२७ आश्विन २०८१ आइतबार
image/svg+xml

किचकन्नी लाग्या रैछ नि !

केहीबेर यसो गरेपछि पानी रहेको कचौरा हातमा लिएर उहाँले आँखा चिम्ली केहीबेर मन्त्र जप्नुभयो । हातमा लिएको फुकेको खरानी अलिकति कचौराको पानीमा मिसाउनुभो र आफ्नै हातबाट मेरो मुखमा पुरयाई भन्नुभयो, ‘ल यो पानी स्वाट्टै खाऊ त एकैछिनमा सञ्चो हुन्छ ।’

वादविवाद

समाजमा चोर, डाँका, हत्यारा, अपराधी भएजस्तै २, ४ जना देशघाती धमिराहरू हुन्छन् । तिनीहरूले विदेशीको गुलाम बनेर राष्ट्रलाई प्रत्यक्षअप्रत्यक्ष घात गर्ने काम गर्न सक्छन् । त्यस्तालाई राष्ट्रघाती भनिन्छ ।

रात र पारिजात

हो प्रिय तिमी र म रात र पारिजातको जस्तै, प्रेमिल प्रेम गरौ फिका लागून लैलामजनुका प्रेमकथा, रोमियोजुलियटका प्रेमगाथा तिम्रो र मेरो प्रेम रात र पारिजातको प्रेम पर्यायले चिनियोस् प्रेमनगरीमा ।

डायरीकी आमा

डायरी पढेँ । मन ढुक्क भयो । अब मलाई कुनै डर रहेन । मलाई प्रहरी देखी डर लागेन । मलाई लाश देखी डर लागेन । मलाई कसले के भन्छ वास्ता भएन । बरु मेरो मन फेरि उही रुखमा पुग्यो । मनले सोचेँ– अब पनि म चुप लागेर भयो त ? अब पनि म दर्शक बनेर भयो त ? मेरा सत्य असत्य हेर्ने आँखा छन् । सुगन्ध र दुर्गन्ध छुट्याउने नाक छ । राम्रा कुरा सुन्ने दुई कान छन् । यी सबै ठिक छ छैन भनी छुट्याउने मस्तिष्क छ । खराब हुन नदिने आत्मासहितको मन छ अनि काम गर्नका लागि कर्मेन्द्रिय पनि मसँग नै छ ।

समवेदनाको खेती

पृथ्वीले सूर्यको निकै चक्कर लगाइसकेको थियो । रुखहरूले धेरै पटक पाउलाहरू फेरिसक्यो । छोरो डाक्टर भयो , सँगै पढेको साथी डक्टरसँग लव म्यारिज गर्‍यो । छोराबुहारी नै डाक्टर आमाबाबु मक्ख थिए छोराको सफलतामा तर आमाको मन कताकता शून्य लाग्न थालेको थियो , खालीखाली जस्तो भान हुन लागेको थियो ।

पत्रकारको पास

उसले घर फर्किनेबित्तिकै हातमुख धोयो, फ्यान चलायो र चिसो पिउँदै टेलिभिजन हेर्न थाल्यो । त्यहाँ सामान्य पहिरनका बाटो हिँड्ने ठिटाहरू उठबस गर्दै थिए । सुरक्षाकर्मीले हप्काउँदै थिए । ढाडमा लौरो बर्सिदै थिए ।

राष्ट्रकवि भेट्ने धोको

आँसु नझारी गौरी पूरै पढेर सिध्याउन सकिन्छ कि सकिंदैन भनेर हाम्रो बिचमा सर्त नै लाग्यो। गौरी नरोईकन पढेर सिध्याउन भनेर अम्बिकाजी र म भाका हालेर गौर का श्लोकहरू पढ्न थाल्यौ। पढ्दापढ्दै एकछिनमा त हाम्रा आँखा रसाएर अक्षर नै नदेख्ने जस्ता भए। हामीले आँसु पुछ्दै पढ्यौ, रुँदै पढ्यौ, सुँक्कसुँक्क र घुँक्कघुँक्क गर्दै पढ्नै नसकेर बिचबिचमा रोकिदै तिनै जना रुदै आँसु पुछ्दै पढ्यौ। गौरीले हामीलाई सामूहिक रूपमै रुवायो।

सबैका गीत अनुभूतिको मझेरी

गीतसंगीतका क्षेत्रमा विभिन्न विश्व रेकर्ड कायम गर्नुभएका विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको गीतसंग्रहको सानो पुस्तक ‘अनुभूतिको मझेरी’ मा पाठकमाझ आएको छ । दुईदुई इञ्चको सानो पुस्तक पाठकमाझ आएको हो । २८८ पेजको मिलाप पब्लिकेसनले बजारमा ल्याएको यो पुस्तक जति आकारमा सानो छ त्यति आकर्षक र खँदिलो पनि रहेको छ । अन्य क्षेत्रमा साना पुस्तकहरू आएका भए पनि योभन्दा अर्को सानो पुस्तक गीतिसंग्रहमा सार्वजनिक भएको छैन ।

देशको चिना

जो आए पनि देशमा कुनै परिवर्तन भएन, जुन जोगी आए पनि कानै चिरेका जस्ता अनेक उखानटुक्काको पनि प्रयोग मुक्तकमा भएको छ भने जसभित्र क्षमता छैन त्यस्ता पालेर पोसेर कुनै काम लाग्दैन । मानिस आफै म यस्तो हुँ भनेर वा मानवले मानवको सेवा गर्न सक्छ । केही पनि गुदी नभएका व्यक्तिलाई ठाउँ मात्र दिएर सुध्रिने छैन भन्ने कुरालाई व्यक्त गरिएको छ ।

नाथु कथाकार

फोहोरी राजनीतिमा असफल भएपछि मैले अर्को टेक्ने हाँगो सााहित्य बनाउन खोजेँ । ५९ वर्षको उमेर बित्न लागेपछि लाग्यो जीवन निस्सार बितेछ । पत्नीले जटिल प्रश्न सोधिन्, ‘वृद्धावस्थामा छोराबुहारीहरूले हेरेनन् भने के गर्ने ?’ त्यो प्रश्न मनमा खेल्न थाल्यो । वृद्धाआश्रम बनाउन सके त हुन्थ्यो । वृद्धाश्रम बनाउन असम्भव लागेपछि कागतमा नै वृद्धाश्रम बनाएर चित्त बुझाउन ‘मानव संसार’ उपन्यास लेखियो । आफ्नै खर्चले छापियो । यो उपन्यास छपाइको पनि आफ्नै कथा छ ।

कोरोनाकालका पाँच लघुकथा

“अब मानिस महामारीमा पर्नु अनि संसार छोडनु एक समाचारभन्दा बढी केही रहेन । मृत्यु सस्तो भइसक्यो । मानिस अब समाचार पढेर एकछिन ‘ए’ भन्नेछन् । अब मानिसको सम्वेदना हरायो । आँसु सुकिसक्यो । मानिस आफ्ना आफन्त गुमाउँदा चिच्याउनेछन्, अरूका समाचार पढेर एकछिन ‘ए’ भन्नेछन् ।

पिसिआर रिपोर्ट

बाहिर ठूलो साउण्ड बक्समा बेहुलाको गोजीको स्मार्ट मोबाइलको ब्लूटुथको माध्यमद्वारा रेकर्डिङ नौमती बाजा घन्किरहेको थियो । बेहुला लगायत पाँच जना जन्तो सामाजिक दूरी कायम गर्दै, सबैले माक्स लगाएर हिँडिरहेका थिए ।‘हो यो बेला यस्तो बिहे हुनुपर्छ ।’ एकैस्वर थियो गाउँलेको

खै कहाँ छ ?

आज आफैं महलमा बस्न थालेपछि हामी भुसुना भयौं तिम्रा लागि तिम्रो सामान्य स्वार्थपूतिर्का लागि म र मजस्ता कयौंको टाउकोबाट छत खोसिए हाम्रो विश्वासमाथि बलात्कार गर्ने प्रिय मान्छे भन तिमीभित्रको मान्छे खै कहाँ छ ?

मुटुमा घाउ लागेपछि

ढल्न लागेकाहरूको हात समाउनुपर्छ दुखीगरीबको भलाइमा रमाउनुपर्छ धनसम्पतिले त कुबेरलाई पनि पुग्दैन बाँच्दा जन्ती र मर्दा मलामी कमाउनुपर्छ । जिब्रो कम्ती र पाखुरा ज्यादा चलाउँछु पसीना बगाएर सदैव पत्थर गलाउँछु बेइमानहरूको सामुन्ने किन शिर झुकाऊँ जब कि मैले इमानको चुल्हो जलाउँछु ।

अभावले जन्माएको मीठो अतीत

अभावले जन्मियो मीठो अतीत, पैसाले किन्छु भने नि पाइएन दुःख–हण्डर खाइयो, मजाले पचाइयो तर हरेशचाहिँ खाइएन ए अहिलेका नानी हो ! हामीसँग जहिले ‘सुविधा’को घमण्ड देखाउँछौ पुर्खाको इतिहास, संस्कार र संस्कृति बिर्सेर आखिर तिमीले के पाउछौ ?

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्