४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

विद्युत् सर्ट हुँदा घर जलेर लाखौँको क्षति

कालीकोटको रास्कोट नगरपालिका–२ चुडिमुलमा विद्युत्को तार सर्ट हुँदा एक घर जलेर नष्ट भएको छ। मङ्गलबार अपराह्न ४ बजे विद्युत् सर्ट हुँदा सहदेव सिम्खडाको घर जलेर नष्ट भएको हो।

उदयपुरमा आगलागीबाट घर जलेर नष्ट

उदयपुरमा बिहीबार आगलागीबाट एक स्थानीयको घर नष्ट भएको छ। विहान ९ बजे एक्कासी आगलागी हुँदा जिल्लाको कटारी नगरपालिका १४ लामीडाँडाका अम्बरबहादुर मगरको घर नष्ट भएको हो।

चट्याङ पर्दा दुई घर जले

बुधबार साँझ असिना पानीसँगै चट्याङ पर्दा रावाबेँसी गाउँपालिका–६ हौंचुर भैंसेका ज्ञानबहादुर खड्का र साकेला गाउँपालिका–३ खिदिमा सौर्यका सार्कीमान तामाङको घर जलेको हो। घर जल्दा दुई परिवार विस्थापित भएका छन्।

आगलागीबाट तीन दर्जन घर जले

रोल्पा प्रहरी प्रमुख नरेशराज सुवेदीका अनुसार त्रिबेणी गाउँपालिका २ पीडाले गाउँमा सबै भन्दा धेरै क्षति भएको छ। जंगलमा लागेको आगो गाउँ पसेपछि नियन्त्रण बाहिर गएको थियो।

विद्युत सर्ट हुँदा घर जलेर नष्ट

स्थानीय ताप खोला ६९ किलोवाट क्षमताको लघु जलविद्युत आयोजनाको मिटरबक्समा विद्युत सर्ट हुँदा साविकको खाताम्छा–४ का भैराज राईको घर जलेको हो।

जङ्गलमा लागेको आगो गाउँ पस्दा पाँच घर जलेर नष्ट

गए राति भएको सो घटनापछि पीडित परिवार खुल्ला आकाशमा बस्न बाध्य भएको प्रहरीले जानकारी दिएको छ। नलगाड नगरपालिकाका सबैभन्दा उच्च भाग र हावाहुरी अत्याधिक लाग्ने ठाउँ भएका कारण आगो नियन्त्रणमा लिन नसकिएकाले बढी क्षति भएको हो।

डढेलो गाउँमा पस्योः चार घर र बाख्रा फार्म जलेर नष्ट

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्कस्थित सामुदायिक वनमा लागेको डढेलो बुधबार गाउँमा पस्दा बसेरीका तेजविनोद ढकाल, हेमसागर ढकाल, खेमराज ढकाल र बडहरेका दुर्गाबहादुर भुजेलको घर जलेर नष्ट भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्