६ आश्विन २०८१ आइतबार
image/svg+xml

एसइईमा प्रदेशपिच्छे फरकफरक प्रश्नपत्र

यस वर्ष माध्यमिक शिक्षा परीक्षा (एसइई) को व्यवस्थापन प्रदेशले गर्ने भएको छ। राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलका अनुसार शिक्षा ऐन आठौं (संशोधन) ले गरेको व्यवस्थाबमोजिम एसइई व्यवस्थापनको जिम्मेवारी प्रदेशलाई दिइएको छ भने प्रश्नपत्र प्रदेशपिच्छे फरकफरक हुने छन्। एसइईमा कक्षा १० का विद्यार्थी सहभागी हुन्छन्। परीक्षामा यस वर्ष नियमिततर्फ ५ लाखभन्दा बढी र ग्रेडवृद्धिका लागि ५० विद्यार्थी सहभागी हुने बोर्डले जनाएको छ।

प्रश्नपत्रमा त्रुटि भएकोमा आपत्ति

राष्ट्रिय परीक्षा बोर्डद्वारा आइतबार सञ्चालित कक्षा ११ को अनिवार्य नेपाली विषयको ग्रेड वृद्धि परीक्षाको प्रश्नपत्रमा अक्षम्य र आपत्तिजनक त्रुटि रहेको भन्दै मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय सञ्जालले आपत्ति जनाएको छ ।

प्रश्नपत्र बाहिरिएपछि शिक्षकको परीक्षा रद्ध

खोटाङमा प्रश्नपत्र बाहिरिएपछि शिक्षकको परीक्षा रद्ध भएको छ। हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीस्थित हेमगंगा आधारभुत बिद्यालयमा राहत कोटामा शिक्षक नियुक्तीका लागि सञ्चालन गरिएको परीक्षाको प्रश्नपत्र बाहिरिएको आक्षेप लागेपछि शिक्षक छनौट समितिले परीक्षा रद्ध गरेको हो।

प्रश्नपत्र बेच्नेलाई जेल सजाय

विशेष अदालतले प्रश्नपत्रको गोपनीयता भंग गर्नमा संलग्न गोल्डेन गेट कलेज रातोपुलका निर्देशक देवीराम पाण्डेसहित छ जनालाई दोषी ठहर गर्दै कैद सजाय तोकेको छ ।

प्रश्नपत्रमै त्रुटी

माडी परीक्षा समिति, चितवनले अर्ध वार्षिक परीक्षाको लागि तयार पारेको प्रश्नपत्रको अंग्रेजी अनुवादमा त्रुटी देखिएको छ।

नक्कली प्रश्नपत्र भेटिएपछि जेटिएको परीक्षा रद्द

कार्यालय सहायकले प्रश्नपत्र बनाउने र आँफै आउट गरेको पाएपछि यहाँ सञ्चालित प्राविधिक शिक्षालयमा (कृषि प्राविधिक) जेटिएको प्रवेश परीक्षा रद्द भएको छ।

राष्ट्रसंघीय शान्ति मिसनको प्रश्नपत्र 'लिक'

संयुक्त राष्ट्रसंघको आह्वानमा विभिन्न देशमा खटिने नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका कर्मचारीको योग्यता परीक्षण गर्न बुधबार सशस्त्र प्रहरी बल हेडक्वार्टर हलचोकमा सञ्चालन गरिएको परीक्षाको प्रश्नपत्र पहिला नै 'लिक' भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्