२३ आश्विन २०८१ बुधबार
image/svg+xml

नेपालको ३ स्थान सुधार

नेपालले विश्व फुटबलको सर्वोच्च निकाय फिफाले जारी गरेको पछिल्लो वरीयताक्रममा तीन स्थान सुधार गरेको छ। अघिल्लो महिना तीन स्थान सुधार गर्दै १ सय ७३औं स्थानमा रहेको नेपाल फिफाद्वारा बिहीबार जारी नयाँ वरीयताक्रमको १ सय ७०औं स्थानमा उक्लिएको छ।

नेपालको चुनावप्रति भारत असन्तुष्ट छैनः राजदूत उपाध्याय

भारतका लागि नेपालका राजदूत दीपकुमार उपाध्यायले नेपालको चुनाव बारे  भारतको कुनै पनि असन्तुष्टि नरहेकोे दाबी गरेका छन्।

नेपालको दोस्रो विजय

राष्ट्रिय टोलीका सम्भावित नयाँ अनुहार सुनील धमलाको अर्धशतकप्रेरित नेपालले भारत भ्रमणमा दोस्रो विजय हासिल गरेको छ। बिहीबार भएको तेस्रो अभ्यास खेलमा नेपालले नोएडा वन्डर्सलाई ४० ले पराजित गरेको हो।

राजवाडामाथि नेपालको जित

कप्तान ज्ञानेन्द्र मल्लको शतकबाट ५ रनले चुकेको दिन नेपालले ८३ रनको विजय हासिल गरेको छ। तयारी खेलका लागि भारत भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले दोस्रो खेलमा मंगलबार नयाँदिल्लीको राजवाडा क्रिकेट टिमलाई हराएको हो।

भारत सधैँ नेपालको विकासको पक्षमा: राजदूत राय

नेपालका लागि भारतीय राजदूत रणजीत रायले भारत सधैँभरि नेपालको आर्थिक, सामाजिक र साँस्कृतिकलगायत विभिन्न पूर्वाधार विकासको पक्षमा रहेको बताएका छन्।

'नेपालको संविधान समावेशी प्रजातन्त्रका लागि विश्वकै नमुना'

परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले नेपालको नयाँ संविधान समावेशी प्रजातन्त्रको विश्वकै नमुना रहेको बताएका छन्।

गभर्नर नेपालको हस्ताक्षरसहितको हजार दरका नयाँ नोट चलनचल्तीमा

नेपाल राष्ट्र बैंकले २० करोड थान एक हजार दरका नयाँ नोट बजारमा ल्याएको छ। चिरञ्जीवी नेपाल गर्भनर भएपछि राष्ट्र बैंकले पहिलो पटक उनको हस्ताक्षर भएको २ खर्ब रुपैयाँ बराबरका उक्त हजार दरका नोट बजारमा ल्याएको हो।

यो नै नेपालको अन्तिम संविधानः आरजु देउवा

नेपाली कांग्रेसकी नेतृ आरजु देउवाले नेपाल अहिले संविधान कार्वान्यनको दिशातिर अगाडी बढेको बताएकी छन्। लिभरपुल नेपाली समाज र हेल्थ एक्चेञ्ज नेपालले संयुक्तरुपमा आयोजना गरेको च्यारिटी कार्यक्रमलाई सम्बोधन गर्दै नेतृ देउवाले उक्त कुरा बताएकी हुन्।

'नेपालको पहिचान हिन्दूत्व नै हो'

वरिष्ठ वामपन्थी नेता मोहनचन्द्र अधिकारीले ‘मुलुकमा बढ्दै गएको वैदेशिक हस्तक्षेपले उत्पन्न भएको आन्तरिक द्वन्द्वले अहिले राष्ट्रिय राजनीतिमा जटिलता आएको’ बताएका छन्।

विकासशील नेपालको सपना: निजी क्षेत्र अपरिहार्य

विश्व बैंकको अध्ययन अनुसार पूर्वाधारमा गरिएको १ प्रतिशत लगानीले देशको अर्थतन्त्रमा १ प्रतिशत नै प्रतिफल दिन्छ। यस्तै, विश्व बैंककै अर्को प्रतिवेदन अनुसार गुणस्तरीय पूर्वाधारले लागत मुल्य घटाएर प्रतिस्पर्धी क्षमता बढाउने हुनाले वाह्य तथा स्वदेशकै व्यापारबाट बढी फाइदा हुन्छ।

नेपालको फराकिलो हार

पाकिस्तानका ओपनर मती उल्लाह र रिसत खानले शुक्रबार अविजित शतकीय साझेदारी गरेपछि नयाँ दिल्लीमा जारी दृष्टीविहिन ट्वान्टी–२० विश्वकपमा नेपाल १० विकेटले पराजित भएको छ। नयाँ दिल्लीमा टस हारेर ब्याटिङलाई निम्त्याइएको नेपालले ८ विकेट गुमाएर १ सय १६ रन बनाएको थियो।

'नेपालको पानी जनताको लगानी' नारालाई सार्थक बनाउँ: उर्जामन्त्री शर्मा

उर्जामन्त्री जर्नादन शर्माले उर्जा मन्त्रालयले जनताको प्रमुख र सरकारको सहायक लगानीमा एक जिल्ला एक बिद्युत परियोजना सञ्चालनको अवधारणा अघि सार्न लागेको बताएका छन्। बिद्युत विकासका संभावना,समस्या र चुनौती बिषय अन्तरकृया कार्यक्रममा सहभागिता जनाउन शुक्रवार अपरान्ह ताप्लेजुङ सदरमुकाम आई पुगेका मन्त्री शर्माले नेपालको पानी जनताको लगानी भन्ने नारालाई सार्थक बनाउन सरकाले यसैबर्षबाट जनताको प्रत्यक्ष लगानी भित्र्याउने वातावरणका लागि योजना अघि सारि रहेको जानकारी दिए।

विश्वकपमा नेपालको पहिलो जित

सुनील रानामगरको अलराउन्ड प्रदर्शनप्रेरित नेपालले दोस्रो दृष्टिविहिन ट्वान्टी–२० विश्वकप क्रिकेटमा पहिलो जित निकालेको छ। बिहीबार नयाँदिल्लीमा नेपालले दक्षिण अफ्रिकालाई ६ विकेटले हरायो।

नेपालको अापत्ति बेवास्ता गर्दै भारतले बनायो दसगजामै पक्की सडक

अन्तरार्ष्ट्रिय मान्यताविपरित भारतले महोत्तरी जिल्लाको मटिहानी गाविससँग टाँसिएर रहेको भारतीय सहर मधवापुरमा दसजगामै पक्की सडक र नाला निर्माण गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्