२६ आश्विन २०८१ शनिबार
image/svg+xml
कला

सबैका गीत अनुभूतिको मझेरी

पुस्तक

गीता अधिकारी

 

एउटा व्यक्ति जसले नेपाललाई गीत गीतसंगीतका क्षेत्रमा सबैभन्दा बढी विश्व रेकर्ड दिन सफल हुनुभएको छ । उहाँ हुनुहुन्छ गीतकार उपन्यासकार डा. डीआर उपाध्याय । हरेक कार्यलाई फरक शैलीबाट प्रस्तुत गरेका कारण उहाँले यस क्षेत्रमा ३२ विश्व रेकर्ड कायम गर्न सफल हुनु भएको । जुन देशकै लागि पनि गौरवको कुरा हो । यसअघि विभिन्न १५ विश्व रकेर्ड राख्नुभएको डीआर उपाध्यायले पछिल्लो समय एकसाथ १७ वटा विश्व रकेर्ड राख्नुभएको छ । गिनिज बुक अफ वल्र्ड रेकर्डसहित एभरेष्ट वल्र्ड रेकर्ड, अमेरिकन बुक अफ वल्र्ड रेकर्ड, एसियन वल्र्ड रेकर्ड, वल्र्ड बुक अफ रेकर्ड युनाइटेड किंगडम, युरोपियन रेकर्ड बुक, युआरएफ वल्र्ड रेकर्ड, एक्सकुलुसिभ वल्र्ड रकेर्ड, युनिभर्सल रेकर्ड फोरम जस्त विभिन्न देशका एक दर्जनभन्दा बढी वल्र्ड रेकर्ड संस्थाले उहाँलाई विश्व रकेर्ड प्रदान गरेका छन् ।  

गीतसंगीतका क्षेत्रमा विभिन्न विश्व रेकर्ड कायम गर्नुभएका विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको गीतसंग्रहको सानो पुस्तक ‘अनुभूतिको मझेरी’ मा पाठकमाझ आएको छ । दुईदुई इञ्चको सानो पुस्तक पाठकमाझ आएको हो । २८८ पेजको मिलाप पब्लिकेसनले बजारमा ल्याएको यो पुस्तक जति आकारमा सानो छ त्यति आकर्षक र खँदिलो पनि रहेको छ । अन्य क्षेत्रमा साना पुस्तकहरू आएका भए पनि योभन्दा अर्को सानो पुस्तक गीतिसंग्रहमा सार्वजनिक भएको छैन ।  

यो संग्रहमा कसले भन्छ, हाम्रो मधुर मिलन, तिमीबिना पतझड, आऊ न आऊ, आफ्नै छायाँले, चौबन्दी चोलीमा, रोपी छुरा मुटुमा, मायाको मिठो झरीमा, जब नजरको त्यो जादु, प्रेमको तिर्खा, आँखा तरेर बस्छौ, मायाप्रीतिको अनौठो, युगौंयुग, जवानीमा पहिलो, मेरो हर खुसीमा, ढुकढुकी तिमीसँग, मैले जानीनजानी, नलाउ नजर बेइमानी, लट्ठै बनायो, क्या हो त कान्छी, हाँसीहाँसी, अन्धकारमा कतै, उदासी साँझमा, जवानी छ तिम्रो, लिएँ कैयौं जनम, स्वार्थी छ दुनियाँ, सन्तानको शिर उठाउन, सोह्र वर्षे तिम्रो, कुनै घुम्तीमा, तिम्रो एक झल्को, तिम्रा हरेक चाहना, सुहागरातमा, हामी बादलभित्र, तिम्रो आँखाको नानी, जुनेली उज्यालोमा, तिम्रो जोवन साह्रै रसिलो, सोध तिमी,  फूल र कोपिला, यो कस्तो ज्वाला, नलागोस् मुटु, सँगै जिउने सँगै मर्ने, तिम्रो मिठो मुस्कान, निष्ठुरीको माया, भित्र मनमा, तिम्रो मेरो चोखो, पर्खाइमा थियो मुटु, राखिदिएँ जिन्दगीको, त्यति सजिलो छैन, तिमीलाई हेरिरहूँ, राष्ट्र अनि राष्ट्रियता, खाली खाली तिम्रो, नेपाली लोकबाजा, आँखा मान्दैन, झिमझिम परेली, बर्बाद पा¥यौ तिमीले, पहिलो भेटमा, के तन्नेरी, फक्रिएका गुलाबसरी, यो के भयो, घर यस्तो होस्, तिम्रो छिनेको बारुले कम्मर, राखिरहूँ आँखामा, ओई सुन्दरी, आफ्नै छातीबाट, मेरो चुलबुले जोवान, तेत्तीसकोटी देवी देवता, प्रकृतिको दुर्लभ, योग गरौं निरोगी बनौं, संसारभरि छरिएका, एक्काइसौ शताब्दीको, पूर्व जुनीको, म केही भन्छु, दशैंतिहार, भावीले दया गरी, हरेक मुटुको, साँझ सिँगारिन, साक्षी राखेर, म गर्छु पलपल, लभ यु जिन्दगी, खुसीले रमाउँदै, लखतरान, जहाँ पुग्छ नजर, सम्झनामै गहिरो, कहाँ हुन्छ र, तिमीसामु आज, यो मुटु अर्कैसँग, कुनै कारण, पाप धर्म, मोहनी नजरमा, तिमीभित्रै हराएर, मितिनी, जान्न चाहन्छिन्, बेहोसमा पनि तिम्रै, तिम्रा गाजलु, सयौ जुनी, त्यता तिम्रो, कसम हो मात हो, बत्तीस लक्षण भएकी, कति जतन गरी, स्वागत छ भाउजू, जिन्दगीका हरेक, दर्दको शूलले मुटु, हरजुनीमा मुटुभित्र, मायाको सुन्दर सपना, पिरतीको डोरीले, अनजान तिर्खा, सबै चिज फेरिएको छ, उर्लिरहेका छन्, निर्दोष मलाई जस्ता गीत समावेश गरिएको छ ।  

उपाध्यायका नारी एवं पुरुषले दुवैप्रति कस्तो माया, सम्मान, ख्याल, सुरक्षा र व्यवहार गर्नुपर्छ भन्ने एकएक लाइनको सामाजिक सन्देश प्रवाह गर्ने २८८ लाइनको गीत, एउटा शब्द केटा र एउटा शब्द केटीले गाएको शब्दको गीत, हुलाक टिकटमा प्रकाशित विशिष्ट नेपाली व्यक्तिहरूको नामकामबारे बनाइएको गीत, सांकेतिक भाषाको गीत, अक्षरअक्षरको गीत एउटा पुरुष र अर्को नारी स्वरमा, तीनवटा सप्तकमा बनेको गीत, सगरमाथा हिमाल आरोहण गर्नेहरूको अत्यधिक नामबाट बनाइएको गीत, अहिलेसम्म नेपालमा प्रकाशित भएका उपन्यासको नाम बाट बनाइएको गीत, संसारको सबैभन्दा अग्लो चुचुरो सगरमाथा हिमाल शब्द धेरै पटक प्रयोग गरेर बनाइएको गीत, एउटा गीतमा धेरै थरिका रुख बोटबिरुवाको नाम प्रयोग गरिएको गीत, एउटा गीतमा धेरै पटक मुटु शब्द प्रयोग गरेर बनाइएको जस्ता गीतहरू पनि रहेका छन् ।  

डा. डीआर उपाध्यायका गीत सबै वर्ग, पेशा र समुदायका लागि रहेका छन् । उहाँका २३ एलबममा रहेका गीतमा माया प्रेम, रोमान्स विछोड मात्र नभएर समाजका लागि लेखिएका गीत पनि रहेका छन् । उहाँका चाडपर्वका गीतदेखि लिएर छोरी बिदाई गर्दाका गीत, पर्यटन गीत, स्वास्थ्य तथा योगसम्बन्धी गीत, महिला प्रताडनासम्बन्धी गीत, मजदूर किसान भरियासम्बन्धी गीतलगायत विभिन्न परिवेशका गीत रहेका छन् । त्यस्तै मेजर स्केलका गीत, माइनर स्केलका गीतका साथै सेभन्थ कड्सका गीतहरू रहेका छन् उहाँका । उहाँ गीतलेखनको क्षेत्रमा यतिबेला नेपालमा एउटा गर्व गर्नलायक गीतकार हुनुभएको छ । गीतसंगीत क्षेत्रका व्यक्ति तथा गीत मन पराउनेहरूका लागि संग्रहणीय रहेको छ यो ‘अनुभूतिको मझेरी’ । आगामी दिनमा डा. उपाध्यायका अझ नयाँनयाँ कृतिको जन्म होस् यही गीता कामना ।

प्रकाशित: १ आश्विन २०७७ ०८:३८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App