२७ आश्विन २०८१ आइतबार
image/svg+xml
कला

कानुन हराएको

कविता

सरकार मेरो पवित्र देशमा

न्याय हराएको हो त

किन आज बलात्कारीको

हातमा आफ्नै देशभित्र

परेकी छन कलिला चेलीहरू

कोपिलामै इज्जत लुटिएको छ  

बाँच्ने रहर  हुँदाहुँदै हत्या भएको छ

जन्म दिने बाआमाको आँखामा

छोरीको तस्वीर मात्रै बसेको छ

रातदिन छोरीको सम्झना र

मायाले भित्र मुटु टुक्राटुक्रा भएको

महसुस गरिरहेका छन् सरकार  

खोई त सरकार दोषीलाई

हतकडी लगाएको  

किन उस्लाई खुला छोडिएको छ  

किन ऊमाथि कानुन छैन

के सरकार यति कमजोर भैसक्यो

दोषीलाई हतकडीसम्म लगाउन नसक्ने

कहिलेसम्म कलिला चेलीहरू

बलात्कारको शिकार भइरहने

कहिलेसम्म कलिला चेलीहरूको

शरीरको कपडा च्यातिन्छ

कहिलेसम्म बाआमाको आँखामा

आँसुको वर्षा

बनाइराखिन्छ

कहिलेसम्म छोरीको बलात्कार  

हुन्छ कि भनेर मनमा डर राख्ने

किन एउटा बलात्कारीलाई  

बिच सडकमा फाँसी दिन सकिन्न

कहिले पूर्वपश्चिम    

कहिले उत्तर दक्षिण

मात्र सुनिन्छ बलात्कार  

के बलात्कार गर्नेमाथि कानुन छैन

कि त सरकार छैन  

किन ती कलिला चेलीहरुको जीवन  

बलात्कारपछि हत्यामा राखियो

किन ती कलिला चेलीहरूका

आमा बालेँ

न्याय पाएका छैनन्

किन बलात्कारीहरूलाई

गाउँमा गल्लीमा र बजारमा छोडिएको छ

के साँच्चै कानुन हराएको हो

के हाम्रो संविधानमा बलात्कारीलाई

हतकडीसम्म लगाउने कानुन छैन

अति भयो सरकार अब हामी हाम्रो

कलिला चेलीहरुलाई बलात्कार भन्ने

शब्द नै हाम्रो देशबाट निकालेर फाल्न

चाहन्छौँ ताकी अरू कलिला चेलीहरूलाई

यो बलात्कार शब्दले पनि मनमा

डर पैदा नहोस्

ता कि फेरि पनि कुनै आमाको कोखबाट

बलात्कारी न नजन्मियोस  

खबरदार सरकार अब धेरै बलात्कारी

पाल्ने र खुला छोड्ने काम बन्द गरियोस्  ।

प्रकाशित: १ फाल्गुन २०७७ ०७:११ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App