४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

विद्युत सर्ट हुँदा घर जलेर नष्ट

आगलागीमा जल्दै गरेको भैराज राईको घर। तस्बिर: गुरुराज राई

विद्युत सर्ट हुँदा खोटाङको केपीलासगढी गाउँपालिका–२ खार्ताम्छामा घर जलेको छ। 

स्थानीय ताप खोला  ६९ किलोवाट क्षमताको लघु जलविद्युत आयोजनाको मिटरबक्समा विद्युत सर्ट हुँदा साविकको खाताम्छा–४ का भैराज राईको घर जलेको हो।

सोमबार राती भएको आगलागीमा राईको करिब १० लाख बराबरको धनमाल नष्ट भएको खार्ताम्छाका वडाध्यक्ष बलिराज राईले बताए।

आगलागीबाट घर जलेपछि राईको तीन बालबच्चासहित पाँच जनाको परिवार सानो कटेरामा बसिरहेका छन्। राईको घरमा राती १० बजे आगलागी भएको थियो। आगलागीमा घरमा भएका सबै सामान जलेर नष्ट भएको छ।

प्रकाशित: १४ वैशाख २०७८ ०७:४७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App