हिरोले आंशिक थुनिएको चौलानी नदीको बहाब सामान्य
आज दिउँसो खसेको पहिरोले केही समय चौलानी नदी आंशिक थुनिएकामा केहीबेरपछि सामान्य अवस्थामा नै खुलेको थियो।
आज दिउँसो खसेको पहिरोले केही समय चौलानी नदी आंशिक थुनिएकामा केहीबेरपछि सामान्य अवस्थामा नै खुलेको थियो।
भोटेकोशीमा आएको बाढीमा परेर ज्यान गुमाउने, बेपत्ता तथा घाइते एवम् बाढी पीडितका लागि नेपालगन्जका निजी तथा सामुदायिक अस्पतालले रकम सहयोग गरेका छन्।
गुठी संस्थान जनकपुरधामले आज सार्वजनिक सूचना जारी गर्दै गुठीअन्तर्गतका पोखरी तथा पोखरीका डिलमा विभिन्न व्यक्ति तथा संस्थाले अनधिकृत रूपमा संरचना निर्माण गरी भोगचलन गरिरहेका संरचना हटाउन निर्देशन दिएको हो।
बाढी आएकै दिनदेखि सम्पर्कविहीन उनलाई जीवित भेटिने आश मरेपछि दशौं दिनमा आफन्तले कुशको प्रतिमा बनाएर अन्त्येष्टि गरेका छन्।
मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले भारत, चीन र गणतन्त्र कोरियाबाट आएका सुरुङ उद्धार टोलीहरूले नेपाली सेनासँग समन्वय गरी निरन्तर काम गरिरहेका बताए।
लुम्बिनी विकास कोषले भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनी भ्रमणका लागि पूर्ण रूपमा सुरक्षित र खुला रहेको जनाएको छ।
रसुवा भोटेकोशीमा आएको बाढीले पीडित बनेका नागरिकको राहत, उद्धार र पुर्नस्थापनाका लागि पोखरा महानगरपालिका–७, मासवारस्थित मदरल्याण्ड माविले ८ लाख १५ हजार ५ सय ५५ रुपैयाँ आर्थिक सहयोग गरेको छ। विद्यालयले शुक्रबार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा यो रकम जम्मा गरेको हो।
विपद्का बेला बालबालिका बेचबिखन तथा ओसारपसारको जोखिममा पर्न सक्ने भएकाले उनीहरूको संरक्षणमा विशेष सतर्कता अपनाउन अभियानले आग्रह गरेको छ।
रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको बाढीमा परी चितवनका ११ जना बेपत्ता भएका छन्।
रसुवामा भदौ १० गते आएको बाढीपछि उद्धार गरी उपचारका लागि ल्याइएका ७८ जनामध्ये शुक्रबार बिहान ९ बजेसम्म २९ जना उपचाररत छन्।
राहदानी विभागले यही भदौ २२ र २३ गते विभागबाट प्रवाह हुँदै आएका सम्पूर्ण सेवाहरू नियमित रूपमा सञ्चालन हुने जनाएको छ।
रसुवाको भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्याएका २० वटा झोलुङ्गे पुलको मर्मतमा सरकार युद्वस्तरमा लागेको छ।
नेपालले टप एन्ड टी–२० सिरिज २०२६ मा पनि लिग चरणमा छ वटा खेल खेल्न पायो। नेपालले छमध्ये चारमा पराजय र दुई खेलमा मात्र जित निकाल्यो।
कपिलवस्तु शिवराज नगरपालिका –०२ बालापुर मिलनचोकस्थित भित्री सडकखण्डमा अटोको ठक्करबाट ३ वर्षीय बालकको मृत्यु भएको छ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि नुवाकोट पुगेका छन्।