२३ आश्विन २०८१ बुधबार
image/svg+xml

नेपालको समृद्धिमा सघाउनुस् : परराष्ट्रमन्त्री महत

परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले विश्वमा नै नेपाली नागरिकको उपस्थिति रहेको वर्तमान अवस्थामा उनीहरुले ती देशमा आर्जन गरेको सीप, ज्ञान र प्रविधिलाई नेपालको आर्थिक विकास र समृद्धिमा कसरी लगाउन सकिन्छ भन्ने बारेमा सोच्न आग्रह गरेका छन्।

राप्रपा नेपालको युरोप क्षेत्रीय समिति गठन

युरोपमा छरिएर रहेका राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल निकट नेपालीलाई संगठित गर्ने उदेश्यले प्रवासी नेपाली एकता समाज युरोप शाखा गठन गरिएको छ। समाजले बिहीबार एक विज्ञप्ति जारी गर्दै सुरेन्द्रमान अमात्य (बेल्जियम) को अध्यक्षतामा समिति गठन भएको जनाएको हो।

नेपालको सुरक्षा नीति आधुनिकीकरण गर्न आवश्यकः रक्षामन्त्री खाँड

रक्षामन्त्री बालकृष्ण खाँडले नेपाली सेना र नेपालको सुरक्षा नीतिलाई आधुनिकीकरण गर्नुपर्ने खाँचो औंल्याएका छन्। त्यसका लागि सरकार लागिपरेको मन्त्री खाँडले बताए।

स्थानीय निकाय पुनः संरचनाबारे तीन दलको सहमतिमा राप्रपा नेपालको आपत्ति

यवस्थापिका–संसद्को आजको बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाललगायत साना दलले विगतको जिविसको इलाकाका आधारमा स्थानीय निकायको पुनःसंरचना गर्नु संविधान विपरीत हुने जनाएको छ ।

समृद्ध नेपालको जग बसाउन अन्तर्राष्ट्रिय समुदायको सहयोग अावश्यकः परराष्ट्रमन्त्री डा महत

परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले शान्त, स्थिर, प्रजातान्त्रिक तथा समृद्ध नेपालको दरिलो जग बसाउने कार्यमा अन्तर्राष्ट्रिय भाइचाराको महत्वपूर्ण सहयोग रहने विश्वास व्यक्त गरेका छन्। नेपालका तर्फबाट संयुक्त राष्ट्र सङ्घको ७१औँ महासभालाई आज सम्बोधन गर्दै उनले संविधानको कार्यान्वयन तथा मुलुकको आर्थिक, सामाजिक परिवर्तनका लागि असल आकाङ्क्षा, ऐक्यबद्धता तथा अन्तर्राष्ट्रिय समुदायको सहयोग आवश्यक भएको बताए ।

उर्जा संकट हटाउन ‘नेपालको जल नेपालीकै लगानी’ नीति

ऊर्जा मन्त्रालयले ‘नेपालको जल नेपालीकै लगानी’ भन्ने नाराका साथ नेपालीकै लगानी बढाएर ऊर्जा सङ्कट हटाउने कार्यक्रम अगाडि सारेको छ । आदर्श उमावि लायकुमा शनिबार आयोजित प्रथम सितेरियो सोबुकान खुला राष्ट्रव्यापी कराँते प्रतियोगिता २०१६ को उद्घाटन कार्यक्रममा उर्जामन्त्री जनार्दन शर्माले यस्तो धारणा राखेका ह्रन् ।

नेपालको संविधान समावेशी छ : परराष्ट्रमन्त्री

परराष्ट्रमन्त्री डा प्रकाशरण महतले संविधानसभाबाट जारी भएको नेपालको संविधान विश्वकै एक उत्कृष्ट र समावेशी संविधान भएको बताएका छन्। संयुक्त राष्ट्रसङ्घको ७१औँ महासभाको क्रममा संयुक्त राष्ट्रसङ्घ भवन न्युर्योकमा आयोजना गरिएको प्रथम संविधान दिवस समारोहलाई आज यहाँ सम्बोधन गर्दै उनले संविधानको कार्यान्वयनमार्फत मुलुकलाई अगाडि बढाइने उल्लेख गरे।

नेपालको आर्थिक स्वतन्त्रता खस्कियो

नेपाल विश्व आर्थिक स्वतन्त्रतामा गत वर्षभन्दा दुई स्थान तल झरेको छ।  समृद्धि फाउण्डेशनले क्यानाडाको फ्रेजÞर इन्स्टिच्युटसँग सहप्रकाशन गरी विहिबार सार्वजनिक गरेको विश्व आर्थिक स्वतन्त्रता प्रतिवेदन २०१६ मा नेपाल १५९ राष्ट्रहरुमध्ये १०८औं स्थानमा रहेको छ। गत वर्ष यस प्रतिवेदनमा नेपाल १५७ राष्ट्रहरु मध्ये १०६ औं स्थानमा रहेको थियो।

ओलम्पियाडमा नेपालको वरियता सुधार

४२ औं चेस ओलम्पियाडमा एघारौं ताथ अन्तिम चरणमा बुधबार नेपाली पुरुष टोली इराकसँग पराजित भएको छ। अजरबैजानको बाकुमा जारी प्रतियोगिताको अन्तिम दुई खेलमा पराजित भएपछि नेपाली टोली पदक जित्न सफल भएन। नवौं चरणपछि समूह डी मा दोस्रो स्थानमा रहेर पदक नजिक पुगेको नेपालले एक अंक पाएको भए पदक जित्ने सम्भावना थियो।

भारत भ्रमणमा नेपालको हित विपरित सम्झौता नगर्न आग्रह

काठमाडौं- संयुक्त विद्यार्थी संगठनको वैठकले प्रधानमन्त्री पुष्पकमल दाहालको आसन्न भारत भ्रमणको क्रममा नेपालको हित विपरित कुनै पनि सन्धि संझौता वा निर्णयहरु नगर्न आग्रह गरेको छ।

अखण्ड नेपालको हिस्सा

संविधान कार्यान्वयनको मुख्य साँचो भनेको स्थानीय, प्रादेशिक र संघीय निर्वाचन हो। त्यो खोल्नका लागि राष्ट्रिय सहमति आवश्यक छ। र, त्यसको अर्को साँचो संविधान संशोधन हो।

दुई पक्षीय सुरक्षा सहयोगमा नेपालको स्वतन्त्रता र हित कुण्ठित नहुने कुरा सुनिश्चित गरियोस्

नेपालले चीनसँग पारबहन सुविधा प्राप्त गर्ने ऐतिहासिक सम्झौता नेकपा (एमाले) को नेतृत्वमा संचालित सरकारका पालामा नै भएको हो । यसका साथै नेपाल र चीन बीच व्यापार–व्यवसाय बृद्धिका लागि यातायात सम्पर्क–सम्बन्धमा व्यापक बृद्धि गर्ने लगायतका दश सम्झौताहरु भएका थिए । यी सबै सम्झौताहरु नेपालको हितमा र दुई देशको पारस्परिक लाभमा आधारित छन् । यी सहमति र सम्झौताहरुलाई नेपालको हित अनुकूल अघि बढाइयोस् ।

नेपालको प्रचार गर्न नवनियुक्त राजदूतलाई आग्रह

निजी क्षेत्रले नेपालमा प्रचूर सम्भावना भएका गन्तव्यको विदेशमा प्रचार गर्न नवनियुक्त राजदूतहरुलाई अनुरोध गरेको छ। नेपालको प्रतिनिधित्व गर्दै जर्मनी, अस्ट्रिया र ब्राजिलका लागि सिफारिस भई जाने क्रममा रहेका राजदूत क्रमशः रमेश खनाल, प्रकाश सुवेदी र ताराप्रकाश पोखरेलसँग सोमबार नेपाल उद्योग परिसंघका पदाधिकारीले यस्तो अनुरोध गरेका हुन्।

नेपालको खराब प्रदर्शन जारी

नेपाल ४२औं चेस ओलम्पियाडको दोस्रो चरणमा पनि पराजित भएको छ। अजरबैजानको बाकुमा जारी प्रतियोगितामा वरियताक्रमको १ सय १४ औं स्थानमा रहेको नेपालको पुरुष, महिला दुवै टोली पराजित भएका छन्।

भारतीय विदेशमन्त्री स्वराजले जब नेपालको उदाहरण दिइन्

भारतीय संस्थापन पक्षका भनाइहरु नेपालीका लागि सधैँ चासोको विषय हुने गरेका छन्। पाँच महिना लामो नाकाबन्दीपछि दक्षिणी छिमेकीको छवि नेपालीबीच आलोचनाको विषय बनिरहँदा त्यो चासो अझ बढेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्