२ मंसिर २०८१ आइतबार
image/svg+xml

सवारी दुर्घटनामा तीनको मृत्यु

बेग्लाबेग्लै दुर्घटनामा मंगलबार तीनजनाकाे मृत्यु भएकाे छ। चितवन रत्ननगर नगरपालिका–७ स्थित पूर्व पश्चिम राजमार्गमा बुधबार पर्सा मटिहानी–५ बस्ने ३५ बर्षीय रामेश्वर मुखिया बिनलाई नम्बर नखुलेको सवारी साधनले ठक्कर दिँदा उनको मृत्यु भएको छ।

ट्रक दुर्घटनामा चालकको मृत्यु

मेची राजमार्ग अन्तर्गत जिल्लाको भारपामा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । शनिबार बिहान साढे चार बजे भारपा– ६ को गुराँसे भन्ने ठाँउमा झापाबाट सामाग्री लिएर ताप्लेजुङ गहिरेको ट्रक सडकबाट खस्दा चालक फिदिम नगरपालिका–३ का मन कुमार राईको मृत्यु भएको हो ।

सवारी दुर्घटनामा दुईको मृत्यु

बुटवल उपमहानगरपालिका–८ भुडकी चोक स्थित महेन्द्र राजमार्गमा नम्बर नखुलेको सवारी साधनले ठक्कर दिँदा एकको मृत्यु भएको छ।

विमान दुर्घटनामा ब्राजिली फुटबलर सहित ७६ को मृत्यु

ब्राजिली फुटबल टोलीका सदस्य चढेको विमान कोलम्बियामा दुर्घटना हुँदा ७६ जनाको मृत्यु भएको छ। पाँच जना जीवित भेटिएको प्रहरीले जनाएको छ। विमानमा ७२ यात्रु र ९ चालक दल सदस्य सहित ८१ जना सावर थिए।

मोटरसाइकलमा सवार महिलाको दुर्घटनामा मृत्यु

दाङमा आइतबार सडक दुर्घटनामा परी एकजना महिलाको मृत्यु भएको छ । दाङ–सुर्खेत सडकखण्डको तुलसीपुर–८ दुधेनामा भएको दुर्घटनामा तुलसीपुर–८ की ३३ वर्षीय भिमा केसीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

जन्ती बोकेको जिप दुर्घटनामा २ को मृत्यु, २० घाइते

डोटीको लाटामाडौंमा भएको जीप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। घटनास्थलबाट प्रहरी तथा स्थानीयले २२ जना घाइतेको उद्दार गरेका थिए। दुर्घटनामा लाटामाडौं–२ विष्टैका ३० वर्षीय वीरबहादुर ताम्राकाम र लाटामाडाैं–८का ४५ वर्षीय गौरिशंकर नेपालीको उपचारका क्रममा मृत्यु भएको हो। अर्का गम्भीर घाइते लाटामाडौं–२ बिष्टैका सुरेश कुँबरलाई उपचारका लागि भारतको बरेली पठाइएको छ।

जीप दुर्घटनामा २ जनाको मृत्यु

पिकनिक खाएर घर फर्कने क्रममा भएको जीप दुर्घटनामा २ जना यात्रुको मृत्यु भएको छ । दुर्घटनामा १२ जना घाइते भएका छन्। पोखरा–१७ दोबिल्लामा शनिबार दिउँसो ग १ च ४५८९ नम्बरको बोलेरो जीप दुर्घटनामा परेको थियो।

सवारी दुर्घटनामा तीनजनाको मृत्यु

बेग्लाबेग्लै दुर्घटनामा तीन जनाको मृत्यु भएको छ। सर्लाही कर्मैया–५ स्थित महेन्द्र राजमार्गमा ना.१६ प २५९६ नम्बरको मोटरसाइकललाई ना.४ ख ५३३७ नम्बरको बसले ठक्कर दिँदा एकको मृत्यु भएको छ।

दुर्घटनामा घाइते भएका जनमोर्चा अध्यक्ष केसी घर फिर्ता

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी बिहीबार साँझ अस्पतालबाट घर फर्केका छन् ।

माइक्रो दुर्घटनामा घाइते नेता केसीको स्वास्थ्य सुधार हुँदै

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको स्वास्थ्य अवस्था सुधारोन्मुख बन्दै गएको छ।

विमान दुर्घटनामा पाइलटको मृत्यु

केही समयदेखि हराइरहेको एउटा विमान क्यालिफोर्नियाको उपल्यान्ड नजिकै दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ। पीए २८ विमान उडेको केही समयपछि कन्ट्रोल टावरसँग सम्पर्क विच्छेद भएको थियो।

सडक दुर्घटनामा ६ बालबालिकाको मृत्यु

अमेरिकाको टेन्नेस्सी राज्यमा भएको विद्यालयको एक बस दुर्घटनामा परी कम्तीमा ६ बालबालिकाको मृत्यु भएको छ भने अरू २३ जना घाइते भएका छन्।

मिनीट्रक दुर्घटनामा दुईको मृत्यु

-काँक्रीबाट रुकुमकोटतर्फ आउँदै गरेको मिनीट्रक रुकुमकोट– ९ को रातापहर नजिकै आज दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बिहान ५ बजे बा १ ख ९६९१ नं को मिनीट्रक दुर्घटना हुँदा मारोवाङ– ३ की अन्दाजी १६ वर्षीया सपना सुनार र गाडी चालक सल्यान शिवरतका लालवीर विकको मृत्यु भएको हो । दुर्घटनामा परी अन्य तीन जना घाइते भएकामा दुई जनाको अवस्था गम्भीर छ ।

दुर्घटनामा दुईको मृत्यु

बुङ्चीमा आज बिहान करिब ३ बजे बस र एम्बुलेन्स ठोकिँदा दुई जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा एम्बुलेन्समा सवार कञ्जनपुर बाइस विजुवाका ५५ वर्षीय सुब्बा राना र ६० वर्षीया मदिया राना रहेको इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक विष्णुप्रसाद पोख्रेलले बताए ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्