाका लागि काठमाडौँको कमल पोखरी, कुपन्डोल, गौरीघाट, नागपोखरी, गहनापोखरीलगायतका स्थानहरुमा यसको तयारीको काम अन्तिम चरणमा पुगेको हो।

ओलीको प्रश्न: दार्चुला घटनामा देउवाकाे मौनता कहिलेसम्म?

शनिबार सामाजिक सञ्जालमा लेख्दै उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई जयसिंह धामीलाई तुइन काटेर मारिएको घटनामा जस्तै मौनता कहिलेसम्म बस्ने भनेर प्रश्न समेत गरेका छन्।

'नेपालको साहित्य, संस्कृति र राजनीतिको विभिन्न आयामको साँछीको रुपमा सत्यमोहन जोशी'

स्वर्गीय जोशीको १३ औं पुण्यतिथिको अवसर पारेर शुक्रबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले संस्कृतिविद् जोशीलाई देशलाई माया गर्ने सच्चा देशभक्त व्यक्तित्वको रुपमा आफूले चिनेको पनि बताए। प्रधानमन्त्री देउवाले नेपालको साहित्य, संस्कृति र राजनीतिको विभिन्न आयामको साँछीको रुपमा जोशी रहेकाले उनलाई नेपाल राष्ट्र र नेपाली जनताले कहिल्यै पनि नबिर्सने बताए।

चाडपर्व र इतिहासलाई संरक्षित र सम्वर्द्धन गर्नुपर्छः अध्यक्ष ओली

यमपञ्चकका पाँच दिन यमराजले यमुनाको घरमा वास गर्छन् भन्ने हाम्रो धार्मिक विश्वास छ। भाइ तिहारको दिन दियो, कलश र गणेशको पूजा गर्ने, यमराजको आह्वान गर्ने, बिमिरो, ओखर, तेल, मखमलीको माला, दुबोको टीका, कटुस आदिको प्रयोगमा आफ्ना दिदिबहिनी र दाजुभाइको सुख–समृद्धि, अरोग्य एवं दीर्घायुको कामना गर्ने गरिन्छ।

प्रधानमन्त्री देउवाले लगाएनन् भाइटीका

प्रधानमन्त्रीका भाइ प्रेमबहादुर देउवाको निधन भएको एक वर्ष पुगेको छैन। भ्रातृशोकका कारण प्रधानमन्त्री देउवाले यो वर्षको विजयादशमीको टीका पनि लगाएका थिएनन्।

प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटः गण्डकीको टोली घोषणा

गण्डकीको टोलीको कप्तानमा विपिन खत्री छन्। यसैगरी चन्द्रकान्त पौडेल, समिर कँडेल, विधान श्रेष्ठ, सचिनराज अधिकारी, अर्जुन कुमाल, सन्दीप खत्री, अमृत गुरुङ, करन पङ्गेनी, सन्देश बस्नेत, अभिशेक बस्नेत, सुवास भण्डारी र कमल परियार टोलीमा रहेको गण्डकी प्रादेशिक क्रिकेट सङ्घले जनाएको छ।

बेलायतका प्रधानमन्त्रीद्वारा युक्रेनी राष्ट्रपतिलाई सघाउने आश्वासन

युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीसँग कुरा गर्न पाउनु विशेषाधिकार भएको बताउँदै प्रधानमन्त्री सुनकले युक्रेनी राष्ट्रपति र जनताप्रति बेलायतको निरन्तर साथ, सहयोग र समर्थन रहने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले सधै युक्रेनको साथमा बेलायत रहेको स्पष्ट गरेका छन्।

जनतालाई सुखी र स्वतन्त्र तुल्याउन प्रयास गरिरहेका छौँः प्रधानमन्त्री

'गरिबी र असमानताको अन्त्य गर्दै नेपाली जनताको आर्थिक दर, आर्थिक स्तर वृद्धि गरी जनतालाई सुखी र स्वतन्त्र तुल्याउन हामी सबै प्रयास गरिरहेका छौँ। सबै प्रतिवद्ध भएर काम गर्नसके मुलुकबाट गरिबी, आर्थिक असमानता, विपन्नतालाई हटाउने काम शंखधर साख्वाजस्ता महान व्यक्तित्वबाट सबैले सिक्न जरुरी छ। व्यक्ति भन्दा सामाजिक भूमिका र राष्ट्रिय हीतलाई आत्मसाथ गरी अघि बढ्नसके हामी सफल हुन्छौँ।’

विगतका गल्ती सच्च्याउने र आर्थिक स्थायित्व कायम गर्ने प्रधानमन्त्री सुनकको प्रतिबद्धता

उनले त्यसनिम्ति गरिने निर्णयहरू कठिन हुने चेतावनी पनि दिएका छन्। 'अहिले हाम्रो देशले गहिरो आर्थिक संकटको सामना गरिरहेको छ,' प्रधानमन्त्री कार्यालय बाहिर पत्रकारहरूलाई उनले भने। प्रधानमन्त्री सुनकले लिज ट्रसले आर्थिक वृद्धि सुधार गर्न चाहनु गलत थिएन यद्यपि त्यसमा गल्ती भएका उनको विश्लेषण थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्