२१ आश्विन २०८१ सोमबार
image/svg+xml

हावाहुरीले भारतमा १५ जनाकाे मत्यु

भारतको उत्तर प्रदेशमा बुधबार साँझ आएको हावाहुरीले ठूलो जनधनको क्षति भएको छ। हावाहुरीका कारण विभिन्न क्षेत्रमा गरी १५ जनाको मृत्यु भएको छ भने २५ जनाभन्दा बढी घाइते भएका छन् ।

हावाहुरीले विद्यालय भवन भत्कायो, पठनपाठनमा समस्या

सामान्य वर्षासँगै आएको हावाहुरीले यहाँको एक विद्यालय भवन पूर्ण रुपमा क्षतिग्रस्त बनेको छ। गत चैत १६ गते राती आएको आँधी भवनको छाना मात्रै नभएर गाह्रो समेत लडाएको विद्यालयले जनाएको छ।

हावाहुरीले टहरा भत्काउँदा छ घाइते

पूर्वी चितवनको रत्ननगर नगरपालिका–१६ पिठुवामा आज बिहान हावाहुरीले टहरा भत्काउँदा ६ जना घाइते भएका छन्।

हावाहुरीका कारण खोटाङमा विद्युत सेवा अवरुद्ध

हावाहुरीका कारण खोटाङमा विद्युत अवरुद्ध भएको छ। हावाहुरीका कारण दिक्तेल–गाईघाट ३३ केभी प्रशारण लाईनको तार चुडिँदा खोटाङ बुधबारदेखि अन्धकार बनेको छ।

हावाहुरी र चर्को घामले अग्नीपीडितलाई सास्ती

मिथिलाञ्चलबासीको पर्व जुडशितलको उल्लासले शनिबार यस क्षेत्रलाई छप्पकै छोपेको थियो। मिठोमसिनो खाएर जुडशितल पर्वको उल्लासमा मिथिलाबासी रमाईरहँदा सिरहा सखुवानन्कारीकट्टी –४ सिम्राहा टोलका अग्नीपीडित बस्तीमा खलबली मच्यो।

असिना, हावाहुरीले लिची र आँपमा क्षति

सोमबार दिउँसो आएको हावाहुरी र असिनाका कारण उदयपुर जिल्लाको त्रियुगा नगरक्षेत्रको खैजनपुर बगाहालगायत पूर्वी क्षेत्रको जोगिदह, हँडिया तथा सुन्दरपुर क्षेत्रका लिची तथा आँपमा व्यापक क्षति भएको छ।

हावाहुरीले विद्युत प्रणालीमा केहि समस्या

राजधानीमा शुक्रबारदेखि सुरु भएको हावाहुरीले लाइन टि्रप हुने र ट्रान्सफरमर जल्ने कारणले गर्दा काठमाडौं उपत्यकामा विद्युत् आपूर्तिमा समस्या भइरहेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ।

उपत्यकामा हावाहुरी चल्ने सम्भावना

पश्चिमी वायु प्रभावले उपत्यकालगायत मध्य र पूर्वी नेपालमा बिहीबार मौसममा बदली भई छिटफुट वर्षा भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिमबाट बुधबार प्रवेश गरेको पश्चिम वायुको प्रभाव देखिएको हो।

आज छिटफुट वर्षा, शुक्रबार हावाहुरी

पश्चिमी वायुको प्रभावले काठमाण्डौ उपत्यकालगायत मध्य र पूर्वी नेपालमा आज (बिहीबार) मौसममा बदली भई छिटफुट वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

बिहीबार छिटफुट वर्षात् र शुक्रबार हावाहुरी

पश्चिमी वायु प्रभावले उपत्यकालगायत मध्य र पूर्वी नेपालमा बिहीबार मौसममा बदली भई छिटफुट वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका मौसमविद् समीर श्रेष्ठका अनुसार नेपालको सुदूरपश्चिमबाट पश्चिमी वायु प्रवेश गरेकाले पश्चिम क्षेत्रमा बुधबार सामान्य वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपात हुनेछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्