२५ कार्तिक २०८१ आइतबार
image/svg+xml
समाज

आगलागीबाट तीन दर्जन घर जले

आगलागी भएको स्थान। तस्बिर:नागरिक

रोल्पाको त्रिबेणी गाउँपालिकामा भएको भीषण आगलागीका कारण २६ घर र १४ गोठ जलेको प्रहरीले जनाएको छ। रोल्पा प्रहरी प्रमुख नरेशराज सुवेदीका अनुसार त्रिबेणी गाउँपालिका २ पीडाले गाउँमा सबै भन्दा धेरै क्षति भएको छ। जंगलमा लागेको आगो गाउँ पसेपछि नियन्त्रण बाहिर गएको थियो। अहिले सम्म करिब २ सय हेक्टर बढि वन क्षेत्रमा आगोले सखाप पारिसकेको छ।  

प्रहरीका अनुसार यतिबेला जिल्ला स्थीत नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी र स्थानियहरुको सहयोगमा आगो नियन्त्रणमा लिने प्रयास गरिएको भएपनि सफल हुन सकिएको छैन। आगलागी भएको स्थानमा रोल्पा जिल्लाका प्रमुख जिल्ला अधिकारी नबराज सापकोटा, नेपाली सेना बटुक दल गणका गणपती अरुण श्रेष्ठ, रोल्पा प्रहरी प्रमुख नरेशराज सुवेदी, शसस्त्र प्रहरी प्रमुख लगायतको टोली बिहान सबेरै देखि घटनास्थलमा पुगेका छन्।  

आगलागी भएको स्थानमा पुगेका त्रिबेणी गाउँपालिकाका अध्यक्ष शान्तकुमार वलीले करिब ५० घरगोठ जलिसकेको बताउदै स्थानिय तहबाट पीडितलाई तत्काल राहत सहयोग उपलब्ध गराईने बताए। आगलागीमा परि दर्जनौ घरपालुवा पशु चौपायाको क्षती भएको छ । प्रहरीका अनुसार क्षतीको बिबरण आउन सकेको छैन । सदरमुकाम लिवाङबाट बिहनै रेडक्रस रोल्पाको टोली पनि राहत बोकेर घटना स्थल हिडेको छ।

प्रकाशित: १५ वैशाख २०७८ ०८:१६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App