६ आश्विन २०८१ आइतबार
image/svg+xml

भारतमा आँधीका कारण २१ को मृत्यु

भारतीय राज्य बिहार र आन्ध्र प्रदेशमा आएको आँधीमा परी कम्तीमा २१ व्यक्तिको मृत्यु भएको छ। यी दुई राज्यका जिल्लामा सो प्रकोपले सताएको र यसमा परी २१ व्यक्तिको मृत्यु हुनुको साथै अन्य दर्जनौँ व्यक्ति घाइते भएका सरकारी अधिकारीले जानकारी दिएका छन्।

भारतमा आँधी र चट्याङबाट मृत्यु हुनेहरूकाे संख्या ५४ पुग्याे

भारतमा अाँधी र चट्याङ्मका कारण मृत्यु हुनेहरूकाे संख्या ५४ पुगेकाे छ।

भारतमा आँधी र चट्याङबाट ४७ जनाकाे मृत्यु

भारतमा गएको २४ घण्टायता परेको चट्याङ्मा परी कम्तिमा ४७ जनाको मृत्यु भएको यहाँका प्रकोप व्यवस्थापन अधिकारीहरुले मङ्गलबार जानकारी दिएका छन्।

साढे ९ किलो चाँदीसहित रौतहटका व्यवसायी भारतमा पक्राउ

साढे ९ किलोभन्दा बढी चाँदीसहित नेपालका एकजना व्यवसायी भारतमा पक्राउ परेका छन्। रौतहट सदरमुकाम गौरमा सन्नी ज्वेलर्स सञ्चालन गरी बस्ने सुन चाँदी व्यवसायी सन्नी कुमारलाई सीमावर्ती भारतीय बजार बैरगनियाको भारतीय सुरक्षाकर्मीले साढे नौ किलोभन्दा बढी चाँदीसहित आइतबार पक्राउ गरेको हो। भारतीय बजारबाट चाँदी लिएर गौरतर्फ आउँदै गरेका व्यवसायी सन्नीलाई सीमावर्ती क्षेत्रमा खटिएका भारतीय एसएसबीले नियन्त्रणमा लिएको छ।

भारतमा विषाक्त रक्सी सेवनबाट १२ जनाको मृत्यु

उत्तरी भारतको कानपुरमा विषाक्त रक्सी सेवनबाट कम्तीमा १२ जनाको मृत्यु भएको छ। कानपुरको नगर र ग्रामीण क्षेत्रमा भएको यस घटनामा १२ व्यक्तिको मृत्यु भएको बताइएको छ। कानपुर नगरको सचेण्डीमा शनिबार छ जना र कानपुरकै रूरामा आइतबार थप छ जनाको ज्यान गएको अधिकारीहरूले बताएका छन्।

भारतमा विषाक्त मदिरा सेवन गर्दा १२ जनाको मृत्यु

भारतको कानपुरमा विषाक्त मदिरा सेवन गर्दा १२ जनाको मृत्यु भएको छ । भने कयौं बिरामी परेका छन् ।

भारतमा हावाहुरीमा परी मृत्यु हुनेहरूकाे संख्या ४९ पुग्याे

भारतमा हावाहुरीमा परी मृत्यु हुनेहरूकाे संख्या ४९ पुगेकाे छ। भारतकाे राजधानी नयाँ दिल्लीसहित देशका विभिन्न क्षेत्रमा अाइतबार आएको हुरीले रुख र बिजुलीका पोल ढाल्दा मानिसकाे मृत्यु भएकाे हाे।

हावाहुरीमा परी भारतमा ३९ जनाको मृत्यु

हावाहुरीमा परी भारतमा ३९ जनाको मृत्यु भएको छ ।राजधानी दिल्लीसहित देशका विभिन्न क्षेत्रमा आएको हुरीले रुख र बिजुलीका पोल ढाल्दा मानिसकाे मृत्यु भएकाे हाे ।

पश्चिम भारतमा सडक दुर्घटना, आठको मृत्यु

पश्चिमी भारतीय राज्य महाराष्ट्रमा शनिबार बिहान भएको एक सडक दुर्घटनामा परी कम्तीमा आठ व्यक्तिको मृत्यु हुनुको साथै अन्य दुई जना घाइते भएका छन् ।

भारतमा दुर्घटना हुँदा एकको मृत्यु, ३४ घाइते

भारतको श्रावस्ती मुलिनपुरमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ, भने ३४ जना घाईते भएका छन्। मृत्यु र घाईते हुनेमा बाँकेको नरैनापुर गाउँपालिका वडा नम्बर ३ कालाफाँटाका स्थानीय बासिन्दा रहेका छन्। घाइतेमध्ये ९ जनाको अवस्था गम्भीर छ।

भारतमा आँधीबाट मृत्यु हुनेकाे संख्या १४३ पुग्याे

उत्तरी भारतीय राज्यमा गएराति बालुवा र धुलोसहितको हावाहुरीमा परेर मृत्यु हुनेको संख्या कम्तीमा पनि १४३ पुगेको समाचारमा जनाइएको छ।

भारतमा अाँधीका कारण ७७ जनाको मृत्यु

उत्तरी भारतीय राज्यमा गएराति धुलोसहितको हावाहुरीमा परी कम्तीमा पनि ७७ जनाको ज्यान गएको समाचार छ।

‘भारतमा एउटा रियलाइजेसन भएको छ, नेपालले फाइदा लिनुपर्छ’ (भिडियाे)

नेपाल–भारत सम्बन्धका जानकारहरुले सन्तुलित परराष्ट्र नीतिमा जोड दिएका छन्। आइतबार मदन भण्डारी फाउण्डेसनद्वारा आयोजित ‘नेपाल भारत सम्बन्ध : विकसित र गतिशील’ विषयक बहस कार्यक्रमका सहभागीले भारतसँग नेपालको सम्बन्ध सन्तुलित हुनुपर्नेमा जोड लिएका हुन्।

आमिरको ‘महाभारत’मा द्रौपदी को ?

बलिउडमा अहिलेसम्मकै मंहगो बजेटमा ‘महाभारत’ सिरिज निर्माणको घोषणा गरेका आमिर खानले ‘द्रौपदी’ चरित्रको अभियनका लागि अभिनेत्रीको खोजी थालेका छन्।

भारतमा सामुद्रिक छाल आउने चेतावनी

भारतको राष्ट्रिय प्रकोप व्यवस्थापन प्राधिकरणले सामुद्रिक छाल आउने सम्भावना भएकाले सतर्क हुन शुक्रबार चेतावनी दिएको छ।  छालसम्बन्धी पूर्वानुमान गर्ने निकायले अति शक्तिशाली सामुद्रिक छाल आउने बलियो संकेत देखिएकाले सतर्क हुन आह्वान गरेको जनाइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्