जुम्लामा बदलिँदो चुनाव प्रचार शैली
वामगठबन्धनका तर्फबाट प्रदेश सभा क्षेत्र नम्बर (ख)का उम्मेदवार पदमबहादुर रोकाया २०७० सालको संविधान सभा सदस्य निर्वाचनका उम्मेदवार थिए । उतिबेला उनले दलबलका साथ चुनावी प्रचार अभियान थाले ।
वामगठबन्धनका तर्फबाट प्रदेश सभा क्षेत्र नम्बर (ख)का उम्मेदवार पदमबहादुर रोकाया २०७० सालको संविधान सभा सदस्य निर्वाचनका उम्मेदवार थिए । उतिबेला उनले दलबलका साथ चुनावी प्रचार अभियान थाले ।
मंसिर १० गते हुने प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचनका लागि जुम्लामा मनोनयन दर्ता उल्लासय तरिकारले सम्पन्न भएको छ। नेकपा माओवादी केन्द्र र नेकपा एमालेको वामगठवन्धन, नेपाली काँग्रेस र नेकिपाले मनोनय दर्ता गराएका हुन । वाम गठवन्धनबाट नेकपा माओवादी केन्द्रका गजेन्द्र बहादुर महतले प्रतिनिधी सभाको निर्वाचनको लागि उम्मेदवार दर्ता गराएका हुन । यस्तै माओवादीका नरेश भण्डारीले क्षेत्र नम्बर (क ) र नेकपा एमालेका पदम रोकायाले (ख) क्षेत्रबाट उम्मेदवारी दर्ता गराएका हुन।
स्याउ पाकेपछि चन्दननाथ नगरपालिका–१ का काशीराम भण्डारीको दिनचर्या बदलिएको छ। उनी स्याउ टिप्न र भण्डारण गर्न व्यस्त छन्। 'स्याउ पाकेपछि बेच्न भ्याइनभ्याइ छ,' उनले भने। तलिउमका अमर रावल पनि स्याउ टिप्न र भण्डारण गर्नमै व्यस्त छन्। 'स्याउ टिपेर प्याकेजिङ, ग्रेडिङ र भण्डारण गर्नमै दिनचर्या बित्ने गरेको छ,' उनी भन्छन्।
जिल्ला समन्वय समितिको जुम्लाको निर्वाचनमा कांग्रेस, माओवादी केन्द्रको गठबन्धन भएको छ। माओवादी केन्द जुम्लाले अध्यक्षसहित ६ जना सदस्य र कांग्रेसले उपाध्यक्षसहित ३ जना सदस्य पाउने गरी गठबन्धन गरिएको हो।
नेपाल रिपब्लिक मिडिया नेटवर्कले मंगलबार जुम्लामा नागरिकसँग नागरिक अन्तर्क्रिया कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा नवनिर्वाचित जनप्रतिनिधि, राजनीतिक दल, नागरिक समाज, उद्योग वाणिज्य संघलगायतका सरोकारवाला सहभागी थिए।
एक नगरपालिका र सात गाउँपालिका ६० वडा स्थानीय तह भएको जुम्लाका ५० प्रतिशत वडापालिका कार्यालयविहीन छन् ।
जुम्लामा शुक्रबार बिहानैदेखि हिमपात भएको छ। दुई दिनसम्म लगातार वर्षा भएपछि शुक्रबार बिहानैदेखि हिमपात शुरु भएको हो। यसअघि पुस महिनामा सामान्य रुपमा दुई पटक हिउँ परेको थियो।
जुम्लामा यो वर्षमा पहिलो पटक हिमपात भएको छ। गतवर्षमा कातिक महिनामै हिमपात हुने गरेकोमा यो वर्ष पुस अन्तिममा हिमपात भएको हो। हिमपातले जुम्लाको जनजीवन कष्टकर बनेको छ। मध्य रातिदेखि परेको हिमपातले जुम्ला सेताम्य भएको छ । दुई दिनदेखि बादल लागेपछि राति हिउँ परेको हो।
मंसिर ११ गते चन्दननाथ मन्दिरमा हराएका वहुमुल्य मूर्ति फिर्ता गराउन माग गर्दै पटमारावासी सडकमा उत्रिएका छन। मूर्ति चोरी भएको साता वित्दा पनि छानविनमा तदारुकता नदेखाएको भन्दै उनीहरुले खलंगामा जुलुस निकालेर दवाव दिएका हुन्।
सरकारले संसदमा पेश गरेको संविधान संशोधन प्रस्तावको विरोधमा जुम्लामा प्रदर्शन गरिएको छ। नेपाल मजदुर किसान पार्टी जुम्लाले संशोधन प्रस्ताव जनताको चाहनाविपरीत भएको भन्दै आन्दोलन थालेको हो।
कर्णालीको चन्दननाथ मन्दिरबाट मूर्ति चोरी भएको घटनाको छानविन गर्न एआईजी विज्ञानराज शर्मासहितको टोली जूम्ला आइपुगेको छ। उनीसंगै मध्यपश्चिम क्षेत्रीय प्रहरी प्रुमख डिआईजी माधव नेपाल र सिआईवीका एक डिएसपी सहितको टोली मंगलबार जुम्ला आएका हुन्।
स्थानीय तह पुनःसंरचना प्राविधिक सहयोग समितीले सिफारिस गरेको खाकाप्रति जुम्लामा असन्तुष्टी बढ्दै गएको छ। पहिलेको ईलाकालाई कायम गर्न माग गर्दै सिफारिस गरिएको नयाँ खाकाले स्थानीय आवश्यकता र मागको संबोधन नगरेको स्थानीयको अभिव्यक्ति छ।
शनिगाउँ–१ धितालिहीकी वाचु रोकायाको २ हजार ३२ रोपनीमा लगाइएको कालीमार्सी धान डढुवा (व्लाष्ट) रोगका कारण नष्ट भएको छ। एक वर्ष दुःख गरेर उत्पादन हुने धानले ६ महिना परिवार पाल्ने रोकाया यतिबेला चिन्तामा छन्।
कर्णालीका हुम्ला र डोल्पालगायतका जिल्लाका खाद्य संस्थानमा चामल नहुँदा उपभोक्ता मर्कामा परेको आवाज उठिरहेका बेला खाद्य संस्थान जुम्लामा भने चामल बिक्री नभई गोदाममै थन्किएको छ। संस्थानको कार्यालय जुम्लामा अघिल्लो आर्थिक वर्षको १९ सय क्विन्टल चामल मौज्दात रहेको हो।
जिल्ला प्रहरी कार्यालय जुम्लाबाट गएको गस्ती टोलीले सिजा क्षेत्रको धापा गाविस–६ घोडयांगामा एसएलआरको म्यागेजिनसहित १५ राउण्ड गोली बरामद गरेको छ।