६ आश्विन २०८१ आइतबार
image/svg+xml

स्वास्थ्य मन्त्रीले पठाएको चिकित्सक टोली जुम्लामा, डा. केसीको स्वास्थ्य सामान्य

उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवको निर्देशनमा काठमाडौंबाट विहीबार दिउँसो जुम्ला पुगेको चिकित्सकको टोलीले अनशनरत डा. गोबिन्द केसीको स्वास्थ्य परीक्षण गरेको छ।

जुम्लामा स्याउ खेती : क्षेत्रफल बढ्दै, उत्पादन घट्दै

जुम्लामा स्याउ खेतीको लागि क्षेत्रफल बढ्दै गएपनि वर्षेनी उत्पादनमा गिरावट आउने गरेको छ।

जुम्लामा दैनिक २२ घण्टा लोडसेडिङ

सरकारले देशैभर लोडसेडिङ मुक्त भइरहेको भनिरहेको बेला जुम्लामा भने दैनिक २२ घण्टा लोडसेडिङ हुने गरेको छ। प्रत्येक पाँच दिनको एक दिन मात्रै राति बत्ति आउने गरेको स्थानीय बताउँछन्। दैनिक दुई घण्टा मात्रै वत्ति आउँछ।

जुम्लामा व्यावसायिक टर्कीपालन

चन्दननाथ नगरपालिका–४, मालाभीडका नारायण चौलागाईलाई अहिले एकछिन पनि फुर्सद छैन। दुई महिनाअघिसम्म निकै फुर्सदिला रहेका उनी व्यावसायिक टर्कीपालनमा लागेपछि व्यस्त बनेका हुन् । बिहान बेलुकीको समय टर्की र लौकाट जातको अस्ट्रेलियन जातको चराको रेखदेखमै बित्ने गरेको छ।

जुम्लामा निशुल्क विशेषज्ञ सेवा

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा निशुल्क विशेषज्ञ सेवा सञ्चालन गरिएको छ।

जुम्लामा मुटु रोग विशेषज्ञ सेवा

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा पहिलो पटक मुटुरोग विशेषज्ञ सेवा शुरु भएको छ।

जुम्लामा हिमपात

जुम्लामा हिमपात सुरु भएको छ। हिमपातले जनजीवन कष्टकर भएपनि कृषि क्षेत्रमा फाइदा हुने भन्दै कृर्षकहरु खुसी भएका छन्। वर्षा भएसंगै जुम्ला सदरमुकाम लगायतका आसपासका क्षेत्रमा हिमपात भएको हो। गत वर्ष पुसमा नै हिमपात भएको जुम्लामा यस वर्ष भने माघ अन्तिममा मात्रै हिउँ परेको छ।

जुम्लामा विद्यालय भर्ना अभियान शुरु

विद्यालय बाहिर रहेका बालबालिकाहलाई विद्यालयको पहुचमा ल्याउनको जुम्लामा भर्ना अभियान शुरु भएको छ। हिउँदे विदा सकिएलगत्तै भर्ना अभियान शुरु भएको हो। मंसिरमा वार्षिक परीक्षा सकेर फागुन पहिलो सातासम्म जुम्लाका विद्यालयमा हिउँदे विदा गरिँदै आएको छ।

जुम्लामा राजधानी माग गर्दै काठमाडौंमा आन्दोलन गर्ने चेतावनी

६ नम्वर प्रदेशको राजधानी कर्णालीमै हुनु पर्ने माग राख्दै थालिएको आन्दोलन जुम्लामा पेचिलो बन्दै गएको छ। संघीयताको मर्मले दुर्गम र पिछडिएका क्षेत्रमा सेवा सुविधा उपलव्ध गराउने भएपनि नेपालका सुविधामुखी राजनैतिक दलका कारण माथि उस्कन नसकेको भन्दै राजधानी कर्णालीमै हुनको लागि निरन्तर आन्दोलन भईरहेको हो।

राजधानी माग्दै जुम्लामा सिट्ठी जुलुस

कर्णालीमा राजधानी हुनु पर्ने माग गर्दै थालिएको आन्दोनको तेस्रो दिन जुम्लामा सिट्ठी जुलुस निकालिएको छ । पहिलो दिन विरोध प्रदर्शन, दोस्रो दिन राके जुलुस गरिएकोमा तेस्रो दिन सिट्ठी जुलुस मार्फत राज्यको ध्यानाकर्षण गरिएको हो । नागरिक समाज जुम्लाको अगुवाईमा सिट्ठी जुलुस निकालिएको हो । आन्दोलनका विभिन्न रुप अपनाउँदै राज्यको ध्यान केन्द्रित गर्न खोजिएको नागरिक समाज जुम्लाका अध्यक्ष राजबहादुर महतले जानकारी दिए।

राजधानी माग्दै जुम्लामा राँके जुलुस

६ नम्वर प्रदेशको राजधानी कर्णालीमा हुनु पर्ने माग राख्दै जुम्लामा राँके जुलुस निकालिएको छ। पहिलो दिन सदरमुकाम खलंगामा जुलुश निकालेर विरोध प्रर्दशन गरेकोमा दोस्रो दिन राँके जुलुस निकालिएको हो। संघीयताको मर्म भनेकै दुर्गम पिछडिएका क्षेत्रलाई अधिकार प्रत्यायोज गर्ने हो, तर सुविधा सम्पन्न ठाउँमा राजधानी तोक्न लागिएको प्रति आपत्ती जनाउदै जूम्लावासीले आन्दोलन थालेका हुन।

राजधानी कर्णालीमा हुनुपर्ने माग गर्दै जुम्लामा आन्दोलन

६ नम्बर प्रदेशको राजधानी कर्णालीमै हुनु पर्ने माग राख्दै जुम्लामा आजदेखि आन्दोलन शुरु भएको छ । पहिलो दिन नागरिक समाजको अगुवाईमा सदरमुकाम खलंगामा जुलुस निकालिएको हो । नेपाल पत्रकार महासंघ शाखा जुम्लाको कार्यालयबाट शुरु भएको आन्दोलन विजयनगर हुँदै जिल्ला प्रशासन कार्यालय जुम्ला नजिकै पुगेर कोणसभामा परिणत भएको थियो।

जुम्लामा हिमाली आयोजना असफल

उच्च पहाडी क्षेत्रमा व्यवसायमार्फत रोजगारी सिर्जना गर्ने उद्देश्यले सञ्चालन भएको हिमाली आयोजना जुम्लामा असफल बनेको छ । हिमाली आयोजनाले सञ्चालन गरेका उपआयोजना अलपत्र अवस्थामा छन् । जुम्लामा ७० वटा उपआयोजना सञ्चालनमा आएकोमा अधिकांश अलपत्र छन् ।

जुम्लामा वाम गठबन्धनलाई पछयाउँदै कांग्रेस

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको पहिलो चरणअन्तरगतको मतपरिणाम आउने क्रम जारी छ । जुम्लामा वामगठबन्धनलाई नेपाली का‌ंग्रेसले पछयाउँदै लगेको छ । अहिलेसम्म ८ हजार पाँच सय मत गनिसकिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय जुम्लाले जनाएको छ ।

जुम्लामा मतदाता शिक्षा सामग्री लुटियो

जुम्ला सिंजा गाउँपालिका–२ को रनुखानामा मतदाता शिक्षा सामग्री लुटिएको छ । रोपनी जनजागृति प्रावि मतदान केन्द्रका मतदाताको लागि लिँदै गरेको मतदाता शिक्षा सामग्री अज्ञात समूहले लुटेको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्