२७ आश्विन २०८१ आइतबार
image/svg+xml

विज्ञापन

नतीजा प्रकाशित हुनै सकेन । परीक्षा दिनेहरू पटकपटक बुझ्न गए । पछि थाहा लाग्यो । पाँचै जना विभागीय मन्त्रीज्यूको मान्छे राख्नुपर्ने भो रे । मन्त्रीज्यूका मान्छेले अन्तरवार्तामा सम्मिलित भएका थिएनन। अब सूचना टाँसियो – विज्ञापन गरी मागिएको अस्थायी नासु पदको विज्ञापन रद्द गरिएको छ !

साहित्यिक पर्यटनस्थल चुँदी रम्घा

आजभन्दा २ सय वर्ष पुराना कवि भानुभक्त आचार्यको जन्मस्थल तनहूँ जिल्लाको चुँदी रम्घा नेपालको सबैभन्दा महत्त्वपूर्ण साहित्यिक पर्यटकीय गन्तव्य हो । नेपाली जाति र नेपाली साहित्यका निम्ति भानुभक्त आचार्य विशेष नाम हो । भानुभक्तले आदिकविको सम्मान पाएका छन्, उनी संसारभरि छरिएर बसेका नेपालीका निम्ति भाषिक र जातीय एकताका प्रतीक हुन् । भानुभक्त नेपालका राष्ट्रिय विभूति समेत हुन् । साहित्यिक रुचि भएका मान्छेहरू जसरी बेलायत पुगेपछि शेक्सपियरको जन्मघर हेर्न हतारिन्छन् त्यस्तै महत्त्वको छ, नेपालमा भानुभक्तको जन्मस्थल चुँदी रम्घा !

सुल्पोको धुवाँ

अचेल पहाडको अरगानिक सुल्पोको धुवाँ अस्पतालतिर बेडमा मर्फिन भएर सुतिरहेको थियो । शहरमा नयाँ माफियाहरू सुल्पो बेचिरहेका थिए, नयाँ राजाहरूलाई । शहरका नयाँ राजाहरू जमीनको धूलो र धूवाँ बुङबुङ उडाइरहेका थिए । मानिसहरू त्यही धूवाँमामा शहरमा निस्सासिरहेका थिए ।

भुल्नै नसक्नेलाई भुल्ने बहाना एउटा

गिलास बोतलले हैन है पीडाले पिउँछु म त , छ याद छातीभरि उनको त्यसैमा जिउँछु म ।विरानोलाई आफ्नो भन्ने चाहना एउटा, भुल्नै नसक्नेलाई भुल्ने बहाना एउटा ।

चिहाने भूत

जाग्दैछ र तर्साउँदैछ रे पाखाभरि राँको बाली छरपष्टै भएर राँके भूत बनेर मलाई विश्वास छैन चिहानको चिहाने जाग्ने कुरामा चिहान जगाउने कुरामा चिहान बिउँझिने कुरामा मेरो परिवर्तन आफैमा जुर्मुराउने छ परिवर्तन बनेर विकास र समृद्धिको आकार बनेर ।

झण्डाको संवाद

हाम्रो झण्डाले यथार्थ ओकल्यो – हो त नि हाम्रो पहिचान र तिम्रो पहिचानमा आकाशजमिनको फरक छ । हामी मागी खाने भाँडो बनेर स्वार्थ पूर्तिमा हल्लनछौँ । तिमी विश्वविख्यात भएर स्वाभिमानले हल्लन्छौ ।

बात

मैले एउटी नर्ससँग अर्को बिहे गरेँ । सायद थाहा पाएर ऊ रोई होली । तर उसले विद्रोह गरिनँ । चूपचाप कहर सही । भाग्यलाई दोषी होली । उस जन्मको पाप ठानी होली । ऊबाट कुनै सन्तान थिएनन् । खासमा सन्तान हुने कुरै थिएन । मैले ऊसँग सहवास गरेकै थिइनँ । उसको बैँस त्यसै मरिच चाउरिएझैँ चाउरिएको थियो । सन्तान नभएको बहानामा मलाई बिहे गर्न पनि सजिलो भएको थियो ।

म बेचिय या कविता ?

मानौ आज कविज्यूको अगेना बल्ने भो खुशीका हुन् या दुखका दुई थोपा आँसु सेतो पानामा टपक्क टप्कियो कविज्यूले कलम समाते अनि सुरु भयो कविता चिसो चुलो भोको पेट अनि स्वाभिमानको छाती कुनचाहिँ धरौटी राखेर म कविता लेखौ !

धत्तेरी , त्यति साह्रै त नगर्नुपर्ने नि !

कार्यक्रम शुरु भयो । प्रश्नहरु सोधिन थाले । सरस्वती क्याम्पसको समूह जस्तो लाग्छ, हामीभन्दा अगाडिअगाडि भयो, हामी दोस्रोमा र ती एक्ला दृष्टिविहीन हाम्रा पछिपछि थिए । पहिलो र दोस्रो भएमा मात्र अर्को चरणमा जान पाइने भएकाले हामी पहिलो नभए पनि दोस्रो पक्का हुन्छौ र दोस्रो राउण्डमा पुग्छौं भन्नेमा ढुक्क थियौ,‘एक्लो छ, यसलाई त जितिहालिन्छ नि’ भन्दै थियौं किनकि समूह तीन जनाको हुन्थ्यो र हामी तीन जना थियौं ।

मेरो प्यारो कपिलवस्तु !

कनकमुनि ऋषिको ज्ञान भवानी भिक्षुका कथाहरूमा आफ्नो अनुपम इतिहास लेखिरहेको मेरो प्यारो कपिलवस्तु ! सम्राट अशोकको ऐतिहासिक स्तम्भमा आफ्नो चिनारी र शान्ति सन्देश लेख्दै रामघाट, लक्षमणघाटबाट बोलबम गुन्जिरहेको मेरो प्यारो कपिलवस्तु !

आखिर किन ?

कहिलेकाहीं लाग्छ जीवन अन्तरा नभएको गीत हो । कहिल्यै साथमा नबस्ने प्रेमीको अगाडि निन्द्रामा गरेको प्रीत हो । वर्षमा एकपल्ट मात्र फुल्ने सुनाखरी पनि हुन सकिनँ । सधैंभरि रहनुपर्ने पिँध फुटेको गाग्री हो जसको कुनै मोल छैन । जे जस्तो भए पनि जीवनप्रतिको मोह छ अहिले ।

तेरो डाक्टर केही जान्दैन !

मलाई देखाउन त मन छ यहाँ दुख्छ, यसरी दुख्छ भनेर तर ऊ मुर्दासँग परीक्षण कार्य सिकेर आएको मान्छे । चित्रमा ज्ञान लिएको मान्छे ऊ असल मान्छेको दुख, समस्या र परीक्षणबारे केही जान्दैन । छोरा तैले डाक्टरकोमा ल्याएर मलाई निको त बनाइस् तर मेरा सारा इच्छाहरुलाई मारिदिइस् । यो भनाइले मलाई पनि पोल्छ । जीवनको राग र अनुरागमा धेरै फरक छ । अहो कस्तो भाग्य !

संकल्प

– म भ्रष्टाचार गर्दिनँ र गर्न दिन्न । सुशासन र भ्रष्टाचारमुक्त समाज बनाउने दृढ सङ्कल्पका साथ आफ्नो मन्तव्य समापन गरेर अगाडिको उच्च आसनमा आएर बस्नुभयो । त्यहाँ अगाडि टेबुलमा आजका दैनिक अखबारहरू लहरै राखिएका थिए । अखबारहरूमा ठूल्ठूला अक्षरमा आजसम्म भएको भ्रष्टाचारहरूको बारेमा खोज – अनुसन्धानमूलक लामो लेख छापिएको थियो ।

बुद्ध

बुद्धले तँलाई काख लिएर ज्ञान दिएको भए पनि, बुद्धले मलाई काख लिएर ज्ञान दिएको भए पनि ।न तँ असल अनुयायी हुन सकिस्, न म असल अनुयायी हुन सकेँ ।धिक्कार छ तँलाई,धिक्कार छ मलाई पनि !

टालेको जिन्दगी

आफ्नै श्वासको विश्वास छैन, कतिखेर चटक्क छाडेर जान्छ र पूर्ण विश्राम लिन्छ के थाहा र । सानादेखि ठूलासम्म, के धनी के गरीब, के जवान के वृद्ध, सबै पेसा, व्यवसाय, धर्म सम्प्रदायका मानिसमा केही केही पीडाव्यथा लुकेको छ । आफ्नो व्यथा चौबाटामा छरपष्ट पारेर दुनियाँ हँसाउन कोही चाहँदैनन् आफैभित्र पोको पारेर राख्छन् । मरेर जाँदा आफूसँगै लैजान्छन् । त्यसैले मैले जिन्दगीको परिभाषा फाल्न नसकिने टालेको जिन्दगीसँग गरेको छु । यो जिन्दगी टालेको जिन्दगी । आगे तपाईँको मर्जी ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्