२० आश्विन २०८१ आइतबार
image/svg+xml

राष्ट्रपति सपथ विवादमा सर्वोच्चले मगायो कागजात

सर्वोच्च अदालतले पूर्व प्रधानन्यायाधीश गोपाल पराजुलीको उमेर सम्बन्धी र राष्ट्रपतिले लिएको सपथ विवादमा कागजात मगाउने आदेश गरेको छ । सेवा अवधि सकिएका प्रधान न्यायाधीश पराजुलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई सपथ खुवाउनु गैरसंवैधानिक भन्ने विवादमा यस्तो आदेश गरेको हो।

सर्वोच्चले मगायो मिसिल

सर्वोच्च अदालतले ‘मैना सुनार हत्या प्रकरण’ मा जिल्ला अदालत काभ्रेको फैसला बदर माग दाबी गरिएको मुद्दामा सम्बन्धित सबै मिसिल झिकाउने आदेश गरेको छ । प्रधानन्यायाधीश गोपाल पराजुली र न्यायाधीश बमकुमार श्रेष्ठको संयुक्त इजलासले पाटन उच्च अदालतमा रहेको मिसिल झिकाउन आदेश दिएको हो।

सर्वोच्चले पदममायालाई न्याय दिलायो

सर्वोच्च अदालतले तोकिएभन्दा साढे ५ वर्ष बढी थुनामा बसेकी पदममाया गुरुङलाई ६ लाख ४ हजार रुपैयाँ क्षतिपूर्ति दिन सरकारका नाममा परमादेश जारी गरेको छ । प्रधानन्यायाधीश गोपाल पराजुली र न्यायाधीश केदारप्रसाद चालिसेको संयुक्त इजलासले गुरुङलाई गैरकानुनी थुनामा राखेको भन्दै आइतबार आदेश जारी गरेको हो ।  कर्तव्य ज्यान मुद्दा ठहर भएकी धनकुटाकी पदममायालाई प्रहरी र कारागारको लापरबाहीका कारण कानुनले ठहरेभन्दा ५ वर्ष ६ महिना १० दिन बढी थुनामा बस्नुपरेको थियो ।

सर्वोच्चले माग्यो प्रधानन्यायाधीशकै नागरिकता र शैक्षिक प्रमाणपत्र

सर्वोच्च अदालतले प्रधानन्यायाधीश गोपाल पराजुलीको दुवै नागरिकताको प्रतिलिपि र शैक्षिक योग्यताको प्रमाणपत्र झिकाउन आदेश दिएको छ। न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र बमकुमार श्रेष्ठको संयुक्त इजलाशले बुधबार पराजुलीको दुवै नागरिकताको प्रतिलिपि र शैक्षिक योग्यताको प्रमाणपत्र झिकाउन आदेश दिएको हो।

‘डा. केसीको विषयमा सर्वोच्चले आफ्नो निर्णय पुनर्विचार गरोस्’

नेपाली कांग्रेसले प्रहरी हिरासतमा रहेका डा. गोविन्द केसीको विषयमा निर्णय पुनर्विचार गर्न सर्वाेच्च अदालतलाई सुझाव दिएको छ। कांग्रेस नेता बालकृष्ण खाँडले मंगलबार पत्रकारहरुसँग कुरा गर्दै चिकित्सा शिक्षा सुधारका लागि लडिरहेका डा. केसीप्रति आफूहरुको सम्मान रहेको बताउँदै भने, ‘उहाँप्रति हाम्रो सम्मान, आदर मान छ, सर्वोच्च अदालतले आफ्नो निर्णय पुनर्विचार गरोस्, तर न्यायलयप्रति पनि हाम्रो सम्मान छ।’

सर्वोच्चले पौडेलको मुद्दामा कागजात माग्यो

सर्वोच्च अदालतले तनहुँ क्षेत्र नम्बर २ प्रदेशसभा (क) उम्मेदवार प्रदीप पौडेलको मुद्दामा मतपत्रसहितका कागजपत्र पेस गर्न निर्वाचन आयोगलाई आदेश दिएको छ ।

सर्वोच्चले चौधरीको फाइल मगायो

सर्वोच्च अदालतले प्रतिनिधिसभा सदस्य जितेका फरार अभियुक्त रेशम चौधरीले वारेसमार्फत प्रमाणपत्र पाउनुपर्ने रिट दरपीठविरुद्ध परेको निवेदनमा सुनुवाइ गर्दै अभियोगसम्बन्धी फाइल मगाएको छ ।

मैना सुनार हत्या मुद्दामा सर्वोच्चले मिसिल मगायो

सर्वोच्च अदालतले ‘मैना सुनार हत्या प्रकरण’ मा जिल्ला अदालत काभ्रेको फैसला फाइल मगाएको छ । न्यायाधीशद्वय चोलेन्द्रशमशेर जबरा र टंकबहादुर मोक्तानको संयुक्त इजलासले आइतबार ‘मैना सुनार प्रकरण’ सम्बन्धी मिसिल झिकाउने आदेश गरेको हो । आइतबार दुवै पक्षको सुनुवाइपछि सर्वोच्चले मुद्दाको मिसिल झिकाउने आदेश गरेको हो।

सर्वोच्चले दुवै पक्षलाई छलफलमा बोलायो

सर्वोच्च अदालतले ‘मैना सुनार हत्या प्रकरण’ मा काभ्रे जिल्ला अदातलको फैसला बदरका विषयमा परेको रिटमा छलफल गर्न दुवै पक्षलाई बोलाएको छ ।

सर्वोच्चले सरकारलाई डाक्यो

सर्वोच्च अदालतले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा समानुपातिकतर्फ अपांगता भएका व्यक्तिहरूको अनिवार्य प्रतिनिधित्व नगराइएको भन्दै सरकारलाई छलफलका लागि बोलाएको छ । न्यायाधीश ओमप्रकाश मिश्रको एकल इजलासले मंगलबार कारण देखाऊ आदेशसहित अदालतमा छलफलका लागि सरकार पक्षलाई बिहीबार डाकेको हो ।

सरकारको 'भ्याकेट' सर्वोच्चले दर्ता गरेन

स्थानीय तहको संख्या बढाउन सरकारको निर्णयविरुद्ध अदालतले जारी गरेको अन्तरिम आदेश खारेज गर्न माग गर्दै सरकारले दर्ता गराएको ‘भ्याकेट’को निवेदन सर्वोच्च प्रशासनले मंगलबार दरपीठ गरिदिएको छ। सर्वोच्चका रजिष्ट्रार नृपध्वज निरौलाले सरकारले पेश गरेको निवेदन कानुनसम्मत नदेखिएको भन्दै दर्ता गर्न अस्वीकार गरेका हुन्।

डिआईजी सिलवालको रिट सर्वोच्चले स्थगित गर्‍यो

सर्वोच्च अदालतले डिआईजी नवराज सिलवालद्वारा दायर रिटको सुनुवाई स्थगित गरेको छ। डिआइईजी सिलवालले प्रहरी महानिरीक्षक नियुक्तिमा आफूलाई अन्याय भएको भन्दै सर्वोच्चमा रिट दायर गरेका थिए।

मानहानी मुद्दामा देउवालाई सर्वोच्चले बोलायो

सर्वोच्च अदालतको मानहानीसम्बन्धी मुद्दामा जवाफ दिन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई १० दिनभित्र उपस्थित हुन आदेश गरेको छ ।

सर्वोच्चले हस्तक्षेप गरेकै हो त?

सर्वोच्चको निर्णयले कार्यपालिकी अधिकारमा धावा नबोले पनि उच्च अदालतका न्यायाधीश नियुक्ति सम्बन्धमा भने महत्वपूर्ण सिद्धान्त आकर्षित हुने अवस्था उत्पन्न भएको देखिन्छ।

सर्वोच्चले आइजिपी रिटको फैसला भोलि सुनाउने

सर्वोच्च अदालतमा नेपाल प्रहरी महानिरीक्षक नियुक्तिविरुद्धको रिटमाथि बहस सोमबार सकिएको छ। पूर्ण इजालसमा भइरहेको सुनुवाइ सकिएसँगै सर्वोच्चले भोलि मंगलबार निर्णय सुनाउने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्