१५ वैशाख २०८१ शनिबार
image/svg+xml

अस्पतालमा अक्सिजन अभाव : चिकित्सक भन्न थाले अब भगवान भरोसा !

नेपालमा नयाँ भेरियन्टसहितको कोरोना भाइरसको संक्रमणले दिनानुदिन उग्ररुप लिँदै छ। महामारी तीव्र भएसँगै अस्पतालहरुमा अक्सिजनको अभाव पनि उत्तिकै देखिएको छ। कोरोना संक्रमण महामारीको बेला अन्य अस्पतालहरुजस्तै काठमाडौंको वीर अस्पतालमा पनि अक्सिजनको चरम अभाव भएको अस्पतालका कर्मचारी बताउँछन्।

कर्णालीमा अक्सिजनको चरम अभाव

स्थानीयले अक्सिजन भरेर गाडीमा लोड गरेका सिलिण्डर पनि अनलोड गराउन थालेपछि कर्णालीमा त्यसको असर देखिएको हो। कर्णाली प्रदेशको राजधानी सुर्खेतमा दैनिक तीन सय सिलिण्डर अक्सिजन आवश्यक छ। सुर्खेतका लागि एक सय ३० सिलिण्डर मात्रै कोटा निर्धारण गरिएको छ।

अक्सिजन सिलिण्डरमा कालोबजारीः संक्रमित अक्सिजन नपाएर ज्यान गुमाउँदै

सुदूरपश्चिमका अस्पातलमा अक्सिजनको चरम अभावले हाहाकार भएको छ। कोराना संक्रमणका बिरामी अक्सिजन नपाएर छट्पटिरहेका छन्। अक्सिजन नपाएर ज्यान गुृमाएका छन्। अक्सिजनको चरम अभाव भैरहेकाे कैलालीमा अक्सिजनको सिलिण्डरमा कालोवजारी भैरहेको खुलासा भएको छ।

लकडाउनको बहानामा उपभोक्ता ठग्दै व्यापारी

उद्योगी र थोक व्यापारीहरुले खाने तेलमा ७० देखि ८० प्रतिशतसम्म मूल्य बढाएर बेच्दा पनि अनुगमन गर्ने जिम्मा पाएको स्थानीय तह र जिल्ला प्रशासन कार्यालय मौन बसेको स्थानीयले गुनासो गरेका छन्। यसले गर्दा उपभोक्ताहरु थ्प मारमा परेका छन्।

अक्सिजनको अभावले संक्रमितलाई बचाउन धौधौ

दोश्रो लहरको कोराेनाको नयाँ भेरियन्टको संक्रमण ह्वात्तै बढेर जटिल प्रकारका संक्रमितले अस्पताल भरिभराउ भएका छन्। अक्सिजनको सपोर्ट चाहिने संक्रमितको संख्या बढ्दै जाँदा सीमित अक्सिजन उत्पादन रहेको सुदूरपश्चिम प्रदेशका अस्पतालहरुमा अक्सिजनको चरम अभाव सृजना भएको छ। अक्सिजन नपाएर कयौ संक्रमितको ज्यान गएको छ। छट्पटाईरहेका संक्रमितहरुको अक्सिजन नपाएर ज्यान बचाउन धौधौ परेको चिकित्कसले बताएका छन्।

अक्सिजनको चरम अभाव

भारतका पश्चिमी राज्य गुजरात र महाराष्ट्र, उत्तरी क्षेत्रमा पर्ने हरियाणा, मध्य क्षेत्रमा पर्ने मध्यप्रदेशमा अक्सिजन अभाव देखिएको छ। उत्तर प्रदेशका केही अस्पतालले अक्सिजन समाप्त भएको सूचना टाँसेका छन् भने लखनउका केही अस्पतालले बिरामीलाई अन्यत्र सर्न भनेका छन्। दिल्लीका साना अस्पताल र नर्सिङ होमको हालत पनि त्यस्तै छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्