१७ कार्तिक २०८३ मंगलबार
image/svg+xml
शिक्षा

अब हुलाकबाटै शैक्षिक प्रमाणपत्र

त्रिभुवन विश्वविद्यालयबाट जारी हुने शैक्षिक प्रमाणपत्र तथा कार्यालयीय कागजातहरू हुलाक सेवामार्फत विद्यार्थीको ठेगानामा पठाउने व्यवस्था गर्न त्रिवि र हुलाक सेवा विभागबीच सम्झौता भएको छ।

कीर्तिपुरस्थित त्रिवि रजिस्ट्रारको कार्यालयमा मंगलबार आयोजित कार्यक्रममा त्रिविका रजिस्ट्रार डा. रवीन्द्र शिवाकोटी र हुलाक सेवा विभागकी महानिर्देशक मनमाया भट्टराई पंगेनीले २२ बुँदे समझदारीपत्रमा हस्ताक्षर गरेका छन्।

सम्झौताअनुसार विश्वविद्यालयका विभिन्न निकायबाट जारी हुने प्रमाणपत्रहरू विद्यार्थीको सम्पर्क नम्बर र पूर्ण ठेगानाका आधारमा हुलाकमार्फत पठाउने व्यवस्था मिलाइनेछ।

कागजात ढुवानी तथा वितरण प्रक्रियालाई सुरक्षित बनाउन ‘पोस्टल ट्र्याकिङ सिस्टम’ (पीआईटीएस) अन्तर्गत बारकोड प्रयोग गरी अनुगमन गरिने सम्झौतामा उल्लेख छ।

त्रिविका रजिस्ट्रार डा. रवीन्द्र शिवाकोटीले विश्वविद्यालयका प्रशासनिक सेवालाई विकेन्द्रित गर्दै विद्यार्थीसम्म पुर्‍याउन हुलाक सेवासँग सहकार्य गरिएको बताएका छन्।

यस्तै, हुलाक सेवा विभागकी महानिर्देशक मनमाया भट्टराई पंगेनीले शैक्षिक कागजातहरू सुरक्षित रूपमा सम्बन्धित व्यक्तिसम्म पुर्‍याउने संयन्त्र विभागसँग रहेको दाबी गरेकी छन्।

प्रकाशित: १७ कार्तिक २०८३ २१:०१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App