६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

प्रश्नपत्रमै त्रुटी

काठमाडौं-  माडी परीक्षा समिति, चितवनले अर्ध वार्षिक परीक्षाको लागि तयार पारेको प्रश्नपत्रको अंग्रेजी अनुवादमा त्रुटी देखिएको छ। २०७४ को अर्ध वार्षिक परीक्षाको लागि तयार पारिएको विज्ञान तथा वातावरण विषयको कक्षा ४ को प्रश्नपत्रको अंग्रेजी अनुवादमा व्यापक त्रुटी देखिएको हो। उक्त प्रश्नपत्र सामाजिक सञ्जालमा पोष्ट गर्दै विभिन्न क्षेत्रका व्याक्तिहरुले आलोचना समेत गरेका छन्। पल्लव पन्तले 'नेपालको शिक्षा' भन्दै उक्त प्रश्नपत्र आफ्नो फेसवुकमा पोष्ट गरेका छन्। उनको पोष्टमा छवि अनित्याले जवर्जस्ती अंग्रजी माध्यमको प्रभाव भन्दै कमेन्ट गरेका छन्। यस्तै कृष्ण धितालले दयनीय अवस्था भन्दै टिप्पणी गरेका छन्।

यस अघि काठमाडौंकै सामुदायीक विद्यालयले दोस्रो त्रैमासिक परीक्षाको लागि तयार पारेको सामाजिक अध्ययन तथा जनसंख्या शिक्षाको प्रश्नपत्रमा गरिएको अंग्रेजी अनुवादमा समेत गम्भिर त्रुटी देखिएको थियो। उक्त प्रश्नपत्रमा गरिएको अंग्रेजी अनुवादको विषय समाजिक सञ्जलमा आलोचनाको विषय बनेको थियो।

प्रकाशित: १६ पुस २०७४ १२:३७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App