२० भाद्र २०८३ शनिबार
image/svg+xml

पोखरा उद्योग वाणिज्य संघको निर्वाचन भोलि, अध्यक्षका लागि चार उम्मेदवार

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जनकुमार श्रेष्ठले भोटेकोशी बाढी प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि मन फुकाएर सहयोग गर्न उद्योगी–व्यवसायीलाई आग्रह गरेका छन्।

रसुवामा बेपत्ता ९ नागरिकको खोजी बुझ्न दक्षिण कोरियाका विदेशमन्त्री चो ह्युन नेपालमा

रसुवाको बाढी-पहिरोमा बेपत्ता आफ्ना नौ नागरिकको खोज तथा उद्धारलाई मुख्य प्राथमिकतामा राख्दै दक्षिण कोरियाका विदेशमन्त्री चो ह्युन तीनदिने भ्रमणका क्रममा शनिबार काठमाडौं आइपुगेका छन्।

त्रिशूली-३ ‘बी’ को अडिट-२ टनेलमा खुल्यो एक्स्काभेटर जाने बाटो

त्रिशूली-३ ‘बी’ जलविद्युत आयोजनाको अडिट-२ टनेलमा अब एक्स्काभेटर जानसक्ने गरी बाटो खुलेको छ।

विराटनगरको रथयात्रामा हजारौं भक्तजन सहभागी

विराटनगरमा राधाकृष्ण रथयात्रा भव्य रुपमा सम्पन्न भएको छ । प्रत्येक वर्ष श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट निकाल्ने ऐतिहासिक राधाकृष्ण रथयात्रा निकाल्ने गरिएको हो ।

चितवनमा पाँच दिनमा ६८ जनाको डीएनए नमुना संकलन

भोटेकोशी बाढीपछि पहिचान खुल्न नसकेका शवहरूको सनाखतका लागि चितवनमा सञ्चालन गरिएको डीएनए नमुना संकलन अभियान अन्तर्गत पाँच दिनमा ६८ जनाको डीएनए नमुना संकलन गरिएको छ।

इलाम उद्योग वाणिज्य संघ अध्यक्षमा पौडेल सर्वसम्मत्

इलाममा जारी १०औं जिल्ला अधिवेशनअन्तर्गत उम्मेदवारी मनोनयनमा अध्यक्ष पदमा पौडेलको मात्रै नाम दर्ता भएको छ ।

एक हजार १३१ शव फेला, करिब ५ हजार सम्पर्कविहीन

रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढीमा परी हालसम्म १ हजार १३१ जनाको शव फेला परेको छ भने करिब ५ हजार नागरिक अझै सम्पर्कविहीन छन्।

बाढीपीडित ज्येष्ठ नागरिकलाई सुरक्षित बसोबासको व्यवस्था गरिने : प्रधानमन्त्री शाह

प्रधानमन्त्री बालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रका ज्येष्ठ नागरिकलाई सरकारले अस्थायी आश्रय, स्वास्थ्य सेवा, राहत तथा आवश्यक सहयोग उपलब्ध गराइरहेको बताएका छन्।

विराटनगरमा निकालियो ५९औँ राधाकृष्ण रथयात्रा

हरेक वर्ष श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट विराटनगरमा निकालिँदै आएको राधाकृष्ण रथयात्रा यस वर्ष पनि भव्य रूपमा निकालिएको छ। ५९औँ संस्करणको रथयात्रा विराटनगर–१ स्थित श्रीराधाकृष्ण मन्दिर परिसरबाट सुरु भएको हो।

बाढीपीडितलाई प्रधानमन्त्रीको सन्देश- आफूलाई एक्लो नठान्नुहोस्, हजुरहरूसँग राज्य छ

प्रधानमन्त्री बालेन शाहले भोटेकोशी बाढीबाट प्रभावित ज्येष्ठ नागरिकहरूलाई सम्बोधन गर्दै जीवनको यस कठिन घडीमा सरकार अभिभावक बनेर साथमा उभिने प्रतिबद्धता जनाएका छन्।

नुवाकोटका राहत शिविरमा सुविसुको निःशुल्क Wi-Fi सेवा

बाढी प्रभावित परिवारलाई सञ्चारमा सहजता पुर्‍याउन सुविसुले नुवाकोटका विभिन्न राहत शिविर तथा प्रभावित समुदायमा निःशुल्क Wi-Fi इन्टरनेट सेवा उपलब्ध गराएको छ।

धादिङ पुगेर मन्त्री बादीले भनिन्- महिला, बालबालिका र सुत्केरीको विशेष हेरचाह गर्नू

विपद् प्रतिकार्यलाई तत्कालीन राहतमा मात्र सीमित नराखी दीर्घकालीन पुनर्जीवनसँग जोड्नुपर्नेमा उनले जोड दिइन्।

दुई दशकदेखि जीर्ण सिद्धिचरण लोकमार्ग अब बन्ने, ३ अर्ब ९४ करोडको ठेक्का प्रक्रिया अघि बढ्यो

सिरहाको मिर्चयादेखि उदयपुरको कटारी हुँदै ओखलढुंगा र सोलुखुम्बु जोड्ने सिद्धिचरण लोकमार्गको कटारी–घुर्मी खण्ड स्तरोन्नति हुने भएको छ।

खुलामञ्चमा देउडाको रौनक: परम्परागत पहिरनमा झुम्यो सुदूर र कर्णाली

सुदूरपश्चिम तथा कर्णाली क्षेत्रको प्रमुख सांस्कृतिक पर्व ‘गौरा’ को अवसरमा काठमाडौंको खुलामञ्च देउडाको लय र भाकामा गुञ्जिएको छ।

शिक्षाको राजनीतीकरणले विगार्यो: पूर्वराष्ट्रपति डा. यादव

डा. रामवरण यादवले राज्यले शिक्षाको सम्पूर्ण जिम्मा लिएपछि सुरु भएको राजनीतीकरणका कारण मुलुकको समग्र शिक्षा प्रणाली नै ध्वस्त भएको टिप्पणी गरेका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्