११ मंसिर २०८१ मंगलबार
image/svg+xml

शिल्पीको सम्मानमा विश्वकर्मा पूजा

श्रमिकको विद्वता, वास्तुशिल्प र श्रमको सम्मानका लागि असोज १ मा विश्वका हिन्दु धर्मावलम्बीहरूले विश्वकर्मा जयन्ती तथा वास्तु दिवस मनाउँछन्। यस दिन वास्तुदेव तथा उनकी पत्नी अंगिरसीबाट विश्वकर्माको जन्म भएको र उनी पनि बाबुजस्तै वास्तुशिल्पी भएकाले सो दिवस मनाउन थालिएको हो।

२१ करोडको खानेपानी आयोजना शिलान्यास

फिदिम नगरपालिका ९ र फाल्गुनन्द गाँउपालिका १ का बासिन्दा आयोजना बनेपछि लाभान्वीत हुने छन्। १० दशमलव ५६ किलोमीटर लामो मुख्य प्रशासरण लाईनबाट खोलाको पानी बस्तीसम्म ल्याइने छ।

सिरहाका २२ उद्योगलाई उत्पादन र बिक्री वितरणमा रोक, पाँचमा शिलबन्दी

मापदण्डविपरीत सिरहाका विभिन्न स्थानमा सञ्चालित २२ वटा डेरी तथा पानी उद्योगको उत्पादन तथा बिक्रीमा रोक लगाएको छ भने पाँच वटा डेरीमा शिलबन्दी गरिएको छ।

अवैधरुपमा सञ्चालित आधा दर्जन दुग्ध उद्योगमा शिलबन्दी

अनुमति बिना अवैधरुपमा सञ्चालित सिरहाको आधा दर्जन डेरी उद्योगमा शिलबन्दी गरिएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सप्तरीको अगुवाइमा गरिएको बजार अनुगमनका क्रममा दुर्गन्धित तथा कागजपत्र बिनै सञ्चालन गरिरहेको पाइएपछि छ वटा डेरी उद्योगमा शिलबन्दी गरिएको हो।

‘उद्घाटन र शिलान्यासले विकास हुँदैन’

प्रतिनिधिसभाको मंगलबारको बैठकमा सरकारका मन्त्रीहरू उदघाटन र शिलन्यासमा मात्र केन्द्रित भएर विकास निर्माण प्रभावित भएको बताएका छन्। कांग्रेस सांसद बहादुरसिंह लामाले मन्त्री उद्घाटा र शिलान्यासमा व्यस्त भएर मात्रै भएर विकास नहुने बताए। उनले आवश्यकता के हो त्यसबारे ध्यान नगएकाले दुईतिहाइको सरकारले गरेका काम केही नदेखिएको बताए।

शिल्पा र छविमा को ठीक ?

शिल्पाको आरोप ठीक हो कि होइन भन्ने कुरा हेमा र रेखाले स्पष्ट बताउन सक्छन्। किनकि उनीहरूले छविको व्यवहार भोगिसकेका छन्। तर उनीहरूको मौनताले ठीक/बेठीक छुट्याउन गाह्रो परिरहेको छ।

उपत्यकाकै लामो झोलुंगे पुल शिलान्यास

सूर्यविनायक नगरपालिकामा काठमाडौं उपत्यकाकै लामो झोलुंगे पुल निर्माण हुने भएको छ। डोलिडारको एक करोडको लगानीमा सात महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित सूर्यविनायक नगरपालिका–९ नंखेल र वडा नं. १० चित्तपोल जोड्ने झोलुंगे पुल निर्माण हुने भएको हो।

'विपिन र नाजिर वेस्ट एक्टर'

मलाई नाजिर हुसेनको काम एकदमै मन पर्छ। मैले फिल्ममा अभिनय गर्दा मलाई सिकाउने गर्नुहुन्थ्यो। विपिन कार्की पनि मलाई मनपर्ने अर्का अभिनेता हुनुहुन्छ। उहाँहरुको अभिनय दमदार लाग्छ।

दुःख नगरी सुख पाइन्न

अध्याँरो कोठाको स्टेजमुनि बसेका युवा पुस्ताहरू कथा सुन्न आतुर थिए। लाईटले केन्द्रित गरिएको स्टेजमा आफ्नो कथा सुनाउँदै थिइन्, अभिनेत्री शिल्पा मास्के। द स्टोरी यलर्सले आयोजना गरेको कार्यक्रममा उनी आफ्नो असफलताले भरिएको जीवनलाई सकारात्मक सोचका कारण सफलतातर्फ मोड्न सफल भएको प्रेरणादायी कथा सुनाउँदै थिइन्।

छवि र शिल्पाबिरुद्ध पक्राउ पूर्जी जारी

जिल्ला अदालत काठमाडौंले निर्माता छविराज ओझा र नायिका शिल्पा पोखरेललाई पक्राउ पूर्जी जारी गरेको छ। बहुविवाह सम्बन्धी मुद्दामा छवि र शिल्पालाई पक्राउ पूर्जी जारी गरेको हो।

प्रदेश ५ टिम च्याम्पियन

११औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रदेश ५ मंगलबार टिम च्याम्पियन बनेको छ। विभिन्न ६ खेल समावेश प्रतियोगितामा प्रदेश ५ ले २० स्वर्ण, २० रजत र १० कांस्य जित्दै समग्रमा टिम च्याम्पियन बनेको हो।

‘छवि ओझाको अदालतमा सिधै आउनुस, न्याय पाउनु हुन्छ’

निर्माता छविराज ओझाले श्रीमती तथा अभिनेत्री शिल्पा पोखरेललाई गल्ती सच्याएर घर फर्किन आग्रह गरेका छन्। ओझाले सामाजिक सञ्जाल फेसबुकमार्फत घर फर्किन आग्रह गरेका हुन्। केहि समयअघि श्रीमान ओझासँग बस्न नसक्ने भन्दै पाेखरेलले महानगरीय प्रहरी परिसर काठमाडौंमा उजुरी दिएपछि उनीहरु अलग अलग बस्दै आएका थिए।

शिल्पा किन रोइन? भावुक शब्दमा केकीले खुलाइन कारण

अभिनेत्री केकी अधिकारीले शिल्पा पोखरेलमाथि भएको हिंसाको विरोध गरेकी छिन्। केकीले सामाजिक सञ्जाल फेसबुकमार्फत अभिनेत्री शिल्पामाथि उनका श्रीमान तथा फिल्म निर्माता छविराज ओझाबाट भएको भनिएको घरेलु हिंसातर्फ संकेत गर्दै भावनात्मक तर यथार्थपरक टिप्पणी गरेकी छिन्।

शिल्पा र छविको ‘घरझगडा’ मिल्यो

अभिनेत्री शिल्पा पोखरेल र फिल्म निर्माता छविराज ओझाबीचको घरझगडा मिलेको छ। शिल्पाले श्रीमान छविबाट घरेलु हिंसा भएको भन्दै सुरक्षाको मागसहित जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएकी थिइन्। आवश्यक कारवाही प्रक्रिया अघि बढाउन प्रशासनले उजुरी महानगरीय प्रहरी परिसर काठमाडौंमा पठाएको थियो।

रनिङ शिल्ड उपाधि सिरानचोकलाई

गोरखामा भएको आठाैं जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि सिरानचोक गाउँपालिकाले उचालेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्