७ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

बिर्तामोडमा लगाइएको निषेधाज्ञा हट्यो

सुरुङ्गा- बिर्तामोडमा शुक्रबारदेखि लगाइएको निषेधाज्ञा आज अपराह्नबाट हटाइएको छ। जिल्ला सुरक्षा समितिको बैठकले आज अपराह्न ३ बजेबाट निषेधाज्ञा हटाएको प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जानकारी दिए। निषेधाज्ञा हटाएसँगै तीन दिनदेखि अस्तव्यस्त बनेको बिर्तामोडको जनजीवन सामान्य बन्दै गएको छ। 

अर्जुनधारा नगरपालिका–११ का ११ वर्षीय लक्ष्मण सिवाकोटीको हत्यारालाई कानूनी कारबाहीको माग गर्दै बिर्तामोडमा भएको प्रदर्शनमा प्रहरीले चलाएको गोली लागेर अर्जुनधारा–११ का ३० वर्षीय नरेश थापाको शुक्रबार मृत्यु भएको थियो। 

स्थितिलाई नियन्त्रणमा लिन प्रशासनले शुक्रबार दिउँसो १ः३० बजेबाट पूर्वमा नयाँ बसपार्क, पश्चिममा चारपाने, उत्तरमा महानन्द चोक र दक्षिणमा बिर्ताबजारसम्मको क्षेत्रमा निषेधाज्ञा लगाइएको थियो । 

प्रकाशित: १३ कार्तिक २०७४ १०:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App