२७ आश्विन २०८१ आइतबार
image/svg+xml

जीवनशैली

बदला लिएर हैन आफूलाई बदलेर समस्याको समाधान हुन्छ । झैंझगडा गरेर सम्बन्ध टुटाउनुको साटो सम्बन्ध बढाएर झगडालुलाई जुटाउनु ठूलो कुरा हो । अरूको कमजोरीलाई हँसीमजाकमा बदल्नुहुन्न किनभने सबैसँग कमजोरी रहन्छ र अरूसँग पनि हँसीमजाक गर्ने सामर्थ्य हुन्छ । जीवनलाई आफ्नै लय र सुरमा हिँड्न दिनुपर्छ । प्रतियोगिताजस्तो अरूलाई उछिन्न खोज्नु बुद्धिमानी होइन । नकारात्मक विचारले सकारात्मक जीवन बनाउँदैन । फलामले फलामलाई काटेजस्तो पनि क्रोधले क्रोधलाई काबुमा ल्याउँदैन । बरु विनाश मात्रै जन्माउँ

विशेषज्ञता

गोठमा गाई बिरामी भएको सम्झना आयो र मैंले समस्या राखेँ– बाबू, तीन दिनदेखि गाईले केही खाएको छैन। दूध पनि दिएको छैन। जिउ रनक्क तातेको छ। इन्जेक्सन पो दिनुपर्ने हो कि। यसो एकपटक गएर हेर न। उनले पुलुक्क मेरो मुखमा हेरेर अनुहार झार्दै भने– हेर्न त हेरौंला ठूलो बुबा, इन्जेक्सन लगाउन त जान्दिनँ ।

विशेषज्ञता

गोठमा गाई बिरामी भएको सम्झना आयो र मैंले समस्या राखेँ– बाबू, तीन दिनदेखि गाईले केही खाएको छैन। दूध पनि दिएको छैन। जिउ रनक्क तातेको छ। इन्जेक्सन पो दिनुपर्ने हो कि। यसो एकपटक गएर हेर न। उनले पुलुक्क मेरो मुखमा हेरेर अनुहार झार्दै भने– हेर्न त हेरौंला ठूलो बुबा, इन्जेक्सन लगाउन त जान्दिनँ ।

अचानोको चोट

– हजुरहरूको बिहे भएको तेइस वर्ष भयो है । –हो त, यो वर्ष त चौबीस पुग्छ। –आमालाई घरमा नपुग्दो केही छैन । तिमीले बाहिर काम गर्नुपर्दैन भनेर हजुरले कर गरेर सरकारी जागीर छोड्न लगाएको पनि चौबीस वर्ष हुन लागेछ है बाबा ।

भरोसा

तेरो व्यवहारले हामी पहिला नै सचेत थियो । म विदेश जान हैन । तँलाई बिदा गर्न आएकी हुँ । तँ जा , सुखद यात्राको कामना । तेरा लोग्नेस्वास्नीका कुरा मैले सबै सुनेकी थिएँ । मेरोजस्तो सन्तान भगवानले कसैलाई नदेउन् भन्दै सिर्जना ऑसुका भेल बगाउँदै फर्किन् । कृष्ण र उसकी पत्नी निःशब्द टोलाइरहे ।

रातो गुलाबको प्रश्न

तिमी आफ्नो खुशीको लागि किन चुँड्छौं मलाई आफू रमाई किन मार्छौ मलाई यही एउटा प्रश्न छ रातो गुलाबको सबैलाई तिमी प्रेमी होइन अब तिमी त हत्यारा हुँदैछौ आफ्नो खुसीका लागि अरूको अन्त्य गर्दै छौ खबरदार, मायाको नाटक गर्ने ए मायालु जोडीहरू हो तिमीहरू प्रेमी– प्रेमिका होइन तिमीहरू त मायाको नाटक गर्ने एक पात्र मात्रै हौ।

तिमी र म

भिन्नता धेरै रहेछ तिमी र ममा म बगरको ढुङ्गा तिमी फूलको थुँगा फरक त्यति म टुक्रिएर छरिएको तिमी फक्रिएर कसैबाट सजिएको म घामको प्रतीक्षामा रुमलिरहेको खोंच थिएँ तिमी पहाडको अग्लाइमा मस्त तापको रापमा थियौ त्यसैले होला तिमीमा जवानीजस्तै मात चढिरहेको म ढल्किदै गैरहेको साँझजस्तै खालि अँध्यारो पर्खिरहेको ।

धड्कन

मभित्र एउटा धड्कन थियो तर आज त्यो धड्कन हरायो एकान्तमा खोजे भिडमा खोजे संसार खोजे तर, पाउन सकिन अन्तमा थाहा पाए त्यो धड्कन तिमीभित्र धड्किरहेछ।

रोज

तिनी उन्नत प्रतिगनका मतियार हुन सच्चिएर आउन उज्यालो मुस्कानतिर होइन भने तिनीहरूलाई सिंहासनवाट कसरी चिहानमा पुर्नुपर्छ समयले बताइसकेको छ हतार गर सुध्रिने मौका हेरेर इजलासबाट अन्तिम विकल्प तयार भइसकेको छ दुईमा एक रोज ।

एउटा भ्रम अनि हाम्रो यथार्थ

एउटा पुस जाँदैमा जिन्दगीको जाडो सकिँदैन यो कुरा बुझेको भए अहिले किन हुन्थ्यो र हाम्रो यो दुर्गति के इतिहास एउटा गर्व मात्र थियो, शिक्षा थिएन के हामीले लेख्नु पर्दैन र नयाँ इतिहास।

कानुन हराएको

के साँच्चै कानुन हराएको हो के हाम्रो संविधानमा बलात्कारीलाई हतकडीसम्म लगाउने कानुन छैन अति भयो सरकार अब हामी हाम्रो कलिला चेलीहरुलाई बलात्कार भन्ने शब्द नै हाम्रो देशबाट निकालेर फाल्न चाहन्छौँ ताकी अरू कलिला चेलीहरूलाई यो बलात्कार शब्दले पनि मनमा डर पैदा नहोस् ।

असल चिजकै कमजोर पाटो छोपिएको हुन सक्छ

आवरणलाई रङ्गको भाँडोमा चोपिएको हुन सक्छ, अन्तर भागमा विषको विरुवा रोपिएको हुन सक्छ । बाहिर हेरेर निष्कर्ष निकाल्नु गलत हो मान्छेहरूले, असल चिजकै कमजोर पाटो छोपिएको हुन सक्छ।

उल्लु डे

अघिकै आवाज –अरे आजकाल विवाहसँग के मतलव । जिन्दगी गुजार्ने भनेर भ्यालेन्टाइेन डेमा गुलाफ लिएका हुन् र । त्यस्तै भए एकार्काको बारेमा बुझेर जिन्दगीलाई अघि बढाउँथे नि । साँचो प्रेम भए किन भ्यालेनटाइेन डे कुर्नुपर्छ । यी मैले एक वर्षमा ईशा र निलिमालाई हिजै मात्र कन्ट्याक्ट गरेको दुवै मलाई भेट्न राजी छन् । न त उनीहरूलाई मेरो वास्तविक जीवनसँग मतलब छ। नत मेरो बारेमा जानकारी नै ।

मन्त्रीपत्नीको त्यो साँझ

हातमा थैली बोकेर बेड रुममा छिर्दा मन्त्रीज्यू पल्टिसकेका थिए। ‘आज निद्रा पनि कति चाँडो लागेछ’ भन्दै उनले थैली खोलिन्, जहाँ एक जोर चाँदीका पाउजु थिए। पाउजु देखेपछि कोठामा झुन्ड्याएको क्यालेन्डर, बत्ती सबै फनफनी घुमेझैँ भयो। लुगा नफेरी बाहिर निस्किइन् र एक तलामाथि कौसीको पर्खालमा आड लाग्दै आकाशतिर हेरिन्। माघ महिनाको चिसो रातको ११ बजे, उनको मुहार र शरीरमा खलखली पसिना आइरहेको थियो।

कुम्हालेको भाँडो जस्तो जीवन

पहारिलो घाममा वैलाएको सागजस्तै मधुरो र मलिन फेरि बिहानी उषामा रातिका शीतका थोपाहरूले ज्यानभरि दिएझैं केही टाठो र चम्किलो यस्तै दुखद् अनुभूतिमा बाँच्ने कला वा कुम्हालेको माटोको भाँडोझैं कतिबेला ट्याक्क चोट लाग्छ र , प्याट्ट फुट्छ त्यो माटोको भाँडोझैं यो जीवन ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्