७ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

जीप दुर्घटनामा २ जनाको मृत्यु

पोखरा–पिकनिक खाएर घर फर्कने क्रममा भएको जीप दुर्घटनामा २ जना यात्रुको मृत्यु भएको छ । दुर्घटनामा १२ जना घाइते भएका छन्। पोखरा–१७ दोबिल्लामा शनिबार दिउँसो ग १ च ४५८९ नम्बरको बोलेरो जीप दुर्घटनामा परेको थियो। बैदाम चौकीका प्रहरी निरीक्षक मोहनमणि अधिकारीका अनुुसार दुर्घटनामा रौतहटका २० वर्षीय अरबिन्द चौधरी र भारत कोलकाताकी १४ वर्षीया निशा महत्राको ज्यान गएको हो ।

घाइतेको अस्पतालमा उपचार भईरहेको छ ।
मादकपदार्थ सेवन गरेका १९ वर्षीय भोला भारतीले जीप चलाएका थिए । ‘मादकपदार्थ सेवन गरेर सवारी चलाएकोले नियन्त्रणबाहिर गएर दुर्घटनामा परेको हो,’ उनले भने । प्रहरीले चालक भारतीलाई पक्राउ गरेको छ । पोखरा–९, नयाँबजारको टोली छिमेकीहरुसँग मिलेर दोबिल्लामा पिकनिक खान गएका थिए । फर्कने क्रममा जीप दुर्घटनामा परेको अधिकारीले बताए ।

प्रकाशित: ११ मंसिर २०७३ १०:२१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App