७ आश्विन २०८१ सोमबार
image/svg+xml

धनकुटामा शुक्रबार निषेधाज्ञा जारी

शान्ति सुरक्षाको लागि स्थानीय प्रशासनले शुक्रबार धनकुटामा निषेधाज्ञा लगाएको छ । बिहिबार दिनभरी कर्फ्यू लगाएको स्थानीय प्रशासनले शुक्रबार बिहान बजारमा माईकिङ गरेर निषेद्यज्ञा लगाएको हो।

बिर्तामोडमा लगाइएको निषेधाज्ञा हट्यो

बिर्तामोडमा शुक्रबारदेखि लगाइएको निषेधाज्ञा आज अपराह्नबाट हटाइएको छ। जिल्ला सुरक्षा समितिको बैठकले आज अपराह्न ३ बजेबाट निषेधाज्ञा हटाएको प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जानकारी दिए।

कञ्चनपुरको आनन्द बजार क्षेत्रमा निषेधाज्ञा जारी

कञ्चनपुरको आनन्द बजारमा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ । भारतीय सीमा सुरक्षा बल(एसएसबी)को गोली प्रहारबाट  नेपाली युवा गोबिन्द गौतमको मृत्यु भएपछि त्यस क्षेत्रमा भइरहेको विरोध प्रदर्शनलाई रोक्न जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले आनन्द बजार क्षेत्रमा शनिबार मध्यान्हदेखि निषेधाज्ञा जारी गरेको प्रमुख जिल्ला अधिकारी मनोहरप्रसाद खनालले बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्