५ आश्विन २०८१ शनिबार
image/svg+xml

भारतमा हालसम्मकै उच्च संक्रमण

भारतको राजधानी नयाँ दिल्लीसहित उत्तर तथा पश्चिमी क्षेत्रका स्वास्थ्य अधिकारीले कोरोना संकट भयावह बनेको र अस्पतालका बेड भरिएको तथा अक्सिजन अभाव रहेको बताएका छन्। कतिपय स्थानमा चिकित्सकले बिरामीलाई घरमै बस्न सुझाएका छन्। भारतको पूर्वी सहर मुजफ्फरपुरमा शवदाह गृहमा शव जलाउन मृतकका परिवार कुरेर बस्नुपर्ने स्थिति आएको छ।

भारतमा एकैदिन तीन लाख बढीमा कोरोना संक्रमण पुष्टि

कोरोना माहामारी सुरु भएयता विश्वमा भएका सङ्क्रमणको तुलनामा यो ठूलो संख्या भएको सरकारी तथ्याङ्कले जानकारी दिएको छ। यद्यपी संयुक्त राज्यमा अमेरिका गत जनवरीमा एकै दिनमा तीन लाख भन्दा बढी व्यक्ति संङ्क्रमित भएका थिए।

भारतमा कोरोना: २४ घण्टामा दुई हजार भन्दा बढीको मृत्यु

भारतमा बुधबार एकै दिनमा कोभिड–१९ को कारण दुई हजार भन्दा बढी व्यक्तिको मृत्यु भएको छ। यसै अवधीमा भारतमा एकै दिनमा करिब ३ लाख व्यक्ति सङ्क्रमित भएका छन्।

भारतमा कोरोना सङ्क्रमित संख्या एक करोड ५३ लाख नाघ्यो

भारतमा कोरोनाभाइरसबाट एकै दिनमा दुई लाख ५९ हजार १ सय ७० सङ्क्रमित भएका छन्। त्यसैगरी सोही अवधिमा भारतमा एक हजार ७ सय ६१ जनाको कोरोनाभाइरसका कारण मृत्यु भएको मङ्गलबार जनाइएको छ।

भारतमा एकैदिन दुई लाख ३४ हजार संक्रमित, १३ सयको मृत्यु

पछिल्लो २४ घण्टामा भारतमा कोरोनाका कारण मात्रै १३ सय भन्दा बढीको मृत्यु भएको छ। भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कमा एक दिनमा एक हजार ३४१ जनाको मृत्यु भएको उल्लेख छ।

भारतमा काेराेना सङक्रमितको संख्या १ करोड ४० लाख नाघ्यो

भारतमा कोरोना भाइरस सङ्क्रमणको माहामारी सुरु भएयता एक दिनमा २ लाख भन्दा बढी संङ्क्रमित हुनु बुधबार पहिलो पटक भएको समाचारमा जनाइएको छ। यसअघि मङ्गलबार एक दिनमा १ लाख ८४ हजार भन्दा बढी व्यक्ति संङ्क्रमित भएका जनाइएको थियो।

भारतमा देशव्यापी लकडाउन आवश्यक नभएको दाबी

सानो सानो क्षेत्रमा छुट्टाछुट्टैरुपमा लकडाउन लागु गर्न आवश्यक हुन सक्ने, तर देशव्यापी लकडाउन एकैचोटी गर्न भने नहुने विज्ञहरुले सुझाव दिएका हुन्। कोरोना भाइरससम्बन्धी राष्ट्रिय प्राविधिक सल्लाहकार समूहका प्रमुख डा.एन के अरोराले बुधबार देशव्यापी लकडाउन आवश्यक नभएको सिफारिस सरकारलाई गरेका छन्।

भारतमा संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख ७० हजार नाघ्यो

भारतमा कोरोना भाइरसको सङ्क्रमणको कारण एकैदिनमा ९सय ४ जनाको मृत्यु भएपछि यस प्रकोपबाट मृत्यु हुने व्यक्तिको सख्या १ लाख ७० हजार नाघेको छ। कोरोना सुरु भएयता हालसम्म भारतमा एक लाख ७० हजार १ सय ७९ जनाको मृत्यु भएको केन्द्रीय सरकारले सोमबार जानकारी दिएको छ।

भारतमा एकैदिन डेढ लाखमा कोरोना संक्रण पुष्टि

मन्त्रालयका अनुसार एकैदिन एक लाख ४५ हजार ३ सय८४ जनामा संक्रमण पुष्टि भएको छ भने ७ सय९४ जनाको संक्रमणबाट ज्यान गएको छ। यससँगै भारतमा कुल संक्रमितको संख्या एक करोड ३२ लाख ५ हजार ९ सय २६ पुगेको छ। जसमध्ये १ करोड १९ लाख ९० हजार ८ सय ५९ जना संक्रमणमुक्त भएका छन्।

भारतमा एकैदिन १ लाख ३१ हजारमा कोरोना संक्रमण

भारतमा शुक्रवार १ लाख ३१ हजार जनामा कोरोना संक्रमण पुष्टि भएको छ। भारतका विभिन्न राज्य कोरोना संक्रमण रोक्न संघर्षरत छन्। संक्रमण दर बढ्दै गएपछि खोप अभाव भएको छ।

छिमेकी भारतमा कोरोना संक्रमण तीव्र

भारतका विभिन्न राज्य कोरोना संक्रमण रोक्न संघर्षरत छन्। संक्रमण दर बढ्दै गएपछि खोप अभाव भएको छ। पहिलो चरणमा भन्दा व्यापक रूपमा यसपटक महामारी फैलिएपछि सरकारी अधिकारी आश्चर्यमा परेका छन्। उनीहरूले मास्क लगाउन गरेको हेलचेक्र्याइँका कारण यसरी महामारीले उग्र रूप लिएको दाबी गरेका छन्।

भारतबाट घर फर्कनेको लर्को

भारतमा कोरोनाको संक्रमण तीव्र रूपमा फैलिन थालेपछि महाराष्ट्रलगायत विभिन्न राज्यमा मजदुरीका लागि गएका नेपालीहरू घर फर्कने क्रम बढेको छ। सुदूरपश्चिमका मुख्य दुई नाका गौरीफन्टा र कंचनपुरको गड्डाचौकी नाकाबाट दिनहुँ १ हजारभन्दा बढी नेपाल भित्रिइरहेका छन्।

भारतमा एकैदिन ८१ हजार कोरोना सङ्क्रमित

सङ्क्रमित र मृतकहरुको सङ्ख्या दिन प्रतिदिन बढ्दै गए पनि राजधानी दिल्लीमा भने लकडाउन लागू गर्ने कुनै योजना नरहेको मुख्यमन्त्री अरविन्द केजरीवालले बताएका छन्। महामारी फैलिँदै गएकाले फेरि लकडाउन लागू हुने आशङ्का र चर्चा चलिरहेका बेला शुक्रबार उनले लकडाउन लगाउने योजना नरहेको स्पष्ट पारे।

भारतमा कोरोना संक्रमितको संख्या १ करोड २१ लाख नाघ्याे

भारतमा जनवरी १६ बाट कोरोना भाइरसविरुद्धको खोप अभियान सुरु भएको थियो। सो समयदेखि हालसम्म ६ करोड १० लाख भन्दा बढीले खोप लगाइसकेका छन्। त्यसैगरी कोरोना परीक्षण गर्ने क्रम पनि चलिरहेको भारतीय चिकित्सा अनुसन्धान परिषद्ले जनाएको छ।

भारतबाट नेपाल आउन सीमानाकामा कडाइ

पछिल्लोसमय भारतमा कोरोना महामारी बढेपछि नेपालमा पनि नयाँ संक्रमित भेटिन थालेका छन्। सुनसरीमा मात्र पछिल्लो साता ११ जना कोरोना संक्रमित भेटिइ सकेका छन्। जसले गर्दा भारतबाट नेपाल आउनेलाई सीमा क्षेत्रमा कडाइ गर्न थालिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्