८ वैशाख २०८१ शनिबार
राजनीति

ओलीको प्रश्न: दार्चुला घटनामा देउवाकाे मौनता कहिलेसम्म?

फाइल तस्बिर।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भारतबाट उछिटिएर आएको ढुंगाले लागेर ज्यान गुमाएको घटनाको तत्काल छानबिन गरी सत्यतथ्य बाहिर ल्याउन आग्रह गरेका छन्।

शनिबार सामाजिक सञ्जालमा लेख्दै उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई जयसिंह धामीलाई तुइन काटेर मारिएको घटनामा जस्तै मौनता कहिलेसम्म बस्ने भनेर प्रश्न समेत गरेका छन्।

शुक्रबार महाकालीपारि पिथौरागढ जिल्लामा धार्चुला तहसिलमा सडक कटानका क्रममा दार्चुलाको व्यास गाउँपालिका-२ का १४ वर्षीय पवन महराको मृत्यु भएको थियो। ढुंगा लागेर १४ वर्षीया बालिका सरिना महरासहित केही स्थानीय घाइते समेत भएका थिए।

‘घटनाको तत्काल छानबिन गरी सत्यतथ्य बाहिर ल्याउन, दोषीमाथि कारबाही गर्न र पीडित परिवारलाई तत्काल क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गर्दछु,’ उनले भने, ‘तुइन काटेर गत वर्ष जयसिंह धामीलाई मारिएको घटनामा जस्तै प्रधानमन्त्री देउवाको मौनता कहिलेसम्म?’

प्रकाशित: १२ कार्तिक २०७९ ०९:१७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App